singel post top banner

ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक ९, २०८२
191 Views
ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।
समाचार सारांश
  • ढल्केवर- धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न भएको छ।
  • धनुषा जिल्ला हक्की संघको आयोजना, मिथिला युवा सञ्जाल ढल्केबरको सहयोग र गोल्डेन त्रिदेवी सेकुरिटी सर्भिस एण्ड सप्लायर्स प्राईभेट लिमिटेड को प्रायोजक मा पुरुष र महिला मैत्रीपूर्ण एकदिवसीय हक्की प्रतियोगिता भएको छ।

ढल्केवर- धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न भएको छ।

धनुषा जिल्ला हक्की संघको आयोजना, मिथिला युवा सञ्जाल ढल्केबरको सहयोग र गोल्डेन त्रिदेवी सेकुरिटी सर्भिस एण्ड सप्लायर्स प्राईभेट लिमिटेड को प्रायोजक मा पुरुष र महिला मैत्रीपूर्ण एकदिवसीय हक्की प्रतियोगिता भएको छ।

धनुषा जिल्ला हक्की संघका अध्यक्ष ई.मनिष सिंहको अध्यक्षतामा भएको सो प्रतियोगितामा पुरुष र महिला तर्फ जनता माध्यमिक विद्यालय नक्टाझिज प्रथम र जनता बाल क्लब दोस्रो स्थान प्राप्त गरेको कुरा प्रतियोगिताका संयोजक अरुण कुमार महतोले बताउनुभएको छ । प्रतियोगितामा प्रथम र दोस्रो विजेता समुहलाई प्रमाण पत्र दिएर सम्मान गरेका थिए भने प्रतियोगिताको एमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट को अवार्ड बाट साजन कुमारी महतो र राजविर यादवलाई मोडेल र प्रमाणपत्र दिएर सम्मान गरेका थिए।

“खेलमा स-साना विधार्थीहरु सक्रियताका साथ लागेको देखेर आफू एकदमै उत्साहित भएको” कार्यक्रमका प्रमुख अतिथि गोल्डेन त्रिदेवी सेकुरिटी सर्भिस एण्ड सप्लायर्स प्राईभेट लिमिटेड का सञ्चालक मुन्ना सिंहले बताउनुभयो । उहाँका अनुसार खेल राष्ट्रका लागि गौरवको विषय भएको र स्थानिय खेलहरूमा आफु सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। सञ्चालक सिंहले सोही खेलको अवसर पारेर खेलाडीहरुलाई ४८ सेट खेलाडी ड्रेस उपलब्ध गराउनुको थियो ‌ ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा मिथिला युवा सञ्जाल का उपाध्यक्ष बिबेक ठाकुर,सचिव भोला साह , ईलाका प्रहरी कार्यालय ढल्केवरका ईन्सपेक्टर लक्ष्मण केसी, हिमालय युवा क्लव का अध्यक्ष विजय सिंह, समाजसेवी रामविलास महतो , हक्की प्रशिक्षक रविन्द्र सिंह, श्याम बाबु नायक लगायतका स्थानिय वासीहरुको उपस्थित थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनगढीमा एमाले युवा सङ्घ र जेनजी बीच झडप, सरिता जोशी घाइते
धनगढीमा एमाले युवा सङ्घ र जेनजी बीच झडप, सरिता जोशी घाइते
महोत्तरीमा मोटरसाइकल टक्करपछि आगलागी, तीन विद्यार्थीको मृत्यु, तीन घाइते
महोत्तरीमा मोटरसाइकल टक्करपछि आगलागी, तीन विद्यार्थीको मृत्यु, तीन घाइते
पोखरामा अवैध ट्रान्सपार्टी र लागुऔषधका साथ १२ जना विदेशी र नेपाली पक्राउ
पोखरामा अवैध ट्रान्सपार्टी र लागुऔषधका साथ १२ जना विदेशी र नेपाली पक्राउ
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछानेबीच भेटवार्ता
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रवि लामिछानेबीच भेटवार्ता
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
निर्वाचन आयोगले ‘कल सेन्टर’ सुरु, मतदाताका जिज्ञासा निःशुल्क समाधान
निर्वाचन आयोगले ‘कल सेन्टर’ सुरु, मतदाताका जिज्ञासा निःशुल्क समाधान
कञ्चनपुरमा वडासदस्य पक्राउ, अवैध लागुऔषध सहित पक्राउ परेकी रूपा जैरू
कञ्चनपुरमा वडासदस्य पक्राउ, अवैध लागुऔषध सहित पक्राउ परेकी रूपा जैरू
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
आगलागीमा रु ६० लाख बराबरको क्षति
आगलागीमा रु ६० लाख बराबरको क्षति
सान डिएगो मस्जिद आक्रमण: १७ वर्षीय किशोरीविरुद्ध अभियोग
सान डिएगो मस्जिद आक्रमण: १७ वर्षीय किशोरीविरुद्ध अभियोग
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?