singel post top banner

शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शुक्रबार, बैशाख ५, २०८२
291 Views
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
समाचार सारांश
  • काठमाडौं, बैशाख ५ ।
  • शिक्षक महासंघले दुई सातादेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिने भएको छ।

काठमाडौं, बैशाख ५ । शिक्षक महासंघले दुई सातादेखि काठमाडौंमा गर्दै आएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिने भएको छ।महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले दिउँसो १२ बजे माइतीघरमा भेला भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन्।

बिहीबारको सहभागिता उत्साहजनक रहेको भन्दै उनले यसले आन्दोलनका लागि थप ऊर्जा मिलेको बताए। उनले शिक्षक आन्दोलनलाई उग्रता र भड्काउबाट बचाउनुपर्नेमा जोड दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, ‘हामी विजयोन्मुख छौं। यो घडीमा हामीले झन् अनुशाासित, मर्यादित र संयमित हुनु जरुरी छ। आन्दोलन उग्रतामा परिणत भयो भने त्यसले सबभन्दा पहिले आन्दोलनलाई नै खान्छ।’

उनले सबैलाई आन्दोलनमा जुट्न आह्वानसमेत गरेका छन्। ‘हामी चार लाख शिक्षक-कर्मचारी र हामीले उठाउने आन्दोलन मात्र हाम्रो हो। यो सत्यलाई मनन गरौं। त्यसैले अनुशासित, संयमित र मर्यादित भएर आन्दोलनमा जुटौं’, उनले थप लेखेका छन्। शिक्षक आन्दोलनले काठमाडौंको माइतीघर बानेश्वर सडकखण्ड दिनभर अस्तव्यस्त हुँदै आएको छ।

उनले केही दिन धैर्यता गरेमो उपलब्धि प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। ‘अरु केही दिन धैर्य र मर्यादित भएर लागौं। हाम्रो विजय सुनिश्चित छ’, उनले भनेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
बारामा आतंक मच्चाउँदै आएको वयस्क जङ्गली हात्तीलाई नियन्त्रण गर्न विज्ञ टोलीको कठिन प्रयास
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
राष्ट्र बैंकको स्वायत्तता र बोर्ड संरचनामा नयाँ बहस: अर्थमन्त्री वाग्लेले सचिव हटाउन अस्वीकार
वडाध्यक्ष र पत्रकारबीच झडप, प्रहरी नियन्त्रणमा लिइएको पत्रकार ऐश्वर्या कुँवर
वडाध्यक्ष र पत्रकारबीच झडप, प्रहरी नियन्त्रणमा लिइएको पत्रकार ऐश्वर्या कुँवर
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
मधेसमा रास्वपा नेताहरूको असन्तुष्टि र सांसद पुरुषोत्तम यादवको अभिव्यक्ति: राजनीतिक उकुसमुकुसको संकेत
मधेसमा रास्वपा नेताहरूको असन्तुष्टि र सांसद पुरुषोत्तम यादवको अभिव्यक्ति: राजनीतिक उकुसमुकुसको संकेत
म्याग्दीको धवलागिरि गाउँपालिकाको झिनडाँडामा निर्माण सामग्रीको कमजोरी र भ्रष्टाचारको उजागर
म्याग्दीको धवलागिरि गाउँपालिकाको झिनडाँडामा निर्माण सामग्रीको कमजोरी र भ्रष्टाचारको उजागर
गोङ्गबुमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि मेला सम्पन्न
गोङ्गबुमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि मेला सम्पन्न
सर्लाही र सिराहामा आगलागी, करोडौंको क्षति, प्रहरीको अनुसन्धान सुरु
सर्लाही र सिराहामा आगलागी, करोडौंको क्षति, प्रहरीको अनुसन्धान सुरु
उदयपुरमा १९९ किलोग्राम गाँजासहित टिपर चालक पक्राउ
उदयपुरमा १९९ किलोग्राम गाँजासहित टिपर चालक पक्राउ
जेनजी आन्दोलनमा प्रहरी हत्याका मुख्य आरोपीहरूसहित पाँचजनालाई थप पक्राउ, मुख्यमन्त्रीको निर्देशनमा अनुसन्धान जारी
जेनजी आन्दोलनमा प्रहरी हत्याका मुख्य आरोपीहरूसहित पाँचजनालाई थप पक्राउ, मुख्यमन्त्रीको निर्देशनमा अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?