singel post top banner

कारागार सुरक्षामा नेपाली सेना, खलङ्गामा टोली परिचालन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, फाल्गुन २, २०८२
156 Views
कारागार सुरक्षामा नेपाली सेना, खलङ्गामा टोली परिचालन
समाचार सारांश
  • दार्चुला ।
  • दार्चुलाको सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा व्यवस्था नेपाली सेनाले जिम्मा लिएको छ।

दार्चुला । दार्चुलाको सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा व्यवस्था नेपाली सेनाले जिम्मा लिएको छ। बिहीबारदेखि जिल्ला कारागारको सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालेको हो।

सदरमुकाम खलङ्गामा रहेको श्रीदल गुल्मबाट सहसेनानि अन्वेश गुरूङको नेतृत्वमा १० जनाको टोली कारागार सुरक्षाका लागि खटिएको छ। यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा प्रदान गर्दै आएको थियो। अहिले प्रहरी टोली समेत कारागारको सुरक्षा जिम्मा सम्हालिरहेको छ।

सुरक्षा संवेदनशीलताको आधारमा, अति आवश्यक मानिएका कारागार र महत्वपूर्ण स्थानहरूमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय अनुसार यो कदम चालेको हो। यस निर्णयअनुसार, दार्चुलाको अन्य स्थानहरू जस्तै कारागारमा पनि नेपाली सेना तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए।

प्रशासनका अनुसार, सरकारले दिएको निर्देशन अनुसार आवश्यक समन्वय र सुरक्षा व्यवस्थापनलाई अझ प्रबल बनाउँदै अगाडि बढिएको छ। यस कदमले जिल्लाको सुरक्षा व्यवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दाउन्ने सडकमा तीन दिनदेखि सवारी जाम: शीतलहर र निर्माणले जनजीवन अस्तव्यस्त
दाउन्ने सडकमा तीन दिनदेखि सवारी जाम: शीतलहर र निर्माणले जनजीवन अस्तव्यस्त
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल
नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल
सप्तरी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु ७.४२ अर्ब राजस्व सङ्कलन
सप्तरी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा रु ७.४२ अर्ब राजस्व सङ्कलन
अल्टिच्युड एयरको हेलिकप्टर लोबुचेतर्फ अवतरणका क्रममा दुर्घटना, चालक मात्र सुरक्षित
अल्टिच्युड एयरको हेलिकप्टर लोबुचेतर्फ अवतरणका क्रममा दुर्घटना, चालक मात्र सुरक्षित
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया र कार्यविधि फरक फरक
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति प्रक्रिया र कार्यविधि फरक फरक
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्रमा ज्येष्ठ नेता श्यामकुमार खड्का
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्रमा ज्येष्ठ नेता श्यामकुमार खड्का
बछौलीमा ३६ जनाले गरे रक्तदान
बछौलीमा ३६ जनाले गरे रक्तदान
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
नेपालमा जेन–जी आन्दोलन: भ्रष्टाचार, कुशासन र जवाफदेहिता अभावको परिणाम
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?