singel post top banner

जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
365 Views
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या, ५ जना नियन्त्रणमा।
समाचार सारांश
  • मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदी नारायण कुमालको पूर्वी नवलपरासीको गैँडाकोटमा हत्या गरिएको छ।
  • शुक्रवार राति ५ देखि ८ जनासम्म मिलेर २८ वर्षीय कुमाललाई धारिलो हतियार प्रयोग गरी प्रहार गरी हत्या गरिएको हो।

मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदी नारायण कुमालको पूर्वी नवलपरासीको गैँडाकोटमा हत्या गरिएको छ। शुक्रवार राति ५ देखि ८ जनासम्म मिलेर २८ वर्षीय कुमाललाई धारिलो हतियार प्रयोग गरी प्रहार गरी हत्या गरिएको हो।

एसपी युवराज खड्काका अनुसार, मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन्। घटनास्थल इँट्टाभट्टा नजिक रहेको गैँडाकोटमा भएको हो। हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

कुमाल भदौ २४ मा कारागारबाट भागेका थिए। यसअघि, उनी २०७४ साउन ३ मा पक्राउ परेका थिए र बलात्कारको आरोपमा अदालतले उनलाई १० वर्ष कैद र ३५ हजार जरिवाना तोकेको थियो।

प्रहरीका अनुसार, उनी जेनजी प्रदर्शनको क्रममा फरार भएका थिए। प्रहरीले अहिले घटनाको विस्तृत अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको तयारी गरिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अस्ट्रेलियामा महिला सांसदलाई सदन प्रवेशमा प्रतिबन्ध, बुर्का लगाएर सदन जानेविरुद्ध विवाद
अस्ट्रेलियामा महिला सांसदलाई सदन प्रवेशमा प्रतिबन्ध, बुर्का लगाएर सदन जानेविरुद्ध विवाद
नसर्ने रोगको पहिचान र उपचारका लागि व्यापक स्वास्थ्य अभियान सञ्चालन
नसर्ने रोगको पहिचान र उपचारका लागि व्यापक स्वास्थ्य अभियान सञ्चालन
Oli, Deuba and Prachanda holding crucial meeting today
Oli, Deuba and Prachanda holding crucial meeting today
म्याग्दीमा विपद्पछिको पुनःस्थापनामा जुटे स्थानीय: सडक, विद्युत् र बस्ती मर्मतमा जनश्रमदान
म्याग्दीमा विपद्पछिको पुनःस्थापनामा जुटे स्थानीय: सडक, विद्युत् र बस्ती मर्मतमा जनश्रमदान
नेकपा एमालेका नेता र कार्यकर्ताको धर्ना: मुख्यमन्त्री यादवलाई काम गर्न दिनको माग
नेकपा एमालेका नेता र कार्यकर्ताको धर्ना: मुख्यमन्त्री यादवलाई काम गर्न दिनको माग
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
अख्तियारद्वारा सर्लाहीमा ७ लाख ५० हजार घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
प्रधानमन्त्रीको स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्ति, सांसद सागर ढकालको कडा आलोचना
प्रधानमन्त्रीको स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नियुक्ति, सांसद सागर ढकालको कडा आलोचना
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
प्रतिनिधि सभा निर्वाचनका लागि बन्दसूची बुझाउने दलहरूको संख्या ४ पुगे
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
singel sidbar banner
singel sidbar banner 2