बाँकेमा जुवा खेल्ने ५ जना पक्राउ, रु. २ लाख २ हजार बरामद
- काठमाडौं ।
- बांके जिल्लाको कोहलपुरमा जुवा खेल्दै गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ।
काठमाडौं । बांके जिल्लाको कोहलपुरमा जुवा खेल्दै गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–१२ का ३६ वर्षीय धनबहादुर परियार, सोही ठाउँका ३८ वर्षीय चन्द्रबहादुर बस्याल, ५६ वर्षीय बेलबहादुर डाँगी, ३६ वर्षीय राम गुरुङ र बैजनाथ गाउँपालिका–४ का ४३ वर्षीय कुलबहादुर वली रहेका छन्।
प्रहरीले कोहलपुर इलाका प्रहरी कार्यालयबाट खटिएको इन्स्पेक्टर कमल थापाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट करिब दुई लाख दुई हजार चार सय पैंतालीस रुपैयाँ नगद बरामद भएको छ।
प्रहरीले जनाएको छ कि पछिल्लो समयमा बाँके जिल्लामा जुवातास खेल्ने प्रवृत्ति बढ्दो देखिएको छ। विशेष गरी किरियापुत्री बसेको घरमा जुवा खेल्ने समूहले खोजी गरी खेल्ने प्रवृत्ति देखिएको प्रहरी अधिकारीहरूले बताएका छन्।
जुवा खेल्ने समूहले किरियापुत्री बसेको घरलाई लक्षित गरी जुवातास खेल्ने अभ्यास हुँदै आएको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय भएको हो। यस प्रकारका कार्यवाइहरूले जिल्लामा अपराध नियन्त्रण र सामाजिक सुरक्षा कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






