singel post top banner

जनकपुरधाममा सञ्चार क्षेत्रको व्यवस्थितिकरण र जिम्मेवारिता: कार्यविधि निर्माणका लागि छलफल सम्पन्न

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आषाढ १, २०८३
72 Views
जनकपुरधाममा सञ्चार क्षेत्रको व्यवस्थितिकरण र जिम्मेवारिता: कार्यविधि निर्माणका लागि छलफल सम्पन्न
समाचार सारांश
  • जनकपुरधाम — आमसञ्चार प्राधिकरण मधेश प्रदेशले सञ्चार क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र व्यवसायिक बनाउने उद्देश्यले सरोकारवालासँग कार्यविधि सम्बन्धी विस्तृत छलफल गरेको छ।
  • यस कार्यक्रमले प्रदेशभरिका पत्रकार, सञ्चार विज्ञ र सम्बन्धित निकायका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउँदै, सञ्चार क्षेत्रको समग्र विकास र दिगोपनका लागि आवश्यक कदमहरूलाई गति दिन लागेको हो।

जनकपुरधाम — आमसञ्चार प्राधिकरण मधेश प्रदेशले सञ्चार क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र व्यवसायिक बनाउने उद्देश्यले सरोकारवालासँग कार्यविधि सम्बन्धी विस्तृत छलफल गरेको छ। यस कार्यक्रमले प्रदेशभरिका पत्रकार, सञ्चार विज्ञ र सम्बन्धित निकायका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउँदै, सञ्चार क्षेत्रको समग्र विकास र दिगोपनका लागि आवश्यक कदमहरूलाई गति दिन लागेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले सञ्चारमाध्यमलाई थप जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी बनाउने उद्देश्यले स्पष्ट कार्यविधिको आवश्यकतालाई जोड दिए। मन्त्री महतोले भने, “सञ्चार क्षेत्रलाई नियमन गर्ने नाममा नियन्त्रण होइन, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले कार्यविधि तयार पारिएको हो। प्रदेश सरकारले प्रेस स्वतन्त्रताको संरक्षण गर्दै, व्यावसायिक पत्रकारिता र पत्रकारहरूको हकहित संरक्षण गर्न प्रतिबद्धता व्यक्त गरेको छ।”

कार्यक्रममा सहभागी हुँदै आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडकाले वर्तमान अवस्था, डिजिटल माध्यमको विस्तार र प्रविधिको बदलिँदो परिदृश्यलाई ध्यानमा राखेर कार्यविधि तयार पारिने बताए। उनले सरोकारवालाको सुझावलाई उच्च प्राथमिकता दिइने र सुझावहरूको समावेशी प्रकृयाबाट कार्यविधि तयार हुने जानकारी दिए।

नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारको पेशागत स्वतन्त्रता र संवैधानिक अधिकारलाई केन्द्रमा राख्दै कार्यविधि निर्माण गर्न आवश्यक रहेको बताए। उनले भने, “सञ्चार क्षेत्रको विकासका लागि राज्य र पत्रकारबीच सहकार्य आवश्यक छ, जसले गर्दा दुवै पक्षको हित सन्तुलित रुपमा सुनिश्चित गर्न सकिन्छ।”

महासंघका केन्द्रीय सदस्य राजेश कर्णले प्रदेशस्तरमा सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न खोजिएको प्रयासलाई सकारात्मक देखाउँदै, कार्यविधि व्यवहारिक र कार्यान्वयनयोग्य हुनुपर्नेमा जोड दिए। उनले पत्रकारको क्षमता अभिवृद्धि, श्रम अधिकार, र सञ्चार संस्थाको दिगोपनालाई प्राथमिकता दिन सुझाव दिए।

यसैबीच, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले पत्रकारिताको बदलिँदो परिवेशलाई मध्यनजर गर्दै नीति निर्माण आवश्यक भएको औंल्याए। उनले भने, “मिडिया काउन्सिलको कार्यवाहक अध्यक्ष बन्दना झालेले पत्रकारिताको विश्वसनीयता कायम राख्न आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औंल्याएका छन्।”

कार्यक्रममा धनुषाका अध्यक्ष पुरन गुप्ता, सप्तरी अध्यक्ष श्रवण देव, सिरहा अध्यक्ष मनोज मोरबैता, महोत्तरी अध्यक्ष महेश दास, सर्लाही अध्यक्ष ओमप्रकाश ठाकुर, रौतहटका अध्यक्ष सञ्जय कार्की, बारा अध्यक्ष रमेश सुवेदी र पर्सा शाखाका पूर्वअध्यक्ष दिपेन्द्र चौहानलगायतले पत्रकारिता क्षेत्रका समस्या, चुनौती र सम्भावित समाधानबारे सुझाव प्रस्तुत गरेका थिए।

सहभागीहरूले विशेषगरी पत्रकारको पेशागत सुरक्षा, सञ्चार संस्थाको आर्थिक सुदृढीकरण, डिजिटल पत्रकारिताको व्यवस्थापन, फेक न्युज नियन्त्रण, पत्रकार कल्याण कोषको प्रभावकारी सञ्चालन तथा स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन जस्ता विषयलाई कार्यविधिमा समेट्न आग्रह गरेका थिए। यस छलफलले प्रदेशभरिका सञ्चारकर्मी र सञ्चार संस्थाका लागि नीति निर्माण र कार्यान्वयनको दिशामा सार्थक कदम हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु
पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिन्डर विस्फोट: ८ जनाको मृत्यु
कीर्तिपुरमा कार आगलागीबाट एक पुरुषको मृत्यु; शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो
कीर्तिपुरमा कार आगलागीबाट एक पुरुषको मृत्यु; शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापनाका लागि छलफल
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, बाढीपीडित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापनाका लागि छलफल
पूर्वी नवलपरासी र चितवनमा निरन्तर वर्षाका कारण बाढी, बस्ती डुबानमा, उद्धार कार्य जारी
पूर्वी नवलपरासी र चितवनमा निरन्तर वर्षाका कारण बाढी, बस्ती डुबानमा, उद्धार कार्य जारी
विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विष्णुपुर गाउँपालिका का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
कमला पुल निर्माण १४ वर्षपछि पनि पूरा हुन सकेन; चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
कमला पुल निर्माण १४ वर्षपछि पनि पूरा हुन सकेन; चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
नेपाल-भारत सम्बन्धमा नयाँ उचाइ: भारतले प्रदान गरेको बेली ब्रिजको हस्तान्तरण
नेपाल-भारत सम्बन्धमा नयाँ उचाइ: भारतले प्रदान गरेको बेली ब्रिजको हस्तान्तरण
युक्रेन युद्ध पनि अन्त्य हुने संकेत, ट्रम्प-पुटिन-जेलेन्स्की त्रिपक्षीय वार्ताको बाटो खुल्यो
युक्रेन युद्ध पनि अन्त्य हुने संकेत, ट्रम्प-पुटिन-जेलेन्स्की त्रिपक्षीय वार्ताको बाटो खुल्यो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?