singel post top banner

आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, फाल्गुन २४, २०८१
691 Views
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
समाचार सारांश
  • काठमाडौं, फागुन २४ ।
  • ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ।

काठमाडौं, फागुन २४ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरी प्रधान कार्यालयमा विशेष समारोहको आयोजना गरेको छ।

विभिन्न राजनीतिक दल सम्वद्ध महिला संगठनले अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रम तय गरेका छन्।

विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ। यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ।

नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ।

यस्तै, महिलाको मौलिक हकको रूपमा स्थापित गरेको छ। समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ।

सङ्घीय संसदमा ३४ प्रतिशत, प्रदेश सभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन्। यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ।

समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ।

शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ।

सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो। पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो। सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए। सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ। महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ। रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुनसरी हरिनगर गाउँपालिका–३बाट २०० केजी गाँजा बरामद
सुनसरी हरिनगर गाउँपालिका–३बाट २०० केजी गाँजा बरामद
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
चितवनमा युवाहरुको प्रदर्शनपछि मतदाता नामावली दर्तामा वृद्धि, नयाँ मतदाताको संख्या ३५२९ पुगे
चितवनमा युवाहरुको प्रदर्शनपछि मतदाता नामावली दर्तामा वृद्धि, नयाँ मतदाताको संख्या ३५२९ पुगे
विराटनगरमा करिब १५ लाखको अवैध सामानसहित एक जना पक्राउ
विराटनगरमा करिब १५ लाखको अवैध सामानसहित एक जना पक्राउ
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
प्रधानमन्त्री कार्कीको निर्देशन: निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहुने सुनिश्चितता
प्रधानमन्त्री कार्कीको निर्देशन: निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहुने सुनिश्चितता
नारिनोमा अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते
नारिनोमा अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते
सिरहा जिल्लाका किसानहरू पठनबेमौसमी वर्षाका कारण ठूलो संकटमा, तत्काल राहत र क्षतिपूर्तिको माग
सिरहा जिल्लाका किसानहरू पठनबेमौसमी वर्षाका कारण ठूलो संकटमा, तत्काल राहत र क्षतिपूर्तिको माग
अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख डलरभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख डलरभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा पाकिस्तानी नागरिक पक्राउ
नेपाली युवाका लागि ठूलो राहत: दक्षिण कोरियामा रोजगार अवसरका लागि श्रम मन्त्रालयको महत्वपूर्ण निर्णय
नेपाली युवाका लागि ठूलो राहत: दक्षिण कोरियामा रोजगार अवसरका लागि श्रम मन्त्रालयको महत्वपूर्ण निर्णय
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?