singel post top banner

मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
आइतबार, चैत्र ३, २०८१
668 Views
मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
समाचार सारांश
  • तनहुँ, चैत ३ ।
  • आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ ।

तनहुँ, चैत ३ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट क्षमताभन्दा आधामात्र विद्युत् उत्पादन हुन थालेको छ । नदीमा पानीको बहाव कम हुँदा क्षमताभन्दा आधा विद्युत् उत्पादन भएको हो ।

केन्द्रबाट हाल औसतमा ३४ मेगावाट विद्युत् उत्पादन भइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रका सहायक प्रबन्धक मेकानिकल इन्जिनियर शेरमहमद हुसेनले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँ पग्लिएको छैन । मस्र्याङ्दीमा पानीको बहाव कम छ । पुसबाट विद्युत् उत्पादन घट्न थालेको छ । हिउँ पग्लिन थालेपछि बहाव बढ्दै जान्छ ।”

उक्त परियोजनामा २३–२३ मेगावाटका तीनवटा टर्बाइन रहेका छन् । केन्द्रका अनुसार साँझ र बिहानको ‘पिकआवर’मा भने पूर्ण क्षमतामा ६९ मेगावाट नै विद्युत् उत्पादन हुने गरेको छ । “साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर छोड्ने गरिएको छ”, सहायक प्रबन्धक हुसेनले बताउनुभयो ।

मर्स्याङ्दी आयोजना सन् १९८९ मा निर्माण सम्पन्न भएको हो । सो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुर र काठमाडौँको स्युचाटार स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडी वितरण हुँदै आएको छ । रासस

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
काठमाडौं महागरपालिकाको सामाजिक विकास कार्यक्रममा ३३ संघसंस्थाको आवेदन
काठमाडौं महागरपालिकाको सामाजिक विकास कार्यक्रममा ३३ संघसंस्थाको आवेदन
मिथिला माध्यमिकी परिक्रमा पर्वको तयारी सुरु, धार्मिक महत्त्व र सुरक्षा व्यवस्था
मिथिला माध्यमिकी परिक्रमा पर्वको तयारी सुरु, धार्मिक महत्त्व र सुरक्षा व्यवस्था
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
महाकवि देवकोटाको व्यक्तित्व र कृवित्वको समीक्षा
महाकवि देवकोटाको व्यक्तित्व र कृवित्वको समीक्षा
स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको कडा चेतावनी
स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल भवन निर्माणमा ढिलाइ, मन्त्री घिसिङको कडा चेतावनी
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
निर्वाचन आयोगले जनाएको, प्रतिनिधि सभा निर्वाचनमा करिब ६०% मतदान सफलतापूर्वक सम्पन्न
सप्तरीको हनुमाननगर कंकालिनीबाट ३०२ किलो गाँजा सहित व्यक्तिसहित पक्राउ
सप्तरीको हनुमाननगर कंकालिनीबाट ३०२ किलो गाँजा सहित व्यक्तिसहित पक्राउ
नेपाल बाल सङ्गठनको रकम हिनामिना मुद्दामा ३ जना पक्राउ
नेपाल बाल सङ्गठनको रकम हिनामिना मुद्दामा ३ जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
चितवन राष्ट्रिय निकुञ्जले सफलतापूर्वक उद्धार गर्यो दुर्लभ अतिसङ्कटापन्न घडियाल गोही
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?