singel post top banner

झापा जिल्ला प्रशासनको आग्रह: सामाजिक सञ्जालबाट मतदान गोपनीयता भंग नगर्नूहोस्

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, माघ १९, २०८२
225 Views
झापा जिल्ला प्रशासनको आग्रह: सामाजिक सञ्जालबाट मतदान गोपनीयता भंग नगर्नूहोस्
समाचार सारांश
  • झापा — जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जालमार्फत ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भन्ने प्रश्न सोध्न नहुने र मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ।
  • आइतबार जारी विज्ञप्तिमा सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले यस्तो आग्रह गरेका हुन्।

झापा — जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जालमार्फत ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भन्ने प्रश्न सोध्न नहुने र मतदाताको गोपनीयता भंग नगर्न आग्रह गरेको छ। आइतबार जारी विज्ञप्तिमा सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले यस्तो आग्रह गरेका हुन्।

उनहरूले भने, केही अनलाइन सञ्चारमाध्यमहरूले सर्वसाधारण तथा मतदाताहरूसँग कुन दल, उम्मेदवार र निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएकोले यसलाई रोक्न सार्वजनिक सूचनाको आवश्यकता परेको बताएका छन्।

निर्वाचन आचारसंहिताको उल्लंघन गर्ने कार्यलाई रोक्न प्रशासनले ध्यानाकर्षण गराएको हो। निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम यस्तो कार्यलाई आचारसंहिता उल्लंघन मानिएको छ।

प्रशासनले यदि कोही यस नियमको उल्लंघन गर्न खोजे, भने प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ। यस प्रकारको कार्य रोक्न र मतदानको गोपनीयता कायम राख्न सर्वसाधारण र मतदाताहरूलाई आग्रह गरिएको छ।

स्थानीय निर्वाचनको निष्पक्षता र पारदर्शिता कायम राख्न यस प्रकारको सावधानी आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पोखरा-दुबई नियमित उडान सफल र दिगो बनाउन नेपाल-यूएई बीच छलफल
पोखरा-दुबई नियमित उडान सफल र दिगो बनाउन नेपाल-यूएई बीच छलफल
हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलामा बाढीले ट्रक बगाए, चालक सुरक्षित
हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलामा बाढीले ट्रक बगाए, चालक सुरक्षित
रौतहटमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवाः शनिबार पनि सञ्चालन हुने
रौतहटमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवाः शनिबार पनि सञ्चालन हुने
संसद भवनमा आगजनी र हतियार लुटमा स्ववियु सदस्य वाइबा समूहको संलग्नता, चार जना पक्राउ
संसद भवनमा आगजनी र हतियार लुटमा स्ववियु सदस्य वाइबा समूहको संलग्नता, चार जना पक्राउ
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
मधेश प्रदेशको मदरसा बोर्ड विधेयकबारे राष्ट्रिय एकता अभियानको गम्भीर प्रश्न
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दर्ता
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दर्ता
नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
नुवाकोटमा बस दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
गृहमन्त्री अर्यालको दावी, दुई महिनामा शान्ति र सुरक्षा पुनः स्थिर
गृहमन्त्री अर्यालको दावी, दुई महिनामा शान्ति र सुरक्षा पुनः स्थिर
singel sidbar banner
singel sidbar banner 2