singel post top banner

दमकमा एमालेको ठूलो आन्तरिक विभाजन: युवा संघको पदाधिकारी टोली नै बालेन शाहको समर्थनमा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, माघ ७, २०८२
142 Views
दमकमा एमालेको ठूलो आन्तरिक विभाजन: युवा संघको पदाधिकारी टोली नै बालेन शाहको समर्थनमा
समाचार सारांश
  • दमक ।
  • दमकमा नेकपा एमालेको आन्तरिक माहोलमा ठूलो परिवर्तन आएको छ।

दमक । दमकमा नेकपा एमालेको आन्तरिक माहोलमा ठूलो परिवर्तन आएको छ। एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र र गृहनगर दमकमा पार्टीलाई एकपछि अर्को गर्दै ठूलो झट्का लागेको हो। एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका अध्यक्ष र सचिवले पार्टी छाडेका छन्। यस्तै, उपाध्यक्ष विजय तामाङले पनि पार्टी र पदबाट परित्याग गर्ने घोषणा गरेका छन्।

नगर कमिटीका अध्यक्ष छवि खतिवडा र सचिव कमलप्रसाद गैरेले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने निर्णय गरेका थिए। यसपछि उपाध्यक्ष विजय तामाङले पनि सोही बाटो रोजेका हुन। तीनै जना प्रभावशाली पदाधिकारीको एकैपटक पार्टी छोड्ने निर्णयले दमकमा एमालेको ‘लाल किल्ला’ भनिने परम्परागत शक्ति कमजोर हुन थालेको देखिएको छ।

अध्यक्ष खतिवडाले एमालेको सदस्यता समेत नरहने गरी राजीनामा दिएर झापा क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने घोषणा गरेका थिए। उनले परिवर्तन र समयको मागलाई आत्मसात् गर्दै बालेनको चुनावी अभियानमा लाग्न आफूलाई प्रतिबद्ध भएको बताए। यसैगरी, सचिव गैरेले सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा एमालेको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थिए।

अब उपाध्यक्ष विजय तामाङ पनि सोही समूहमा मिसिएपछि दमकमा एमाले निकट युवाहरु स्वतन्त्र अभियानतर्फ आकर्षित हुँदैछन्। ओलीको आफ्नै गृहनगर र निर्वाचन क्षेत्रमा युवा सङ्घको नेतृत्व तह नै पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारको साथ दिनलाई स्थानीय राजनीतिमा महत्वपूर्ण परिवर्तनका रुपमा हेरिएको छ। परम्परागत पार्टी कार्यशैलीप्रति असन्तुष्ट युवा नेताहरुले ‘परिवर्तनका लागि स्वतन्त्र राजनीति’ भन्ने नाराका साथ बालेन शाहलाई समर्थन गर्न थालेपछि दमक एमालेभित्र ठूलो हलचल मच्चिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ
कैलालीबाट लागुऔषध खैरो हेरोइनसहित आठ जना पक्राउ
रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए
रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
गृह मन्त्रालयले महाअभियानका राजनीतिक माग पूरा गर्न पार्टी दर्ता र निर्वाचनमा सहभागी हुन सुझायो
काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
काठमाडौंमा जेन–जी आन्दोलनपछि गठन भएको सरकार र नयाँ प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा चुनौतीहरू र कार्ययोजनाको थप विवरण
भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
जेनजी आन्दोलनका क्रममा ११ जिल्ला र ७ इलाका प्रशासन कार्यालयमा क्षति, अनुमानित क्षति ३८ करोड ८० लाख रुपैयाँ
जेनजी आन्दोलनका क्रममा ११ जिल्ला र ७ इलाका प्रशासन कार्यालयमा क्षति, अनुमानित क्षति ३८ करोड ८० लाख रुपैयाँ
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
माई मार्टले अनलाइन किनमेल र द्रुत डेलिभरी सेवा सुरु, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै
विराटनगर सुनसरी र इटहरीमा विद्युत् स्कोरपिओ दुर्घटना, दुईको मृत्यु, एक घाइते
विराटनगर सुनसरी र इटहरीमा विद्युत् स्कोरपिओ दुर्घटना, दुईको मृत्यु, एक घाइते
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?