singel post top banner

बालेन्द्र शाहको ऐतिहासिक जित: नयाँ पुस्ताका नेता र नेपाली राजनीतिमा परिवर्तनको संकेत

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, फाल्गुन २४, २०८२
135 Views
बालेन्द्र शाहको ऐतिहासिक जित: नयाँ पुस्ताका नेता र नेपाली राजनीतिमा परिवर्तनको संकेत
समाचार सारांश
  • काठमाडौं – रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग झन्डै ५० हजार मतान्तरमा विजय हासिल गरेका छन्।
  • उनले ६८,३४८ मत प्राप्त गर्दा, ओलीको मात्रै १८,७३४ मत मात्रै आएको छ।

काठमाडौं – रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग झन्डै ५० हजार मतान्तरमा विजय हासिल गरेका छन्। उनले ६८,३४८ मत प्राप्त गर्दा, ओलीको मात्रै १८,७३४ मत मात्रै आएको छ। यस ऐतिहासिक जितपछि, नेपालमा भएको यस निर्वाचनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि प्राथमिकता दिएर चर्चा गरिरहेका छन्। विशेषगरी, प्रस्तावित भावी प्रधानमन्त्रीका उम्मेदवार बालेनको नाम चर्चामा आएको छ।

बेलायती समाचार एजेन्सी रोयर्टसले ‘नयाँ शैलीको चुनावी अभियान: बालेन शाहलाई सत्ताको नजिक ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ। यसले रास्वपाको चुनावी शैली र बालेनको जितलाई परम्परागत राजनीतिमाथि चुनौतीको रुपमा विश्लेषण गरेको छ। युवा केन्द्रित रणनीति, सामाजिक सञ्जालको व्यापक प्रयोग र विदेशमा रहेका नेपालीहरूको आर्थिक सहयोगले यस अभियानलाई देशभर चर्चा पाएको उल्लेख गरिएको छ।

रोयर्टसका अनुसार, रास्वपाको चुनावी अभियानको मुख्य केन्द्र ‘रिसर्च, स्ट्राटेजी र डकुमेन्टेशन विभाग’ रहेको थियो। यस विभागलाई ११ सदस्यीय बोर्डले सञ्चालन गरेको थियो, जस अन्तर्गत करिब ३०० कार्यकर्ता तीन राष्ट्रिय समूहमा विभाजित भएर काम गरिरहेका थिए। उनीहरूले चुनावी रणनीति बनाउने, सभागृह आयोजना गर्ने, अनलाइन सामग्री तयार पार्ने र देशभरबाट प्रतिक्रिया संकलन गर्ने काम गरेका थिए।

‘शाहले प्रत्येक आठ दिनमा एउटा मुख्य सम्बोधन गर्ने रणनीति अपनाएका थिए। यसले सामाजिक सञ्जालमा ती भाषण र कार्यक्रमहरूलाई फैलाउन मद्दत गरेको थियो,’ रोयर्टसले भनेको छ। पार्टीको ६६० सदस्यीय सामाजिक सञ्जाल टोलीले ती भाषण र कार्यक्रमहरूलाई देशभर फैलाउने कार्य गरेको थियो।

बीबीसी विश्वसनीय स्रोतले भने बालेनलाई नयाँ राजनीतिक व्यक्तित्वको रुपमा चित्रण गरेको छ। ओलीसँगको जितपछि बीबीसीले ‘यापर-राजनेता बालेन्द्र शाह नेपालका आगामी प्रधानमन्त्री बन्ने दिशातर्फ अघि बढ्दै’ शीर्षकमा विस्तृत समाचार प्रकाशित गरेको छ। यसले चुनावी अभियानको क्रममा गाडिको सनरुफबाट माथि निस्केर समर्थकहरूसँग हात मिलाएको फोटो समेत समेटेको छ, र यसले नेपालको राजनीतिक दिशा परिवर्तनको संकेत दिएको छ।

सामान्यत: टाढा बस्ने बालेन शाहले चुनावी अभियानको क्रममा फाइनान्सियल टाइम्ससँग भनेका थिए, ‘म सम्पूर्ण नेपालका लागि उम्मेदवार हुँ,’ जसले उनको राष्ट्रिय पहिचान र समर्पणलाई दर्शाएको छ। यस चुनावले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु हुने सम्भावना बढाएको बीबीसीले उल्लेख गरेको छ।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाले “केपी शर्मा ओलीलाई आफ्नो क्षेत्रमै पराजित गर्दै बालेन शाह विजयी, नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने तयारी” शीर्षकमा समाचार छापेको छ। रोयर्टसले पछिल्ला वर्षहरूकै सबैभन्दा महत्वपूर्ण राजनीतिक घटनाक्रमको रुपमा यस चुनावको विश्लेषण गरेको छ।

एएनआई भारतीय समाचार एजेन्सीले भने, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन जितको अवसरमा बालेन शाहलाई बधाई दिएका छन्। उनीसँग ठूलो मतान्तरले विजय हासिल गरेपछि, एएनआईले लेखेको छ कि बालेन अब संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा प्रवेश गरेका छन् र प्रधानमन्त्री बन्ने लगभग सुनिश्चितता भएको छ।

रास्वपाका नेताहरूले बालेनकै नेतृत्वमा नयाँ सरकार गठन हुने विश्वास व्यक्त गरेका छन्। र्‍याप गायकबाट राजनीतिमा प्रवेश गरेका उनी युवामुखी नेतृत्व, सुशासन र भ्रष्टाचारविरुद्धको अभियानका कारण ठूलो समर्थन पाएका छन्। यस जितले नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको संकेतको रूपमा हेरिएको छ।

अन्ततः, एशोसियट प्रेस (एपी) ले बालेन शाहको उदयलाई नेपाली राजनीतिमा नयाँ पुस्ताको उदय र परिवर्तनको संकेतका रूपमा चित्रण गरेको छ। ओलीभन्दा झण्डै चार गुणा बढी मत प्राप्त गर्दै ठूलो अन्तरले विजय हासिल गरेका शाहको उदय परम्परागत राजनीतिक दलप्रति बढ्दो जनआक्रोशको परिदृश्य पनि देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न
नेपाल उद्योग वाणिज्य महासंघले आगजनी र लुटपाटप्रति कडा कारबाहीको माग, सुरक्षित व्यवसायको आवश्यकता जोड
नेपाल उद्योग वाणिज्य महासंघले आगजनी र लुटपाटप्रति कडा कारबाहीको माग, सुरक्षित व्यवसायको आवश्यकता जोड
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
बाँके र आसपासका स्थानीय तहमा भ्रष्टाचार उजुरीको संख्या उच्च, अख्तियारको अनुसन्धान तीव्र
बाँके र आसपासका स्थानीय तहमा भ्रष्टाचार उजुरीको संख्या उच्च, अख्तियारको अनुसन्धान तीव्र
इनिशा विक हत्या प्रकरणविरुद्ध युवाहरुको विरोध प्रदर्शन
इनिशा विक हत्या प्रकरणविरुद्ध युवाहरुको विरोध प्रदर्शन
एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
काठमाडौं र ललितपुरका १८ फर्ममाथि विभागको निगरानी, २० हजार जरिवाना र सुधारात्मक निर्देशन
काठमाडौं र ललितपुरका १८ फर्ममाथि विभागको निगरानी, २० हजार जरिवाना र सुधारात्मक निर्देशन
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारियो
मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय गृह, सञ्चार तथा कानुन मन्त्रालयमा सारियो
सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै
सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?