singel post top banner

रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक २३, २०८२
255 Views
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
समाचार सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवार घोषणा गरेको छ।
  • पार्टीले यसबारे विस्तारित बैठकको निर्णय अनुसार उम्मेदवारहरूलाई आह्वान गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवार घोषणा गरेको छ। पार्टीले यसबारे विस्तारित बैठकको निर्णय अनुसार उम्मेदवारहरूलाई आह्वान गरेको हो।

चितवनको सौराहामा दुई दिनसम्म जारी रहेको सो बैठकले समानुपातिक प्रणालीतर्फ उम्मेदवार बन्न चाहने इच्छुक व्यक्तिहरूलाई आजैदेखि आवेदन दिन भनिएको छ। पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवारी छनोटको रूपरेखामा आधारित रहेर उम्मेदवारहरूलाई आह्वान गरिएको जानकारी पार्टीका प्रवक्ता मनिष झालेले जानकारी दिए।

रास्वपाले उम्मेदवारीको लागि पाँच बुँदे सर्तहरू तोकेको छ। यी बुँदामा पदको दुरुपयोग नगरेको, आफैँले शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गरेको, वैवाहिक अवस्थाको स्पष्टता रहेको, सार्वजनिक रूपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुव्र्यवहार, धम्की, जात, लिंग आधारमा अपमान या कमजोर समूहको शोषण नगरेको तथा आफ्ना परिवार वा घरका सदस्यहरूले आफ्ना आधारभूत आवश्यकताहरू प्रतिनिधिसभा सदस्य हुँदा पनि स्थिर रूपमा पूरा गर्न सक्ने गरी नियमित र पारदर्शी आम्दानी स्रोतको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।

अर्को मुख्य कुरा भनेको यस पटक पार्टीले समानुपातिकको बन्द सूचीमा जेनजी स्प्रिटको प्रतिनिधित्व गर्दै २५ देखि ४० वर्षमुनिका युवाहरूलाई प्राथमिकता दिएको हो। साथै, प्रवासबाट फर्किएका नेपालीहरूलाई पनि समानुपातिकमा १००% प्रतिनिधित्व सुनिश्चित गराइएको छ भन्ने जानकारी प्रदान गरिएको छ।

थप रूपमा, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट उम्मेदवार बनेका पार्टी सदस्यहरूले फागुन २१ को निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ। यसले पार्टी भित्रको प्रतिस्पर्धालाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य राखिएको हो।

यस निर्णयले पार्टी भित्र युवा र प्रवासी नेपालीहरूलाई अवसर प्रदान गर्न र समानुपातिक प्रणालीको प्रभावकारी प्रयोग गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इरान-अमेरिका तनाव : स्ट्रेट अफ होर्मुज बन्द, आक्रमण र मिसाइल प्रहार निरन्तर, युद्धविराम संकटमा
इरान-अमेरिका तनाव : स्ट्रेट अफ होर्मुज बन्द, आक्रमण र मिसाइल प्रहार निरन्तर, युद्धविराम संकटमा
वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
नेपाल बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक: स्वास्थ्य, शिक्षादेखि ऊर्जा र संचारसम्मको महत्वपूर्ण तथ्याङ्क
नेपाल बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक: स्वास्थ्य, शिक्षादेखि ऊर्जा र संचारसम्मको महत्वपूर्ण तथ्याङ्क
मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा सहित दुई व्यक्ति र मोटरसाइकल नियन्त्रणमा
महोत्तरीमा ठूलो मात्रामा अवैध गाँजा सहित दुई व्यक्ति र मोटरसाइकल नियन्त्रणमा
प्रधानमन्त्री कार्कीको पहल: स्वास्थ्य बीमाका समस्या समाधानका लागि छलफल
प्रधानमन्त्री कार्कीको पहल: स्वास्थ्य बीमाका समस्या समाधानका लागि छलफल
तनहुँको शुक्लागण्डकीमा मंसिर १२ गते नेपथ्यको कन्सर्ट, आम्दानी शिक्षा क्षेत्रमा खर्च गरिने
तनहुँको शुक्लागण्डकीमा मंसिर १२ गते नेपथ्यको कन्सर्ट, आम्दानी शिक्षा क्षेत्रमा खर्च गरिने
नेपाल क्रिकेटमा नयाँ इतिहासको शुरुआत: सिटमा बसेर फ्लडलाइटमुनि डे-नाइट म्याच सुरु
नेपाल क्रिकेटमा नयाँ इतिहासको शुरुआत: सिटमा बसेर फ्लडलाइटमुनि डे-नाइट म्याच सुरु
अमेरिकाको ह्वाइट हाउसले ट्रम्प टिभी लन्च गरे, २४ घण्टा ट्रम्प सम्बन्धित सामग्री प्रसारण
अमेरिकाको ह्वाइट हाउसले ट्रम्प टिभी लन्च गरे, २४ घण्टा ट्रम्प सम्बन्धित सामग्री प्रसारण
singel sidbar banner
singel sidbar banner 2