singel post top banner

सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, चैत्र १०, २०८२
146 Views
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
समाचार सारांश
  • सिरहा — नेपाल खुला दिसामुक्त घोषणा भए पनि साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीहरूमा स्वच्छताको अवस्था अझै दयनीय छ।
  • हावाहुरी, घामपानी र बर्सातको समयमा टाउको लुकाउने सुरक्षित घर नहुँदा मुसहर समुदायका लागि स्वच्छता र स्वास्थ्यको चुनौती जटिल बनेको छ।

सिरहा — नेपाल खुला दिसामुक्त घोषणा भए पनि साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीहरूमा स्वच्छताको अवस्था अझै दयनीय छ। हावाहुरी, घामपानी र बर्सातको समयमा टाउको लुकाउने सुरक्षित घर नहुँदा मुसहर समुदायका लागि स्वच्छता र स्वास्थ्यको चुनौती जटिल बनेको छ।

लहान नगरपालिका–१३ का भुटनीदेवी सदायले आफ्नो वेदना पोख्दै भनिन्, “बस्ने घरकै टुङ्गो छैन, शौचालय कहाँ बनाउने? वर्षौंअघि सरकारले दिएको रिङ त छ, तर जग्गा अभावका कारण अझै शौचालय निर्माण गर्न सकेको छैनौँ।”

भुटनी देवीजस्ता वडा नं. १, २, ५, ९, १२ र २४ का मुसहर परिवारहरू अहिले पनि खुला स्थानमा शौच गर्न बाध्य छन्। सुरक्षित आवास र आफ्नै स्वामित्वको जग्गा नहुँदा मुसहर समुदायमा शौचालय निर्माण र प्रयोगको समस्या गम्भीर बन्दै गएको छ।

नगरपालिका र ‘वाटरएड’ संस्थाले गरेको हालैको सर्वेक्षण अनुसार लहानका २४ हजार ७०० घरपरिवारमध्ये १७ प्रतिशत अर्थात् ४२०१ घरमा अझै शौचालय छैन। अधिकांश दलित र भूमिहीन बस्तीमा जग्गा अभाव र चेतनाको कमीले गर्दा शौचालयको पहुँच भने पुग्न सकेको छैन।

लहानमा करिब ३० हजार दलित जनसंख्या रहेको उल्लेख गर्दै ‘विकन परियोजना’ का निर्देशक कविन्द्र पुडासैनीले भने, “९९ प्रतिशत मुसहर भूमिहीन भएकाले उनीहरूको लागि आवास र स्वच्छता दुबै गम्भीर समस्या बनेको छ।”

समाजसेवी शंकरप्रसाद गुप्ताका अनुसार, केवल गैरसरकारी संस्थाका कार्यक्रमले मात्र यो समस्या समाधान हुँदैन। उनको सुझाव अनुसार, स्थानीय स्वास्थ्यकर्मी, शिक्षक र नागरिक अगुवाले मिलेर सक्रिय निगरानी समूह बनाएर समुदायमा निरन्तर शिक्षा र चेतना फैलाउनु आवश्यक छ।

लहानका नगरप्रमुख महेशप्रसाद चौधरीले २०१७ मा खुला दिसामुक्त घोषणा गरिए पनि अझै ठूलो सङ्ख्यामा शौचालयविहीनता देखिनु चिन्ताजनक भएको स्वीकार गर्नुभएको छ। उहाँले भने, “यो स्वच्छताको चुनौती गम्भीर छ। अब हामी घर–घर पुगेर वास्तविक अवस्था परिवर्तन गर्ने योजना बनाएका छौँ। भूमिहीन सुकुम्वासीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानान्तरण प्रक्रियासमेत अघि बढाइनेछ।”

नगरपालिकाले ‘विकन परियोजना’सँग मिलेर ती ४२०१ घरधुरीमा शौचालय निर्माण अभियान सुरु गरेको छ। यसका लागि तीन महिनासम्म जनप्रतिनिधि, सामाजिक परिचालक र युवा समूहको सहकार्यमा घर–घर पुगेर प्रत्यक्ष अनुगमन र चेतना अभिवृद्धि गरिने योजना रहेको छ।

यस अभियानले मुसहर समुदायको जीवनस्तर सुधार्ने र स्वच्छता तथा स्वास्थ्यको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट
नयाँ दिल्लीमा सुरु भयो १८औं ब्रिक्स शिखर सम्मेलन: भारत, रूस र चीनको ऐतिहासिक भेटघाट
किष्ट अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप, आफन्तको प्रदर्शन र तोडफोड
किष्ट अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप, आफन्तको प्रदर्शन र तोडफोड
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
मानव अधिकार दिवसमा नागरिक समाजको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई चिठी
आन्दोलनरत जेनजी युवाहरुले सडकमै छलफल, प्रशासन र युवाहरुबीच वार्ताको तयारी
आन्दोलनरत जेनजी युवाहरुले सडकमै छलफल, प्रशासन र युवाहरुबीच वार्ताको तयारी
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
गृहमन्त्री अर्यालले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त
नेपाल र चीनबीच हिमतालको जोखिम न्यूनीकरणका लागि तत्काल कूटनीतिक पहल र वैज्ञानिक अध्ययनको आवश्यकताको संयुक्त नेतृत्व
नेपाल र चीनबीच हिमतालको जोखिम न्यूनीकरणका लागि तत्काल कूटनीतिक पहल र वैज्ञानिक अध्ययनको आवश्यकताको संयुक्त नेतृत्व
सप्तरीको सुरुङा नगरपालिकामा प्रेम विवाहपछि दाइजो र पारिवारिक दबावका कारण पीडित युवतीलाई अमानवीय व्यवहार।
सप्तरीको सुरुङा नगरपालिकामा प्रेम विवाहपछि दाइजो र पारिवारिक दबावका कारण पीडित युवतीलाई अमानवीय व्यवहार।
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
सुनसरीका नागरिकको सुरक्षामा सरकारको अभिभावकीय भूमिका आवश्यक — शंकर पोखरेल
कारागारबाट फरार कैदिहरूको खोजी तीव्र, हालसम्म ३८८ जना फिर्ता, ९९ जना अझै फरार
कारागारबाट फरार कैदिहरूको खोजी तीव्र, हालसम्म ३८८ जना फिर्ता, ९९ जना अझै फरार
नेपाली युवाका लागि ठूलो राहत: दक्षिण कोरियामा रोजगार अवसरका लागि श्रम मन्त्रालयको महत्वपूर्ण निर्णय
नेपाली युवाका लागि ठूलो राहत: दक्षिण कोरियामा रोजगार अवसरका लागि श्रम मन्त्रालयको महत्वपूर्ण निर्णय
singel sidbar banner
singel sidbar banner 2