झापा जिल्ला प्रशासनको आग्रह: सामाजिक सञ्जालबाट मतदान गोपनीयता भंग नगर्नूहोस्
- झापा — जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जालमार्फत ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भन्ने प्रश्न सोध्न नहुने र मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ।
- आइतबार जारी विज्ञप्तिमा सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले यस्तो आग्रह गरेका हुन्।
झापा — जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जालमार्फत ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भन्ने प्रश्न सोध्न नहुने र मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ। आइतबार जारी विज्ञप्तिमा सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले यस्तो आग्रह गरेका हुन्।
उनहरूले भने, केही अनलाइन सञ्चारमाध्यमहरूले सर्वसाधारण तथा मतदाताहरूसँग कुन दल, उम्मेदवार र निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसलाई रोक्न सार्वजनिक सूचनाको आवश्यकता परेको बताएका छन्।
निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने कार्यलाई रोक्न प्रशासनले ध्यानाकर्षण गराएको हो। निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम यस्तो कार्यलाई आचारसंहिता उल्लंघन मानिएको छ।
प्रशासनले यदि कोही यस नियमको उल्लंघन गर्न खोजे, भने प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ। यस प्रकारको कार्य रोक्न र मतदानको गोपनीयता कायम राख्न सर्वसाधारण र मतदाताहरूलाई आग्रह गरिएको छ।
स्थानीय निर्वाचनको निष्पक्षता र पारदर्शिता कायम राख्न यस प्रकारको सावधानी आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






