कांग्रेसको १५औँ महाधिवेशन: तयारीबारे जानकारी लिन महामन्त्री पौडेल खुलामञ्चमा
- काठमाडौं ।
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल १५औँ महाधिवेशनस्थल खुलामञ्च पुगेका छन्।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल १५औँ महाधिवेशनस्थल खुलामञ्च पुगेका छन्। उनले मञ्च व्यवस्थापनलगायतका तयारीबारे जानकारी लिँदै आवश्यक समन्वय गरेका हुन्।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले व्यवस्थापनको अवस्था बुझ्न र प्राविधिक त्रुटि वा समस्या भए समाधानका लागि समन्वय गर्न आएको बताए। “व्यवस्थापनबारे बुझ्न आएको हुँ। मञ्च व्यवस्थापनमा खटिएका साथीहरूलाई भेट्दै छु। प्राविधिक त्रुटि बाँकी छन् कि भनेर बुझ्न र समन्वय गर्न आएको हो,” उनले भने।
अवलोकनका क्रममा तयारी सन्तोषजनक देखिएको उल्लेख गर्दै पौडेलले कुनै समस्या देखिए सम्बन्धित पक्षसँग समन्वय गरेर समाधान गरिने बताए। कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुँदैछ। बन्दसत्र भोलि र पर्सि सोही स्थलमा सञ्चालन हुनेछ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






