singel post top banner

जनकपुरधाममा एक हप्ता भित्र दुई युवतीको हत्या, प्रहरी अनुसन्धान जारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, माघ २९, २०८२
155 Views
जनकपुरधाममा एक हप्ता भित्र दुई युवतीको हत्या, प्रहरी अनुसन्धान जारी
समाचार सारांश
  • जनकपुरधाम — एक साताभित्रै जनकपुरधाममा दुईजना युवतीको शव फेला परेको छ।
  • वडा नं.

जनकपुरधाम — एक साताभित्रै जनकपुरधाममा दुईजना युवतीको शव फेला परेको छ। वडा नं. १७ स्थित ती युवतीको शव स्थानीयहरूले गएराति नै देखाएका हुन्।

प्रहरीका अनुसार, घटनास्थल जनकपुरधाम १७, तेतरिया बजारदेखि पौडेश्वर जाने शहीदपथमा रहेको कनकपट्टि जाने बाटोको आसपास हो। शवलाई बिहान स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी प्रवक्ता गणेश बहादुर बमका अनुसार, मृतक युवतीको घाँटीमा शलले बेरिएको थियो। उनीसँगै एउटा महिलाको ब्याग पनि भेटिएको छ। युवतीको पहिचान अझै खुल्न सकेको छैन। उनको उमेर लगभग २२ वर्ष जति रहेको अनुमान गरिएको छ। उनी जिंस र कुर्ती लगाएकी थिइन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा शवलाई हत्या गरी फालिएको हुन सक्ने आशंका व्यक्त गरेको छ। मृतक युवतीको घाँटीमा सल वा गम्छाले थिचेर हत्या गरिएको हुन सक्छ। स्थानीयहरूले बिहान करिब ९:३० बजे खेतमा जाँदा शव देखेपछि प्रहरीलाई जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बमले बताए।

यस घटनासँग सम्बन्धित थप विवरण भने अझै आउन बाँकी छ। यसअघि गत शुक्रबार मात्रै पौडेश्वरदेखि परवाहा जाने बाटोमा पनि एक युवतीको बेबारिसे शव फेला परेको थियो। त्यो शव पनि हत्या गरी फालिएको हुन सक्ने प्रहरीको अनुमान छ। यस घटनाले समाजमा भय र त्रास फैलाएको छ भने प्रहरी अनुसन्धान तीव्र रूपमा अघि बढिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधाममा शान्ति र सद्भावको लागि विशाल र्‍याली, दोषीलाई कारबाहीको माग
जनकपुरधाममा शान्ति र सद्भावको लागि विशाल र्‍याली, दोषीलाई कारबाहीको माग
खोटाङमा प्रहरीले बरामद गरेको १३०२ केजी गाँजा जलाएर नष्ट
खोटाङमा प्रहरीले बरामद गरेको १३०२ केजी गाँजा जलाएर नष्ट
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
भक्तपुरमा युवकको हत्या: तीन जना पक्राउ
भक्तपुरमा युवकको हत्या: तीन जना पक्राउ
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
इरानको हर्मोजगान प्रान्तमा अमेरिकी आक्रमण, कम्तीमा तीनको मृत्यु
इरानको हर्मोजगान प्रान्तमा अमेरिकी आक्रमण, कम्तीमा तीनको मृत्यु
राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदानलाई गौरवसाथ स्मरण गर्दै
राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदानलाई गौरवसाथ स्मरण गर्दै
वर्षायाममा सुरक्षित, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक
वर्षायाममा सुरक्षित, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
उपेक्षामा ऐतिहासिक मणिमण्डप: राम–सीताको ‘सक्कली विवाहस्थल’ जनकपुरधामको चहलपहलबाट टाढै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?