पुस १ देखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
- काठमाडौँ ।
- आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ।
काठमाडौँ । आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले नयाँ आबद्धता, नवीकरण तथा बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने निर्णय गरेको हो।
बोर्डका अनुसार सामान्य तथा लक्षित वर्गका सबै बीमित परिवारले HIB e-Portal मार्फत आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ। यसबाट बीमितको पहिचान सुनिश्चित गर्न, दोहोरो आबद्धता नियन्त्रण गर्न, केवाईसी विवरण अद्यावधिक गर्न र दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैठकले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक र लागत–प्रभावकारी बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ। कार्यदलले ६० दिनभित्र प्रतिवेदन बुझाउनेछ।
त्यस्तै, ईएमआर प्रणालीबाट प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई निर्धारित मापदण्डअनुसार दाबी मान्यता दिने निर्णय भएको बोर्ड सचिवालयले जनाएको छ। पहिलो चरणमा २ हजार १८९ वटा Customized ICD-11 Code लाई IMIS मा प्रयोग गरिनेछ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






