singel post top banner

नेपाल प्रहरीको सक्रिय सुरक्षा योजना, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको सुनिश्चितता

belwo post title ad banner
रासस रासस
बुधबार, फाल्गुन २०, २०८२
117 Views
नेपाल प्रहरीको सक्रिय सुरक्षा योजना, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनको सुनिश्चितता
समाचार सारांश
  • काठमाडौं — नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयन गरेको छ।
  • प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरेको जनाएको छ।

काठमाडौं — नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयन गरेको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला र स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरेको जनाएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको स्पष्ट निर्देशन अनुसार निर्वाचन सम्पन्न गर्न सबै निकायलाई निर्देशन दिएका छन्। उहाँले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकता दिएर सुरक्षा प्रमुखहरूलाई नियमित समन्वय, अनुगमन र ब्रिफिङमार्फत तयारीलाई तीव्रता दिनु भएको हो।

सुरक्षा विश्लेषकहरूले बताएका छन् कि विगतको तुलनामा यस पटकको निर्वाचन केही संवेदनशील र प्रतिकूल परिस्थितिहरूमा हुन लागेको छ। मतदान केन्द्र र मतदानस्थलको संख्या वृद्धि, अति संवेदनशील तथा विकट भूभागमा रहेका केन्द्रहरू, र राजनीतिक गतिविधिहरूले सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण बनाएको भए पनि प्रहरी संगठनले तयारीलाई सुदृढ बनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलहरूलाई वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। न्यूनतम संसाधनलाई अधिकतम प्रयोग गर्दै देशभरका मतदान केन्द्रहरूमा जनशक्ति खटाइएको छ। कतिपय दुर्गम क्षेत्रमा सवारीसाधनको अभावका बाबजुद प्रहरी पैदल यात्रामार्फत खटिएका छन्। पुराना हतियार र सवारीसाधनको सीमितताका बाबजुद उच्च मनोबलका साथ प्रहरी परिचालन भएको संगठनात्मक दृढता देखिएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अभिनारायण काफ्लेले वरिष्ठ प्रहरी अधिकृतहरूलाई प्रत्यक्ष रूपमा मतदानस्थलमा खटाएको जानकारी दिएका छन्। उनका अनुसार, एआईजीस्तरको कमाण्ड संरचनाबाट प्रदेश र विशेष क्षेत्रको समन्वय गरिएको छ भने जिल्लामा एसएसपी र एसपीको नेतृत्वमा एकीकृत सुरक्षा व्यवस्था सञ्चालनमा आएको छ।

‘जेएनजी आन्दोलनपछि खस्किएको प्रहरी मनोबल पुनः उकास्नु चुनौती थियो, तर वर्तमान नेतृत्वले संगठनलाई पुनः क्रियाशील र एकताबद्ध बनाएको छ,’ सुरक्षा विश्लेषकहरूले बताएका छन्। समाजशास्त्री शारदा बेलबासेले भने, ‘प्रहरी संगठनभित्र अनुशासन, समन्वय र समर्पणको भावना अभिवृद्धि गर्न नेतृत्वले प्रयास गरेको छ। प्रहरीका वरिष्ठदेखि कनिष्ठसम्म समान व्यवहार, सेवा सुविधा सुधार र राष्ट्रसेवाप्रति प्रतिबद्धता विकास गर्न जोड दिइएको छ।’

सही समयमा जनताको पक्षमा प्रहरीको सकारात्मक र विश्वसनीय कामले संगठनको मनोबल उच्च भएको विश्लेषकहरू बताउँछन्। सुरक्षा विशेषज्ञ उमेशचन्द्र रिजालले भने, ‘प्रतिकूल राजनीतिक अवस्था र सुरक्षा चुनौतीका बीच पनि नेतृत्वले संगठनलाई एकताबद्ध बनाउँदै निर्वाचन सुरक्षा सुनिश्चित गर्न सफल भएको देखिन्छ। यसले नेपाली प्रहरीको क्षमतामा विश्वास बढाएको छ।’

वरिष्ठ अधिवक्ता शिव गौडेलले भने, ‘प्रहरी संगठनले विगतका आन्दोलन र द्वन्द्वका कठिनाइहरू पार गर्दै देश र जनताको सुरक्षामा निरन्तर योगदान दिँदै आएको छ। नयाँ नेतृत्वले संगठनलाई पुनः सशक्त बनाउनु सकारात्मक संकेत हो।’

प्रहरी प्रधान कार्यालयले प्रविधिमैत्री सुरक्षा योजना, सूचना संकलन प्रणालीको सुदृढीकरण र आकस्मिक अवस्थालाई द्रुत रूपमा सामना गर्न तयारीलाई प्राथमिकता दिएको जनाएको छ। समय अनुसार संगठनलाई परिमार्जन गर्दै अघि बढ्ने रणनीतिअनुसार प्रहरी संगठनले काम गरिरहेको छ। देशभरका एआईजी, एसएसपी र अन्य वरिष्ठ अधिकारीहरू निर्वाचन सुरक्षा कार्यमा सक्रिय रहेका छन्। उच्च मनोबल, स्पष्ट रणनीति र संगठनात्मक एकताका साथ नेपाल प्रहरी लोकतान्त्रिक अभ्यासको संरक्षण र जनताको सुरक्षामा दृढ रहेको उनीहरूको दावी छ।

निर्वाचन जस्ता संवेदनशील राष्ट्रिय कार्यलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी संगठनले प्रतिकूल अवस्थालाई अवसरमा परिणत गर्दै आफ्नो दायित्व निर्वाह गरिरहेको छ। यसै क्रममा, नेपाल प्रहरीको नेतृत्वले नेपाली सेनासँगको सम्बन्धलाई थप सशक्त बनाउँदै निर्वाचन सुरक्षामा सहकार्यलाई अघि बढाउने दिशा लिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
निर्वाचन सुरक्षा व्यवस्था कडा; कारागार र विमानस्थल सुरक्षामा नेपाली सेना
मोरङ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा
मोरङ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा
भारतको ७७औं गणतन्त्र दिवस: दिल्लीमा शक्ति प्रदर्शन र सांस्कृतिक झलक
भारतको ७७औं गणतन्त्र दिवस: दिल्लीमा शक्ति प्रदर्शन र सांस्कृतिक झलक
लगातार दोस्रो अर्धशतकसहित बोपाराको चमक, चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको चुनौती
लगातार दोस्रो अर्धशतकसहित बोपाराको चमक, चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको चुनौती
सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल तयार
सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल तयार
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
भ्रष्टाचारको जानकारी पाए नेपाली जनताको तर्फबाट कडा कारवाहीको घोषणा
भ्रष्टाचारको जानकारी पाए नेपाली जनताको तर्फबाट कडा कारवाहीको घोषणा
प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना सम्पन्न, अन्तिम परिणाम तयारीमा
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना सम्पन्न, अन्तिम परिणाम तयारीमा
झापाको बिर्तामोडमा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने जघन्य घटना, चार जना पक्राउ
झापाको बिर्तामोडमा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने जघन्य घटना, चार जना पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?