singel post top banner

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारंभ : नेपाल सरकारको यात्रु सुरक्षा र प्रवर्द्धनमा नयाँ पहल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, पौष १७, २०८२
255 Views
विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारंभ : नेपाल सरकारको यात्रु सुरक्षा र प्रवर्द्धनमा नयाँ पहल
समाचार सारांश
  • काठमाडौं — नेपालको अध्यागमन विभागले विदेशी नागरिकहरूको व्यवस्थापनलाई प्रभावकारी र सुगम बनाउन नयाँ सूचना प्रणाली लागू गरेको छ।
  • यसलाई बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट शुभारम्भ गरिएको हो।

काठमाडौं — नेपालको अध्यागमन विभागले विदेशी नागरिकहरूको व्यवस्थापनलाई प्रभावकारी र सुगम बनाउन नयाँ सूचना प्रणाली लागू गरेको छ। यसलाई बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबाट शुभारम्भ गरिएको हो। कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ प्रणालीको उद्घाटन गरे।

नेपाल भ्रमण गर्न आउने विदेशी नागरिकहरूको सुरक्षा, सूचनाको सहजीकरण, अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले यो सूचना प्रणाली लागू गरिएको विभागले जनाएको छ। यस प्रणालीले विदेशी नागरिकहरूको नेपाल बसाइको विवरणलाई डिजिटल रुपमा रेकर्ड गर्ने र व्यवस्थापन गर्नेछ।

गृहमन्त्री अर्यालले यस प्रणालीले अध्यागमन कानुन अनुसार विदेशी नागरिकहरूको आवतजावतको अभिलेखलाई प्रभावकारी बनाउने र नेपालको सुरक्षा सुदृढ पार्ने विश्वास व्यक्त गरे। उनले यसले विपद्को समयमा उद्धार र खोजी कार्यमा सहजता ल्याउने, विदेशी नागरिकहरूको गतिविधि अनुगमन गर्न र अपराध अनुसन्धानलाई तीव्रता दिने भूमिका खेल्ने बताए।

उनले भन्नुभयो, “यस प्रणालीले नेपाललाई एक सुरक्षित र पर्यटकीय गन्तव्यको रुपमा प्रवर्द्धन गर्न मद्दत गर्नेछ। साथै, यसले हाम्रो सरकारको विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासन र सुशासनको प्रतिबद्धतालाई समेत बलियो बनाउनेछ।”

विभागका महानिर्देशक रामचन्द्र तिवारीले भने, पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलहरूमा यो प्रणाली अनिवार्य रूपमा लागू हुनेछ र दुई महिनाभित्रै देशका सबै सरोकारवाला निकायहरूमा विस्तार गरिनेछ। यस नयाँ प्रणालीले विदेशी नागरिकहरूको आवतजावतको विवरणलाई व्यवस्थित र सुरक्षित बनाउँदै, नेपाललाई एक व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम भएको विश्वास गरिन्छ।

यस कदमले नेपालको पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने र विदेशी पर्यटकहरूको सुरक्षालाई सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
भोजपुर गाउँपालिकाबाट करसम्बन्धी सेवा सहज र प्रभावकारी रूपमा सञ्चालन
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको फैसला आए तत्काल पद छाड्ने बताएका छन्
शान्तिपूर्ण प्रदर्शन दबाउँदा गम्भीर परिणाम आउन सक्छन् : सोनम वाङ्चुक
शान्तिपूर्ण प्रदर्शन दबाउँदा गम्भीर परिणाम आउन सक्छन् : सोनम वाङ्चुक
कुलमान घिसिङले सय दिनको कामको प्रगति सार्वजनिक, ऊर्जा र पूर्वाधार क्षेत्रमा नयाँ पहलहरूको घोषणा
कुलमान घिसिङले सय दिनको कामको प्रगति सार्वजनिक, ऊर्जा र पूर्वाधार क्षेत्रमा नयाँ पहलहरूको घोषणा
जमुनाहा-नेपालगन्ज-कोहलपुर सडक खण्डमा अनधिकृत संरचनाहरू हटाउन ३० दिने सूचना जारी
जमुनाहा-नेपालगन्ज-कोहलपुर सडक खण्डमा अनधिकृत संरचनाहरू हटाउन ३० दिने सूचना जारी
उद्योग वाणिज्य संघ जनकपुरबाट भोटेकोशी बाढी पीडितलाई राहत सामग्री हस्तान्तरण
उद्योग वाणिज्य संघ जनकपुरबाट भोटेकोशी बाढी पीडितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रियसभामा अध्यागमन ऐन र सदाचार नीति अध्ययन प्रतिवेदन पेस
राष्ट्रियसभामा अध्यागमन ऐन र सदाचार नीति अध्ययन प्रतिवेदन पेस
राष्ट्रिय सभामा आज मन्त्रालयगत छलफल, बजेट सम्बन्धी प्रश्नको जवाफ दिं‌दै
राष्ट्रिय सभामा आज मन्त्रालयगत छलफल, बजेट सम्बन्धी प्रश्नको जवाफ दिं‌दै
पुल्चोक क्याम्पसले सूचना नदिएको मुद्दामा उच्च अदालतको कारण देखाऊ आदेश
पुल्चोक क्याम्पसले सूचना नदिएको मुद्दामा उच्च अदालतको कारण देखाऊ आदेश
singel sidbar banner
singel sidbar banner 2