singel post top banner

हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन

belwo post title ad banner
विजय सिंह विजय सिंह
शनिबार, पौष १२, २०८२
306 Views
हिन्दू युवाको निर्मम हत्या विरोधमा राष्ट्रिय एकता अभियानको सशक्त आन्दोलन
समाचार सारांश
  • सिराहा — बंग्लादेशमा एक हिन्दू युवाको निर्मम हत्या गरिएको घटनाको कडा विरोधमा सिराहा जिल्लाको गोलबजारमा राष्ट्रिय एकता अभियानद्वारा विरोध र्‍याली तथा प्रदर्शन गरिएको छ।
  • राष्ट्रिय एकता अभियान सिराहा जिल्ला अध्यक्ष हेमंत सिंहको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा राष्ट्रिय एकता दलका केन्द्रीय सदस्यहरू रामनाथ सनातनी तथा कासिंन्द्र यादवले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

सिराहा — बंग्लादेशमा एक हिन्दू युवाको निर्मम हत्या गरिएको घटनाको कडा विरोधमा सिराहा जिल्लाको गोलबजारमा राष्ट्रिय एकता अभियानद्वारा विरोध र्‍याली तथा प्रदर्शन गरिएको छ।
राष्ट्रिय एकता अभियान सिराहा जिल्ला अध्यक्ष हेमंत सिंहको नेतृत्वमा सम्पन्न उक्त प्रदर्शनमा राष्ट्रिय एकता दलका केन्द्रीय सदस्यहरू रामनाथ सनातनी तथा कासिंन्द्र यादवले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए। प्रदर्शनका क्रममा आक्रोशित कार्यकर्ताहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै केही बेर चक्काजाम समेत गरेका थिए। प्रदर्शनकारीहरूले “हिन्दूको हत्या बन्द गर”, “अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर”, “मानवअधिकारको सम्मान गर” लगायतका नारा लगाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रामनाथ सनातनीले भने, “बंग्लादेशमा बारम्बार हिन्दू अल्पसंख्यकहरूमाथि भइरहेको हत्या र अत्याचार मानवतामाथिको गम्भीर प्रहार हो। अन्तर्राष्ट्रिय समुदायले यस विषयमा मौन बस्नु हुँदैन।” त्यस्तै केन्द्रीय सदस्य कासिंन्द्र यादवले आफ्नो मन्तव्यमा भने, “हिन्दू युवाको निर्मम हत्या केवल एक व्यक्तिको हत्या होइन, यो सम्पूर्ण मानव अधिकार र धार्मिक स्वतन्त्रतामाथिको हमला हो। बंगलादेश सरकारले अल्पसंख्यकहरूको सुरक्षा गर्न असफल भएको स्पष्ट देखिन्छ।”

प्रदर्शनको नेतृत्व गरेका जिल्ला अध्यक्ष हेमन्त सिंहले भने, “हामी शान्तिपूर्ण आन्दोलनमार्फत बंगलादेश सरकारलाई अल्पसंख्यकको जीवन र सुरक्षाको ग्यारेन्टी गर्न दबाब दिन चाहन्छौं। यस्ता घटनाको अन्त्य नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ।” राष्ट्रिय एकता अभियानले बंगलादेश सरकारसँग दोषीमाथि कडा कारबाही गर्न, अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न तथा मानवअधिकारको सम्मान गर्न माग गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

महोत्तरीबाट मिथिला परिक्रमाको यात्रा – सातौंदेखि नवौं दिनको यात्रा र धार्मिक महत्व
महोत्तरीबाट मिथिला परिक्रमाको यात्रा – सातौंदेखि नवौं दिनको यात्रा र धार्मिक महत्व
धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार रास्वपा प्रवेश
धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार रास्वपा प्रवेश
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
तनहुँको फोहोरमैला प्रशोधन केन्द्रमा तीन जनाको बीभत्स हत्या
सिरहामा प्रहरीले ४० ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ
सिरहामा प्रहरीले ४० ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ
इरानको आक्रमणमा परेर कतारमा १६ जना घाइते
इरानको आक्रमणमा परेर कतारमा १६ जना घाइते
बिहानैदेखि शहीद घोषणा र न्यायको माग: जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवार र पीडितहरूको आवाज
बिहानैदेखि शहीद घोषणा र न्यायको माग: जेनजी आन्दोलनमा मृत्यु भएकाका परिवार र पीडितहरूको आवाज
एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु, परिणाम २४ घण्टाभित्र सार्वजनिक
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु, परिणाम २४ घण्टाभित्र सार्वजनिक
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
मधेसमा मुख्यमन्त्री नियुक्ति विरोधमा प्रमुख कार्यालय तोडफोड, नेताकार्यकर्ताको नारावाजी
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
भारत-नेपाल सहकार्य: जनकपुरमा प्रविधि र स्टार्टअप सहयोगको गोलमेज बैठक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?