singel post top banner

अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, पौष १२, २०८२
210 Views
अर्घाखाँचीमा वेवारिसे अवस्थामा हातहतियार र विष्फोटक पदार्थ फेला
समाचार सारांश
  • अर्घाखाँची — अर्घाखाँचीको शितगंगा नगरपालिका वडामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हातहतियार र विष्फोटक पदार्थ फेला परेको छ।
  • जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीको नेतृत्वमा खटिएको गस्ती टोलीले आइतवार बिहान करिव १० बजे उक्त क्षेत्रको नम्बर ११ बोक्सेमा खोजतलास गरि ती सामग्रीहरू बरामद गरेको हो।

अर्घाखाँची — अर्घाखाँचीको शितगंगा नगरपालिका वडामा वेवारिसे अवस्थामा विभिन्न प्रकारका हातहतियार र विष्फोटक पदार्थ फेला परेको छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीको नेतृत्वमा खटिएको गस्ती टोलीले आइतवार बिहान करिव १० बजे उक्त क्षेत्रको नम्बर ११ बोक्सेमा खोजतलास गरि ती सामग्रीहरू बरामद गरेको हो।

गस्ति टोलीले ग्रामिण क्षेत्रमा रहेको पुरानो कोही नबस्ने गोठ (थारो) भित्र छानबिन गर्दा विभिन्न प्रकारका खतरनाक सामग्रीहरू भेटिएको हो। उक्त स्थानबाट भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर १२ थान, २५ इन्च लामो लन्चर जस्तो देखिने पदार्थ ३ वटा, ५ लिटरको प्रेशर कुकर र त्यसको भित्र रहेको बम १ वटा, स्टिलको डलु बम १ वटा, विजुलीको तारको ४ बण्डल र करिब ५०० ग्राम बारुद जस्ता खतरनाक सामग्रीहरू बरामद गरिएको छ।

प्रहरीले भनेको छ कि, भरुवा बन्दुक बाहेक अन्य सबै विष्फोटक पदार्थहरू नेपाली सेनाको सहयोगमा सुरक्षित रूपमा डिस्पोज गरिएको छ। यस कार्यवाहीमा नेपाली सेनाका साथै प्रहरी टोलीले पूर्ण सुरक्षा पूर्वक हातहतियार र विष्फोटक पदार्थहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले यस घटनाका विषयमा थप अनुसन्धान गरिरहेको र यस विषयमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ। यस घटनाले क्षेत्रको सुरक्षा र शान्ति कायम राख्ने दृष्टिकोणले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। यो खबर अर्घाखाँचीबाट प्रेमनारायण आचार्यको सहयोगमा प्राप्त भएको हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जन सुराज पार्टीका अध्यक्ष उदय सिंहको प्रशान्त किशोरको राजीनामाको बयान र बिहार चुनाव परिणाममा प्रतिक्रिया
जन सुराज पार्टीका अध्यक्ष उदय सिंहको प्रशान्त किशोरको राजीनामाको बयान र बिहार चुनाव परिणाममा प्रतिक्रिया
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
प्रधानमन्त्री कार्कीले संसद पुनः स्थापनाको माग उठाउदा राजनीतिक दुर्घटना दोहोरिन सक्छ।
रुपन्देही: प्रहरीले दुई दिनमा करिब ८ लाख बराबरको अवैध सामान बरामद
रुपन्देही: प्रहरीले दुई दिनमा करिब ८ लाख बराबरको अवैध सामान बरामद
मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लियो; बिरामी भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्।
मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लियो; बिरामी भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्।
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको मतदान सुरु
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको मतदान सुरु
अमेरिकी संसदले ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक पेस, राष्ट्रपति ट्रम्पलाई अधिकार दिने प्रस्ताव
अमेरिकी संसदले ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक पेस, राष्ट्रपति ट्रम्पलाई अधिकार दिने प्रस्ताव
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
मधेश प्रदेशका नयाँ प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण; नागरिक र सञ्चारकर्मीहरूसँग संवाद
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
रत्ननगरका रमेश नेपाल भारतमा ‘रक्त क्रान्तिवीर विरांगना सम्मान’ बाट सम्मानित हुँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?