singel post top banner

सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन

belwo post title ad banner
महेश सिंह महेश सिंह
बिहिबार, पौष १०, २०८२
321 Views
सिरहामा १७ वर्षीया अविना दनुवारको हत्या, प्रहरीले दोषी फेला पार्न सकेन
समाचार सारांश
  • सिरहा ।
  • सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन हप्तासम्म पनि अपराधीको पहिचान हुन सकेको छैन।

सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन हप्तासम्म पनि अपराधीको पहिचान हुन सकेको छैन। मुख्य अभियुक्तलाई पक्रन र घटनाको सत्यतथ्य खुलासा गर्न प्रहरीको प्रयास जारी रहे पनि, दोषीको खोजी अझै टुङ्गिएको छैन। यसले पीडित परिवार र स्थानीय बासिन्दामा आक्रोश थप बढाएको छ।

गत मङ्सिर २२ गते, अविनाको शव कर्जन्हा नगरपालिका–२, बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा फेला परेको थियो। शव अर्धनग्न अवस्थामा भेटिएपछि बलात्कारपछि हत्या भएको आशंका गरिएको थियो। पीडित परिवार र स्थानीय समुदायले घटनाको छिटो अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्।

अविनाको आमा दयावती दनुवारले भनिन्, “छोरी गुमाएको पीडा त छँदैछ, तर दोषीलाई अझै पनि पत्ता नलाग्नु ठूलो अन्याय हो। हाम्रो आवाज सुनेको कोही छैन, पहुँच भएकाहरूको कुरा तुरुन्तै सुनिन्छ, हामीजस्ता सामान्य परिवारको आवाज कसैले सुनिरहेका छैनन्।”

स्थानीय वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले प्रहरीको लामो ढिलाइप्रति चिन्ता व्यक्त गर्दै भने, “तीन हप्तासम्म पनि दोषीको पहिचान हुन सक्नु भएको छैन। दोषीलाई छिटो पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाउन आवश्यक छ।”

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले भने, “घटना गम्भीर प्रकृतिको भएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। प्रमाणका आधारमा मुख्य अभियुक्तसम्म पुग्ने प्रयास जारी छ। अनुसन्धान जारी छ।”

यस विषयमा स्थानीयले दोषीलाई छिटो पक्राउ गर्न र न्याय सुनिश्चित गर्नका लागि आन्दोलन समेत गरेका थिए। प्रहरीले थप अनुसन्धान र आवश्यक कदमहरू चालिरहेको जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
एमालेले विष्णु पौडेलको रिहाई र प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा माफी माग्न दबाव
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्न आवश्यक भएको बताए, बालेन सँग भेटवार्ता
देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोको उच्च जोखिम, सतर्कता आवश्यक
देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोको उच्च जोखिम, सतर्कता आवश्यक
बाँकेमा जुवा खेल्ने ५ जना पक्राउ, रु. २ लाख २ हजार बरामद
बाँकेमा जुवा खेल्ने ५ जना पक्राउ, रु. २ लाख २ हजार बरामद
काभ्रेपलाञ्चोकमा ओभरलोड टिपर सञ्चालनमा नियमन
काभ्रेपलाञ्चोकमा ओभरलोड टिपर सञ्चालनमा नियमन
भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने
भरतपुर विमानस्थलमा इन्धन रिफिलिङ सेवा सुरु, उडान र यात्रु सेवा सहज बनाउने
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
पशुपतिको विद्युतीय शवदाह गृहको मेसिन खरिदमा भ्रष्टाचार मुद्दाको पेसी स्थगित
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
वन्यजन्तु सप्ताह : मृगकुञ्जमा संरक्षणमुलक दुईवटा प्रतियोगिता
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
सिन्धुलीमा युवतीको हत्या; आगो लगाएर हत्या गर्ने मुख्य आरोपी पक्राउ
सिन्धुलीमा युवतीको हत्या; आगो लगाएर हत्या गर्ने मुख्य आरोपी पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?