singel post top banner

कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, फाल्गुन २३, २०८१
863 Views
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
समाचार सारांश
  • रत्ननगर, फागुन २३ ।
  • चितवनको कालिका नगरपालिकाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम दिईएको छ ।

रत्ननगर, फागुन २३ । चितवनको कालिका नगरपालिकाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम दिईएको छ ।

गैसस महासंघ नेपाल जिल्ला शाखा चितवनको आयोजना तथा कालिका नगरपालिका, चितवनको समन्वयमा सचेतना मूलक अभिमुखीकरण गरिएको हो ।

पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको गैसस महासंघ नेपाल जिल्ला शाखा चितवनकी अध्यक्ष पार्वती धिमिरे दवाडीले जानकारी दिईन् ।

जलवायु परिवर्तन अहिलेको निकै जल्दोबल्दो विषय भएकोले सबैले सचेत हुनुपर्ने बताईन् । समयमा पानी नपर्ने जस्तो समस्या देखा परेको वातावरण संरक्षण र वनमा हुने डँढेलो नियन्त्रण गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कालिकाकी नगर उपप्रमुख विमला तामाङले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न पालिकाले जलवायुमैत्री विकास निर्माण र संरचनाहरु निर्माण गर्ने बताईन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने कार्यक्रम समावेश गर्ने बताईन् ।

प्राकृतिक श्रोतको अबैध उत्खनन रोक्नको लागि कानुनलाई कडाईका साथ कार्यान्वयन गर्ने बताईन् । जलवायुमैत्री कानुन र संरचना निर्माण गर्ने नगरपालिकाको प्राथमिकता रहेको उनले बताए ।

जलवायु परिवर्तनको कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास, क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सामाजिक समावेशीकरण लगायत विषयमा गैसस महासंघ नेपालका श्रोत व्यक्ति दिपक रेग्मीले प्रशिक्षण दिएका थिए ।

गैसस महासंघ नेपाल जिल्ला शाखा चितवनकी अध्यक्ष धिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रतिनिधि, कालिका वडा नं. ८ का वडा अध्यक्ष चित्र वहादुर मगर लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा कालिका १ देखि ११ वटै वडाका वडा अध्यक्ष, सदस्य र नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन गैसस महासंघ नेपाल जिल्ला शाखा चितवनका सचिव राम चन्द्र आचार्यले गरेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पोखरामा अवैध ट्रान्सपार्टी र लागुऔषधका साथ १२ जना विदेशी र नेपाली पक्राउ
पोखरामा अवैध ट्रान्सपार्टी र लागुऔषधका साथ १२ जना विदेशी र नेपाली पक्राउ
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू तीन सातादेखि आन्दोलनरत छन्, जसले बोर्डको दैनिक कामकाज पूर्णतया ठप्प पारेको छ।
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
ऊर्जा बचत गर्ने उद्योगले प्रमाणपत्र बेच्न पाउने, लक्ष्य पूरा नगर्नेलाई किन्नुपर्ने प्रस्ताव
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
सिरहाका सत्यनारायण साफीको संघर्ष र सफलता: गरिबीलाई चुनौती दिएर डाक्टर बन्ने प्रेरणादायक कथा
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
निर्वाचन आयोगले दल दर्ताका लागि अवधि तोके, १२४ दल दर्ता अद्यावधिक, नयाँ दलहरूको नामावली सार्वजनिक
मधेश प्रदेशमा सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता र पहुँचका चुनौतीहरू: परामर्श कार्यशालाबाट निष्कर्ष
मधेश प्रदेशमा सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारिता र पहुँचका चुनौतीहरू: परामर्श कार्यशालाबाट निष्कर्ष
राष्ट्रपतिले नेपालले दिगो विकास, शान्ति र जलवायु परिवर्तनको चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने र फागुनमा हुने आम निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रपतिले नेपालले दिगो विकास, शान्ति र जलवायु परिवर्तनको चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने र फागुनमा हुने आम निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
सिरहामा शीतलहरका कारण जनजीवन प्रभावित, राहतकार्य शुरु
सिरहामा शीतलहरका कारण जनजीवन प्रभावित, राहतकार्य शुरु
भारतमा दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री वाग्लेको आलोचना, सरकारको धारणा माग
भारतमा दिएको अभिव्यक्तिलाई लिएर अर्थमन्त्री वाग्लेको आलोचना, सरकारको धारणा माग
ट्रम्प र ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर, अमेरिका-जापान सम्बन्धमा नयाँ युगको शुरुआत
ट्रम्प र ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर, अमेरिका-जापान सम्बन्धमा नयाँ युगको शुरुआत
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?