singel post top banner

महिला सांसदहरूले साइबर बुलिङविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा गरे उजुरी दर्ता

belwo post title ad banner
रासस रासस
मंगलबार, चैत्र २४, २०८२
248 Views
महिला सांसदहरूले साइबर बुलिङविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा गरे उजुरी दर्ता
समाचार सारांश
  • काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महिला सांसदहरूले पछिल्लो समयमा बढ्दै गएको साइबर बुलिङ र यौनिकता सम्बन्धी अनलाइन दुर्व्यवहारका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
  • सामाजिक सञ्जाल र विभिन्न भर्चुअल प्लेटफर्महरूमा किशोरीहरूलाई लक्षित गरी भइरहेका साइबर दुर्व्यवहार, दुव्र्यवहार, अपमानजनक टिप्पणी, घृणा र टिका टिप्पणीहरूले उनीहरूको मानसिक स्वास्थ्य र आत्मसम्मानमा गम्भीर असर परेको उजुरीमा उल्लेख गरिएको छ।

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महिला सांसदहरूले पछिल्लो समयमा बढ्दै गएको साइबर बुलिङ र यौनिकता सम्बन्धी अनलाइन दुर्व्यवहारका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

सामाजिक सञ्जाल र विभिन्न भर्चुअल प्लेटफर्महरूमा किशोरीहरूलाई लक्षित गरी भइरहेका साइबर दुर्व्यवहार, दुव्र्यवहार, अपमानजनक टिप्पणी, घृणा र टिका टिप्पणीहरूले उनीहरूको मानसिक स्वास्थ्य र आत्मसम्मानमा गम्भीर असर परेको उजुरीमा उल्लेख गरिएको छ।

एमालेकी सचिव र प्रतिनिधिसभाका सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य र राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित साइबर ब्युरोमा लिखित उजुरी दिएका हुन्। यस क्रममा उनीहरूले साइबर बुलिङका घटनाहरूलाई छिटो र प्रभावकारी रुपमा छानबिन गर्न, पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरेका छन्।

सांसदहरूले भनेका छन्, “यस्ता व्यवहारले किशोरीहरूको आत्मबल, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा गम्भीर प्रतिकूल असर पुर्‍याइरहेको छ।” सो समूहले साइबर अपराध सम्बन्धि कानुनी व्यवस्था थप कडाइका साथ कार्यान्वयन गर्न र पीडितहरूलाई संरक्षण गर्न आवश्यक कदम चाल्न आग्रह गरेको हो।

यस प्रकारको कदमले साइबर बुलिङ विरुद्धको अभियानलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ, र सरकार तथा सम्बन्धित निकायहरूलाई यस विषयमा थप सजग र सक्रिय हुन आह्वान गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धादिङ बस दुर्घटना; १७ जना मृतकमध्ये, २ विदेशी नागरिक समेत
धादिङ बस दुर्घटना; १७ जना मृतकमध्ये, २ विदेशी नागरिक समेत
सिरहा: पेस्तोल र म्याग्जिनसहित तीनजना पक्राउ
सिरहा: पेस्तोल र म्याग्जिनसहित तीनजना पक्राउ
खानेपानी डिभिजन कार्यालय प्रमुखसहित, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
खानेपानी डिभिजन कार्यालय प्रमुखसहित, ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप
प्रहरी पोस्टिङमा आर्थिक अनियमितता र प्रहरी जवानमाथि रकम असुलीको आरोप
सिरहामा प्रहरीले ४० ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ
सिरहामा प्रहरीले ४० ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
केन्द्रलाई चुनौती दिंदै जिल्ला- सर्वोच्च पुग्ने तयारी
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
नेपालको सदर चिडियाखानाको ३०औं वार्षिकोत्सव: संरक्षण, व्यवस्थापन र समुदायको साझेदारीमा अग्रगामी पहल
नेपालको सदर चिडियाखानाको ३०औं वार्षिकोत्सव: संरक्षण, व्यवस्थापन र समुदायको साझेदारीमा अग्रगामी पहल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?