singel post top banner

देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जना पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन २४, २०८३
39 Views
देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जना पक्राउ
समाचार सारांश
  • काठमाडौँ ।
  • नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ।

काठमाडौँ । नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट ३२ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन र ३० हजार रुपैयाँसहित आठ जनालाई तथा सुन्धाराबाट एक जनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका–१ स्थित भन्सार टोल र ललितपुर महानगरपालिका–२८, हरिसिद्धिस्थित तफाखल पार्कबाट पनि एक–एक जना पक्राउ परेका छन्। उदयपुरको बेलका नगरपालिका–१, आम्बासीबाट पाँच किलोग्राम गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

त्यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–५, रानीजरुवा र नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६, टाँगिकोटबाट एक–एक जना पक्राउ परेका छन्। झापाको दमक नगरपालिका–७ बाट चार जना र मोरङको कानेपोखरी गाउँपालिका–६, बरगाछी चोकबाट एक जना पक्राउ परेका छन्।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१, लोकन्थलीबाट ट्रामाडोलका एक हजार ६१० ट्याब्लेट, नाइट्राभेटका २६ ट्याब्लेट र ६७ हजार ४०० रुपैयाँसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बाँकेको डुडुवा गाउँपालिका–१, पिपरहवाबाट १० किलोग्राम गाँजासहित स्थानीय रामनरेश कुर्मी पक्राउ परेका छन्।

कास्कीको पोखरा महानगरपालिका–९, महेन्द्रपुलबाट एक जना र कैलालीको टीकापुर नगरपालिका–१, बनगाउँबाट दुई जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बाँकेमाआधा केजीभन्दा बढी परिमाणको खैरो हेरोइनसहित दुई पक्राउ
बाँकेमाआधा केजीभन्दा बढी परिमाणको खैरो हेरोइनसहित दुई पक्राउ
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
छठपर्वको दोस्रो दिन आज खरना विधि गरि श्रद्धासाथ मनाइदै।
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
रत्ननगरमा गैंडाको आक्रमणबाट दुईजना घाइते
मध्य प्रदेशको बाँदा क्षेत्रमा विषद्र्त मदिरा सेवनले मृत्यु र बिरामीको बढ्दो संख्या
मध्य प्रदेशको बाँदा क्षेत्रमा विषद्र्त मदिरा सेवनले मृत्यु र बिरामीको बढ्दो संख्या
बैतडी सुर्नया गाउँपालिकामा तीन हप्ता लामो तालाबन्दी, जेनजी समूहका माग पूरा गर्नुपर्ने दबाव
बैतडी सुर्नया गाउँपालिकामा तीन हप्ता लामो तालाबन्दी, जेनजी समूहका माग पूरा गर्नुपर्ने दबाव
रास्वपा र सरकारका सांसदबीच असमझदारी: रवि लामिछाने नेतृत्वमा बैठक बस्ने तयारी
रास्वपा र सरकारका सांसदबीच असमझदारी: रवि लामिछाने नेतृत्वमा बैठक बस्ने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले जनकपुरधाममा परिवर्तन उदघोष सभा आज सम्बोधन गर्दै
नेपालमा डीएनए परीक्षण र डेटाबेसको लागि तत्काल कानुनी व्यवस्था आवश्यक
नेपालमा डीएनए परीक्षण र डेटाबेसको लागि तत्काल कानुनी व्यवस्था आवश्यक
काठमाडौँसहित विभिन्न स्थानमा पाँच व्यक्तिहरुको मृत्यु, प्रहरीको अनुसन्धान जारी
काठमाडौँसहित विभिन्न स्थानमा पाँच व्यक्तिहरुको मृत्यु, प्रहरीको अनुसन्धान जारी
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
बुटवल–नारायणगढ सडक अवरुद्ध, वर्षाका कारण ट्रक फसेर यातायात प्रभावित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?