singel post top banner

रास्वपा र गाउँगाउँमा नयाँ राजनीतिक प्रभाव: ग्रामीण क्षेत्रमा प्रभाव कम

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, पौष २४, २०८२
242 Views
रास्वपा र गाउँगाउँमा नयाँ राजनीतिक प्रभाव: ग्रामीण क्षेत्रमा प्रभाव कम
समाचार सारांश
  • बारा ।
  • बारा र आसपासका गाउँगाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभाव र संगठनात्मक संरचनाको कमजोरी अझै कायम रहेको देखिएको छ।

बारा । बारा र आसपासका गाउँगाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रभाव र संगठनात्मक संरचनाको कमजोरी अझै कायम रहेको देखिएको छ। जेनजी आन्दोलनपछि वैकल्पिक राजनीतिक शक्तिको रुपमा रास्वपाको चर्चा बढ्दै गएको भए पनि, ग्रामीण क्षेत्रहरूमा यसको प्रभाव भने कमजोर देखिएको हो।

काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन शाह र कुलमान घिसिङको समर्थनमा रहेको उज्यालो नेपाल पार्टीसँग एकता पछि रास्वपाले तुलनात्मक रुपमा बलियो स्थिति बनाएको अनुमान गरिएको छ। तर, मधेसका गाउँहरूमा यसको संगठनात्मक संरचना देखिनु भने अझै कमजोर रहेको छ।

गाउँगाउँमा पुराना दलहरूको पकड अझै कायम रहेको देखिन्छ। परवानीपुर गाउँपालिका वडा नं. १ का ७५ वर्षीय जगन्नाथ सहनीले भने, “अहिलेसम्म गाउँमा नयाँ पार्टीको नेता आएका छैनन्। गाउँमा नयाँ पार्टीलाई भोट दिने कि पुरानोलाई भन्नेबारे चर्चा छैन।” उनले थपे, “हामीलाई बिरामी हुँदा अस्पताल छैन, खेतमा सिँचाइको सुविधा छैन। यस अवस्थामा राजनीतिमा खासै चासो छैन।”

e8

यस्तै, जीतपुरसिमरा उपमहानगरपालिका–१० का स्थानीयहरूले पनि नयाँ दलको संरचना र प्रभाव देख्न सकेका छैनन्। रामअश्रय साहले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू गाउँमा देखिएको छैन। उनीहरूको व्यवहार र चुनावी आधारबारे पनि जानकारी छैन।”

e7

रास्वपाले हालैको प्रतिनिधि सभा निर्वाचनमा २०७९ मा २० सिट जित्दा प्रभाव देखिएको थियो। तर, अहिले ग्रामीण क्षेत्रमा यसको प्रभाव कम भएको देखिन्छ। गाउँगाउँका मानिसहरू जेनजी आन्दोलन र नयाँ पार्टीको प्रभावको चर्चा गर्दै छन्, तर संगठन र नेताहरूको सम्पर्क अझै टाढा रहेको उनीहरूको भनाइ छ।

e6

रास्वपाले सिमरा कलेजका निवर्तमान प्रमुख शालिकराम अधिकारीलाई बारा–४ बाट उम्मेदवार बनाएको छ भने, इच्छाबहादुर वाग्ले पनि उम्मेदवारीको इच्छुक छन्। पार्टीले चुनावी गतिविधि गाउँगाउँमा सुरु गरेको छ तर प्रभाव विस्तार गर्न अझै मेहनत गर्नुपर्ने देखिन्छ।

रास्वपाका स्थानीय नेताहरूले भने, “हामी संगठन विस्तारको चरणमा छौँ। सक्रिय सदस्यहरूलाई मात्र राख्ने र नयाँ उम्मेदवारहरूलाई अघि ल्याउने तयारी भइरहेको छ।”

e3

पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकारले भने, “हामीलाई ७ हजार ५ सय सदस्यता प्राप्त भएको छ। आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुन इच्छुक उम्मेदवारहरूले अनलाइनमार्फत फारम भर्न सक्नेछन्।”

e5

अहिलेसम्म गाउँगाउँमा नयाँ नेताहरूको सक्रियता र प्रभाव भने कमजोर रहेको देखिए पनि, पार्टी संगठन विस्तार र प्रभाव विस्तारका लागि प्रयास जारी रहेको छ। ग्रामीण क्षेत्रको विकास र जनताको आवश्यकतामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता बलियो भएको विश्लेषण गरिएको छ।

e2

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आजको नेपाली पंचाङ्ग: माघ १८ गते, पूर्णिमा, शुभ समय, राहुकाल र राशिफल
आजको नेपाली पंचाङ्ग: माघ १८ गते, पूर्णिमा, शुभ समय, राहुकाल र राशिफल
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ
हुम्लामा गाउँपालिका कार्यालयमा आगलागी, दुई जना पक्राउ
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
निजी शिक्षण संस्था: समता शिक्षा सेवा शुल्क खारेजी र नीतिगत सुधारको माग
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
वीरगञ्जबाट १७६ केजी गाँजा सहित भ्यान चालक पक्राउ
वीरगञ्जबाट १७६ केजी गाँजा सहित भ्यान चालक पक्राउ
सर्लाहीमा निर्वाचन तयारी पूरा, सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी पुगे
सर्लाहीमा निर्वाचन तयारी पूरा, सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी पुगे
कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
मुसहर समुदायको भुइँया पूजा: परम्परा, संस्कार र धार्मिक विश्वासहरूको अनौठो झलक
मुसहर समुदायको भुइँया पूजा: परम्परा, संस्कार र धार्मिक विश्वासहरूको अनौठो झलक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?