च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
समाचार सारांश
- तनहुँ, चैत ५ ।
- जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ ।
तनहुँ, चैत ५ । जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए । रासस
प्रतिक्रिया
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
यो पनि पढौँ
यो पनि पढौँ
सरकारको राष्ट्रिय प्रतिबद्धता: कृषिको आत्मनिर्भरता र किसानको सामाजिक सुरक्षा सुनिश्चितता
आजको IPL T20 खेल: RCB बनाम GT पूर्ण विवरण
Massive Floods in China Trigger Reports of Snakes Emerging in Affected Areas
सौराहा चोकमा पूर्वी चितवनका पत्रकारको विरोध प्रदर्शन
अमेरिकाले पश्चिम एसियाका देशहरूमा सुरक्षा सतर्कता उच्च राख्न आग्रह
रासायनिक मल अभाव र वितरणमा बेथितिबारे कृषि मन्त्रीसँग सांसदको जवाफ माग
एमाले पुनर्गठन कार्यदलको प्रस्ताव : अध्यक्ष ओलीको विकल्प खोज्दै संगठनात्मक नयाँ बाटो
सरकारले गरिब तथा विपन्न बिरामीको लागि १० प्रतिशत शय्या निःशुल्क व्यवस्था गर्न निर्देशन
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
इलाम र पाँचथरको सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध, वर्षाका कारण लामो आवधिक यातायात सेवा प्रभावित
ट्रेन्डिङ






