singel post top banner

मालवस्तु ढुवानीमा शुल्क नलाग्ने, सरकारको नयाँ आदेश जारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, पौष २, २०८२
276 Views
मालवस्तु ढुवानीमा शुल्क नलाग्ने, सरकारको नयाँ आदेश जारी
समाचार सारांश
  • काठमाडौँ — नेपाल सरकारको अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि विशिष्ट मार्ग प्रयोग गर्दा कुनै पनि प्रकारको शुल्क नउठाउने र नलाग्ने व्यवस्था गरेको छ।
  • यस सम्बन्धमा मन्त्रालयले प्रदेश र स्थानीय तहलाई औपचारिक निर्देशन जारी गरेको हो।

काठमाडौँ — नेपाल सरकारको अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि विशिष्ट मार्ग प्रयोग गर्दा कुनै पनि प्रकारको शुल्क नउठाउने र नलाग्ने व्यवस्था गरेको छ। यस सम्बन्धमा मन्त्रालयले प्रदेश र स्थानीय तहलाई औपचारिक निर्देशन जारी गरेको हो।

मन्त्रालयले प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत र स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परिपत्र गरी यस निर्णयको जानकारी गराएको हो। परिपत्रमा उल्लेख गरिएको छ कि, स्थानीय कृषक, व्यवसायी र व्यवसायिक संस्थाहरूलाई आर्थिक बोझ नपरोस् र व्यापारिक प्रकृयामा अवरोध नआओस् भनेर कुनै पनि कर, शुल्क वा अन्य असुली नगर्न भनिएको छ।

मन्त्रालयले स्पष्ट गरेको छ कि, संविधान र प्रचलित कानुनको विपरीत कुनै पनि कर, शुल्क वा दस्तुर असुल गर्न सकिँदैन। यदि कुनै स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट मालवस्तु ल्याउने क्रममा कर वा शुल्क असुल्ने प्रयास गरेमा त्यो कानुनी रूपमा अमान्य हुनेछ। यसले गर्दा व्यवसायी र कृषकहरूले थप आर्थिक भार नपाउने सुनिश्चितता मिलेको हो।

मन्त्रालयले यस निर्णयलाई गत मङ्सिर २३ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा कार्यान्वयनमा ल्याइएको हो। यस निर्णयको उद्देश्य मालवस्तुको सहज र प्रभावकारी ढुवानीलाई प्रवर्द्धन गर्न र स्थानीय व्यवसायीक तथा कृषकहरूको आर्थिक हित संरक्षण गर्न हो।

अर्थ मन्त्रालयले थप जानकारी दिए अनुसार, केही स्थानीय तहले अन्य तहबाट आएको कृषि उपजमाथि कर, शुल्क र असुली गरेको रिपोर्ट आएपछि यस निर्णयलाई लागू गरिएको हो। यसले गर्दा आगामी दिनमा मालवस्तु ढुवानीको क्रममा कुनै प्रकारको कर तथा शुल्क असुली हुन नपर्ने व्यवस्था भएको छ।

सरकारको यस कदमले व्यापार र कृषिमा सहजता ल्याउने अपेक्षा गरिएको छ। साथै, यसले स्थानीय तह र प्रदेश सरकारलाई कानुनी दायराभित्र रहदै सहकार्य गर्न उत्प्रेरित गर्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड
विराटनगरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न, मैथिली भाषा संरक्षण र विकासमा जोड
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा
डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
हुम्ला र भोजपुरबाहेक ७५ जिल्लामा घरदैलोमै राहदानी सेवा सुरु: मन्त्री पोखरेल
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईँसँग छलफल गरी मंसिर ७ गतेको आन्दोलनको स्वरूप र तयारीका बारेमा जानकारी प्राप्त
राष्ट्रिय मानव अधिकार आयोगले दुर्गा प्रसाईँसँग छलफल गरी मंसिर ७ गतेको आन्दोलनको स्वरूप र तयारीका बारेमा जानकारी प्राप्त
विराटनगर विमानस्थलबाट १८.४८ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
विराटनगर विमानस्थलबाट १८.४८ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ
कीर्तिपुरबाट करोडौंको आर्थिक कारोबारमा संलग्न आरोपित पक्राउ
कीर्तिपुरबाट करोडौंको आर्थिक कारोबारमा संलग्न आरोपित पक्राउ
जन सुराज पार्टीका अध्यक्ष उदय सिंहको प्रशान्त किशोरको राजीनामाको बयान र बिहार चुनाव परिणाममा प्रतिक्रिया
जन सुराज पार्टीका अध्यक्ष उदय सिंहको प्रशान्त किशोरको राजीनामाको बयान र बिहार चुनाव परिणाममा प्रतिक्रिया
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?