singel post top banner

कारागारबाट फरार कैदिहरूको खोजी तीव्र, हालसम्म ३८८ जना फिर्ता, ९९ जना अझै फरार

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
सोमबार, कार्तिक १०, २०८२
200 Views
कारागारबाट फरार कैदिहरूको खोजी तीव्र, हालसम्म ३८८ जना फिर्ता, ९९ जना अझै फरार
समाचार सारांश
  • जिल्ला कारागारबाट भागेका कैदीबन्दीहरूका सम्बन्धमा नयाँ जानकारी सार्वजनिक भएको छ।
  • हालसम्म, भागेका ३८८ कैदीबन्दीमध्ये ३७१ पुरुष र १७ महिला गरी जम्मा ३८८ जना फिर्ता आएका छन्।

जिल्ला कारागारबाट भागेका कैदीबन्दीहरूका सम्बन्धमा नयाँ जानकारी सार्वजनिक भएको छ। हालसम्म, भागेका ३८८ कैदीबन्दीमध्ये ३७१ पुरुष र १७ महिला गरी जम्मा ३८८ जना फिर्ता आएका छन्। यसबाहेक, फरार रहेका कैदीबन्दीहरूको संख्या अझै पनि उच्च रहेको छ। कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार, कारागार तोडफोडपछि फरार भएका कैदीबन्दीहरू मध्ये अझै ९९ जना फरार रहेका छन्। यसमा १७ महिला कैदी समेत रहेका छन्।

प्रशासनका अनुसार, फिर्ता भएकामध्ये ६३ कैदीलाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी कारागारमा पुनः बुझाएको हो। यसैगरी, हाल कारागारमा १४ भारतीय नागरिकसमेत कैद सजाय भोगिरहेका छन् भने अझै १७ भारतीय कैदी फरार रहेका छन्।

प्रशासनले स्पष्ट गरेको छ कि, स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही गरिनेछ। साथै, फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिहरू पनि कानुनी रूपमा कसुरदार ठहरिनेछन्। यससम्बन्धमा आवश्यक कारबाही अघि बढाइने व्यवस्था छ।

निमित्त प्रशासक रामदत्त जोशीले भने, पटक–पटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किनको लागि सार्वजनिक अपिल गरिरहेको भए पनि केही कैदी अझै सम्पर्कमा नआएको जानकारी दिएका छन्। यसकारण, प्रहरीले फरार कैदीबन्दीहरूको खोजी र पक्राउ कार्यलाई तीव्रता दिएको जानकारी पनि दिएका छन्।

यस क्रममा प्रशासनले सम्पूर्ण प्रहरी र सम्बन्धित निकायहरूलाई सतर्कता अपनाउन र फरार कैदीहरूलाई शीघ्र पक्राउ गर्न आग्रह गरेको छ। फरार कैदीहरूको खोजी र पक्राउ कार्यलाई तीव्रता दिँदै, सरकार र प्रशासनले यस विषयमा कडा कदम चाल्ने तयारी गरेको बताएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बिग्रिरहेको न्यायिक स्वायत्तता: सर्वोच्चमा नयाँ विवाद र दरपिठ अस्वीकारको प्रकरण
बिग्रिरहेको न्यायिक स्वायत्तता: सर्वोच्चमा नयाँ विवाद र दरपिठ अस्वीकारको प्रकरण
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
मधेश प्रदेशले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण, सुरक्षा व्यवस्थामा थप मजबूती
मधेश प्रदेशले नेपाल प्रहरीलाई १२ वटा पिकअप जिप हस्तान्तरण, सुरक्षा व्यवस्थामा थप मजबूती
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
रत्ननगरका उपमेयर पाठकको सक्रियतामा डढेलो नियन्त्रण
जनकपुरधाम: सुविधाजनक र आधुनिक बसपार्कको अभावले जनकपुरधाम अस्तव्यस्त
जनकपुरधाम: सुविधाजनक र आधुनिक बसपार्कको अभावले जनकपुरधाम अस्तव्यस्त
रुकुम पश्चिममा फोर्स जीप दुर्घटना, चालकसहित आठ जना घाइते
रुकुम पश्चिममा फोर्स जीप दुर्घटना, चालकसहित आठ जना घाइते
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
धनतेरस पर्वको अवसरमा सुनचाँदी बजारमा प्रहरीले गरेको दमन र कुटपिटविरुद्ध व्यापारीहरूको आन्दोलन जारी
धनतेरस पर्वको अवसरमा सुनचाँदी बजारमा प्रहरीले गरेको दमन र कुटपिटविरुद्ध व्यापारीहरूको आन्दोलन जारी
महोत्तरीबाट गाँजा सहित दुई व्यक्ति पक्राउ, ट्रकबाट ठूलो गाँजा जस्तो वस्तु बरामद
महोत्तरीबाट गाँजा सहित दुई व्यक्ति पक्राउ, ट्रकबाट ठूलो गाँजा जस्तो वस्तु बरामद
सुस्ता क्षेत्रको विवाद: भारतीय एसएसबीसँग छलफल स्थगित
सुस्ता क्षेत्रको विवाद: भारतीय एसएसबीसँग छलफल स्थगित
singel sidbar banner
singel sidbar banner 2