singel post top banner

आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
मंगलबार, चैत्र १२, २०८१
544 Views
आईपीएल : लखनउविरुद्ध दिल्लीको सनसनीपूर्ण जित
समाचार सारांश
  • चैत १२ ।
  • आशुतोष शर्मा र विपराज निगमको शानदार ब्याटिङमा दिल्ली क्यापिटलले इन्डियन प्रियमर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ ।

चैत १२ । आशुतोष शर्मा र विपराज निगमको शानदार ब्याटिङमा दिल्ली क्यापिटलले इन्डियन प्रियमर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ ।

सोमबार भएको आईपीएलको खेलमा लखनउ सुपर जेन्ट्समाथि दिल्लीले एक विकेटको सनसनीपूर्ण जित हात पारेको हो । २१० रनको लक्ष्य दिल्लीले ९ विकेटको क्षतिमा तीन बाल बाँकी रहँदा पुरा गरेको हो ।

म्यान अफ द म्याच बनेका शर्माले अविजित रहँदै ३१ बलमा ६६ रन जोडे । उनले ५ चौका र ५ छक्का प्रहार गरे । यसैगरी निगमले १५ बलमा ३९ रन जोडे । दिल्लीको सुरुवात भने खराब थियो । दुई बलमा दुई विकेट गुमाएको दिल्लीले सात रनमा तेस्रो विकेट गुमाइसकेको थियो ।

कप्तान अक्षर पटेल र उपकप्तान फाफ डु प्लेसिसले चौथो विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । ६५ रन बनाउँदा पाँचौँ विकेट गुमाएको दिल्लीले १३ औँ ओभरमा ट्रिस्टयन स्टब्सलाई छैटौँ विकेटको रूपमा गुमाएपछि हार निश्चित झैँ देखिएको थियो । सोही समयमा निगमले सातौँ विकेटका लागि महत्त्वपूर्ण साझेदारी गरेका हुन् । निगम र शर्माको ५५ रनको साझेदारीले खेललाई जिततर्फ लगेको थियो ।

लखनउका शार्दूल ठाकुर, मनिमरन सिद्धार्थ, दिगवेश राठी र रवि विश्नोइले समान दुईदुई विकेट लिए । लखनउले पावर प्लेमा नै कम अनुभवी स्पिनर सिद्धार्थ र राठीलाई प्रयोग गर्दा सफलता पाएको थियो । विस्नोइ भने महँगा साबित भए । उनको चार ओभरमा ५३ रन प्रहार भएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले आठ विकेटको क्षतिमा २०९ रन जोडेको हो । लखनउका लागि मिचेल मार्सले ३६ बलमा ७२ तथा निकोलास पुरणले ३० बलमा ७५ रन प्रहार गरे । यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए । कुनै समय २४० स्कोर पार गर्ने सम्भावना रहेको लखनउलाई रोक्ने क्रममा कुलदिप यादवले चार ओभरमा २० रन खर्चेर दुई विकेट लिए । मिचेल स्टार्कले चार ओभरमा ४२ रन खर्चे पनि तीन विकेट लिए । मार्स र पुरण आउट भएपछि डेभिड मिलरले अविजित रहँदै १९ बलमा २७ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यान असफल भए । एजेन्सी

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
डेढ क्विन्टल गाँजासहित एक युवक पक्राउ, मोटरसाइकल चालक फरार
इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण, मृतक संख्या ११८ पुगे, विद्यालयमा ठूलो क्षति
इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण, मृतक संख्या ११८ पुगे, विद्यालयमा ठूलो क्षति
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
शनिबारका विदेशी मुद्राको विनिमय दर
शनिबारका विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
नवलपरासीको युवा मतदातामा उत्साह र जिज्ञासा, नयाँ पुस्ताले पहिलोपटक मतदान गर्न तयारी
नवलपरासीको युवा मतदातामा उत्साह र जिज्ञासा, नयाँ पुस्ताले पहिलोपटक मतदान गर्न तयारी
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?