singel post top banner

तिहारको पाँचौँ दिनः गरियो गोवर्द्धन, बलि, गोरु र हलि पूजा

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, कार्तिक ६, २०८२
200 Views
तिहारको पाँचौँ दिनः गरियो गोवर्द्धन, बलि, गोरु र हलि पूजा
समाचार सारांश
  • काठमाडौं।
  • तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ।

काठमाडौं। तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजाआजा गर्ने गरिएको छ। द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ। गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताए। भगवान् विष्णुको आज्ञाअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ। दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र देउ शिर रे भनी देउसी खेल्ने परम्पराको सुरुआत गरेको विश्वास छ। यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ।

प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्त्वपूर्ण योगदान गर्दै आएको छ। महादेवको वाहनका रूपमा समेत पूजिने गोरु (साँढे) लाई आज पूजा गरी मीठामीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ। यसैगरी गोरु जोत्ने हलिलाई पनि पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ। यसैले आजको दिनलाई हलतिहार पनि भनिन्छ।

वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आजपूजा गरी मीठामीठा खानेकुरा खान दिइएको छ। तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्व रहेको सांस्कृतिक रूपमा अर्थ दिने धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउँछन्। यसले वैदिक दर्शनको महत्वलाई स्थापित गर्ने उनको भनाइ छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

ट्रम्पको इरानविरुद्ध कडा चेतावनी: सैन्य कारबाही जारी, आह्वान राष्ट्रिय परिवर्तनको
ट्रम्पको इरानविरुद्ध कडा चेतावनी: सैन्य कारबाही जारी, आह्वान राष्ट्रिय परिवर्तनको
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
झापा बिर्तामोडमा आगलागी, तीन घर पूर्ण रूपमा जले, अन्य तीनमा आंशिक क्षति
झापा बिर्तामोडमा आगलागी, तीन घर पूर्ण रूपमा जले, अन्य तीनमा आंशिक क्षति
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
कोशी अस्पतालको जग्गामा बनाइएका संरचनामा अस्पताल प्रशासनले डोजर चलाउँदै
मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
मेयर बालेन शाह माघ ५ गते राजीनामा दिने, झापा–५ बाट चुनाव लड्ने तयारीमा
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
सङ्खुवासभामा बेलीब्रिज भाँचिएपछि यातायात पूर्णरूपमा अवरुद्ध, आवतजावत र व्यापार प्रभावित
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
मोरङ रंगेलीबाट खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?