singel post top banner

धनुषामा राष्ट्रिय परिचयपत्र सेवा दिन थप दुई वटा काउन्टर सञ्चालन हुने

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
शनिबार, कार्तिक २९, २०८२
153 Views
धनुषामा राष्ट्रिय परिचयपत्र सेवा दिन थप दुई वटा काउन्टर सञ्चालन हुने
समाचार सारांश
  • धनुषा — जिल्लामा राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सहज र छिटो बनाउने उद्देश्यले आजदेखि थप दुई वटा काउन्टर सञ्चालनमा ल्याउन लागेको छ।
  • यसअघि दैनिक पाँच वटा काउन्टरबाट बिहानदेखि साँझ ६ बजेसम्म सेवा दिइँदै आएको थियो।

धनुषा — जिल्लामा राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहलाई सहज र छिटो बनाउने उद्देश्यले आजदेखि थप दुई वटा काउन्टर सञ्चालनमा ल्याउन लागेको छ। यसअघि दैनिक पाँच वटा काउन्टरबाट बिहानदेखि साँझ ६ बजेसम्म सेवा दिइँदै आएको थियो। सेवाग्राहीको चाप र सुविधा अभावलाई मध्यनजर गर्दै कार्यालयले थप काउन्टर सञ्चालन गर्न लागेको हो।

राष्ट्रिय परिचयपत्रको सेवा पालिकामा नै उपलब्ध गराउने व्यवस्था भएता पनि विभिन्न कारणले गर्दा केही समयका लागि सेवा बन्द भएको थियो। त्यसपछि प्रयोग विहीन रहेका ती उपकरणहरू जिल्ला प्रशासन कार्यालयले आफ्नै मातहत ल्याएर पुनः सञ्चालनमा ल्याएको हो। यसले गर्दा सेवा प्रवाहमा थप सहजता आउने अपेक्षा गरिएको छ।

अहिले पाँच वटा काउन्टरबाट दैनिक करिब ३ सय जना सेवाग्राहीले परिचयपत्रको सेवा लिइरहेका छन्। थप दुई वटा काउन्टर सञ्चालनमा आएपछि सेवाग्राहीको सङ्ख्या अझ बढ्ने र सेवा पाउन सहजता हुने विश्वास गरिएको हो।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि बिहान ७ बजेदेखि नै सेवाग्राहीहरू कार्यालयको लाममा बसेर आफ्नो नम्बर कुर्न थालेका हुन्छन्। यस परिचयपत्रको आधारमा नै मतदाता परिचयपत्रको विवरण आफैं भर्न सकिने भएकाले यसले सेवा प्रवाहलाई अझ छरितो बनाएको छ।

राष्ट्रिय परिचयपत्रको महत्व भनेको सरकारी कामकाज, वैदेशिक रोजगारी, ज्येष्ठ नागरिकको भत्ता, सामाजिक सुरक्षा र अन्य सेवा सुविधाका लागि आवश्यक पर्ने भएकाले यसको माग दिनप्रतिदिन बढ्दै गएको छ। नेपाली नागरिकले जुनसुकै समयमा राष्ट्रिय परिचयपत्र बनाउन सक्ने व्यवस्था रहेकाले भिड अझ बढ्न थालेको हो।

धनुषा जिल्लामा यस सेवा प्रवाहलाई अझ प्रभावकारी र द्रुत बनाउने उद्देश्यले थप काउन्टर सञ्चालनको तयारी गरिएको हो। यसले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै आएको रु २० लाख ५० हजार मूल्यका ३५ आइफोन बरामद गरेको
रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै आएको रु २० लाख ५० हजार मूल्यका ३५ आइफोन बरामद गरेको
वीर अस्पतालमा आकस्मिक कक्षको विस्तार
वीर अस्पतालमा आकस्मिक कक्षको विस्तार
अस्ट्रेलियामा महिला सांसदलाई सदन प्रवेशमा प्रतिबन्ध, बुर्का लगाएर सदन जानेविरुद्ध विवाद
अस्ट्रेलियामा महिला सांसदलाई सदन प्रवेशमा प्रतिबन्ध, बुर्का लगाएर सदन जानेविरुद्ध विवाद
काठमाडौंबाट गृहजिल्ला फर्किने मतदाताको संख्या बढ्दै
काठमाडौंबाट गृहजिल्ला फर्किने मतदाताको संख्या बढ्दै
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
अमेरिकी प्रतिबन्धपछि भारत रूसी कच्चा तेलबाट परिवर्तन हुन सक्छ
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
विद्युत् महसुल विवादमा नेपाल विद्युत् नियमन आयोगको निर्णय, उद्योगी व्यवसायीको माग अस्वीकृत
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेकपा एमाले रत्ननगरको अध्यक्षमा इश्वरी अर्याल
नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ कार्यविधि पारित
नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ कार्यविधि पारित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?