singel post top banner

कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, मंसिर १५, २०८२
174 Views
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
समाचार सारांश
  • काठमाडौं ।
  • स्वचालित हतियारसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

काठमाडौं । स्वचालित हतियारसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं कलङ्की बस्ने २८ वर्षीय रसिल जोशी, दार्चुला दुहुँ गाउँपालिका–४ का १९ वर्षीय डेविड उर्फ रामचन्द्र कुँवर र काठमाडौं बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेका छन्।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यका अनुसार पक्राउ अभियुक्तहरूको साथबाट ‘नेपाल पुलिस’ उल्लेख गरिएको, सिरियल नम्बर ५५००९९१६ भएको टाइप–५४ मोडेलको पेस्तोल बरामद गरिएको छ।

पक्राउ परेकामध्ये रसिल जोशी जेनजी आन्दोलनको समयमा लागुऔषधसहित पक्राउ परि प्रहरी वृत्त स्वयम्भूमा थुनामा रहेका थिए। आन्दोलनको तनावका बीच उनी हिरासतबाट फरार भएका थिए। सो समूहले जेनजी आन्दोलनकै क्रममा प्रहरीको हतियार लुटेको आरोप समेत लागेको जनाइएको छ।

आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा उनीहरूलाई विशेष अपरेसनमार्फत पक्राउ गरिएको जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने
एनपीएल सुरक्षाका लागि दैनिक एक हजारभन्दा बढी प्रहरी परिचालन हुने
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
नुवाकोटमा बाल सुधार केन्द्र स्थापना: सुरक्षित र मानव अधिकारपूर्ण सुधारात्मक कार्यक्रमको शुरुआत
सिमलताल पहिरोमा बगाएका दुई बसमध्ये एक बसको डेढ वर्षपछि भेटियो
सिमलताल पहिरोमा बगाएका दुई बसमध्ये एक बसको डेढ वर्षपछि भेटियो
लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द
लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारी आवागमन बन्द
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सर्लाहीमा प्रेमिकासँग विवाह गराउने माग गर्दै टावरमा चढेका युवकलाई प्रहरीको सफल उद्धार
सर्लाहीमा प्रेमिकासँग विवाह गराउने माग गर्दै टावरमा चढेका युवकलाई प्रहरीको सफल उद्धार
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
सर्लाहीमा उपचार क्रममा किशोरीको मृत्यु, चिकित्सक पक्राउ
सप्तरीको राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन र तनाव; आत्मदाहको प्रयास
सप्तरीको राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन र तनाव; आत्मदाहको प्रयास
रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ
रामेछापमा चोरीको सुन खरिद गरेको आरोपमा दुई सुनचाँदी व्यवसायी पक्राउ
काठमाडौंमा ‘टीओबी’ टीशर्टलगायत बुलेट बाइकमा आतंक मच्चाउने १९ चालक पक्राउ, जाँचमा संलग्न अनेकै मुद्दा
काठमाडौंमा ‘टीओबी’ टीशर्टलगायत बुलेट बाइकमा आतंक मच्चाउने १९ चालक पक्राउ, जाँचमा संलग्न अनेकै मुद्दा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?