singel post top banner

काठमाडौं महागरपालिकाको सामाजिक विकास कार्यक्रममा ३३ संघसंस्थाको आवेदन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, माघ ३, २०८२
181 Views
काठमाडौं महागरपालिकाको सामाजिक विकास कार्यक्रममा ३३ संघसंस्थाको आवेदन
समाचार सारांश
  • काठमाडौँ — काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत सामाजिक विकास विभागमा हालसम्म ३३ वटा संघसंस्थाले आवेदन दिएका छन्।
  • विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ती संघसंस्थाले ३० प्रतिशत लागत सहभागिता जनाउने गरी प्रस्ताव पेस गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिए।

काठमाडौँ — काठमाडौं महानगरपालिकाको लक्षित वर्गको कार्यक्रम सहयोगअन्तर्गत सामाजिक विकास विभागमा हालसम्म ३३ वटा संघसंस्थाले आवेदन दिएका छन्। विभागले विभिन्न मितिमा आह्वान गरेको सार्वजनिक सूचनाबाट ती संघसंस्थाले ३० प्रतिशत लागत सहभागिता जनाउने गरी प्रस्ताव पेस गरेको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिए।

गत पुस २२ गते अपाङ्गता सम्बन्धी क्षेत्रमा काम गर्ने संघसंस्थाका लागि आवेदन आह्वान गरिएको थियो। पन्ध्र दिनको अवधि रहेकोले केही संघसंस्थाले अझै आवेदन दिन बाँकी रहेको उनले बताए। यस क्षेत्रको लागि सम्बन्धित संघसंस्थाले रु २० लाखको अनुदानको प्रस्ताव गरेका छन्।

अर्का क्षेत्रहरूमा पनि कार्यक्रमहरू सञ्चालनका लागि आवेदन आह्वान भएको थियो। मङ्सिर ११ गते सार्वजनिक सूचनाका माध्यमबाट ज्येष्ठ नागरिकका लागि काम गर्ने संघसंस्थाहरूको प्रस्ताव मागिएको थियो। यस क्षेत्रमा नौ वटा संघसंस्थाले प्रस्ताव पेश गरेका छन्, जसको लागि रु २० लाख अनुदानको अपेक्षा गरिएको छ।

पुस १५ गते अटिजमसँग सम्बन्धित अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्य गर्ने संघसंस्थाका लागि सूचना प्रकाशित गरिएको थियो। यस क्षेत्रमा पनि रु २० लाख अनुदानको लागि ६ वटा संघसंस्थाले प्रस्ताव पेश गरेका छन्। त्यस्तै, १७ गते लैङ्गिक तथा यौनिक अल्सड्ख्यक (एलजीवीटीक्यूआई) का लागि सार्वजनिक सूचना प्रकाशन भएको थियो, जसमा आठ संघसंस्थाले प्रस्ताव पेश गरेका छन्।

अर्को कार्यक्रमको लागि, पुस १ गते डाउन सिन्ड्रोम, सेरेब्रल पाल्सी, मस्कुलर डिस्ट्रोफी र मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि प्रस्ताव माग गरिएको थियो। यस क्षेत्रमा रु ३० लाख बजेट विनियोजन भएको थियो र दस संघसंस्थाले प्रस्ताव पेश गरेका छन्।

समीक्षा निरौलाका अनुसार, प्रस्तावमा ३० प्रतिशत लागत संस्था नै बेहोर्ने व्यवस्था रहेको छ। यसमा कम सहयोग प्रस्ताव गर्नेले तीन लाख ५० हजार रुपैयाँ र धेरै सहयोग प्रस्ताव गर्नेले ८१ लाख रुपैयाँको आवेदन पेस गरेको छन्। प्रस्तावित रकमको आधारमा संस्था, विगतका काम र प्राप्त नतिजा, संस्थाको क्षमता, कामको प्रकृति र आवश्यकतालगायत सूचकका आधारमा सहयोग रकम निर्धारण गरिनेछ।

यस कार्यक्रमले लक्षित वर्गको आवश्यकतालाई सम्बोधन गर्न र संस्थाहरूलाई आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
सिम्रौनगढबाट १० किलो गाँजासहित दुईजना पक्राउ: भारतीय सीमा नाकामा सुरक्षा कडा
ओखलढुङ्गामा मतान्तर र मतफरको रहस्य: व्यक्तिगत र पार्टीगत प्रभावको विश्लेषण
ओखलढुङ्गामा मतान्तर र मतफरको रहस्य: व्यक्तिगत र पार्टीगत प्रभावको विश्लेषण
नेपालभर अविरल वर्षा, बाढी र पहिरोका कारण सडक मार्गहरू अवरुद्ध, यातायात प्रभावित
नेपालभर अविरल वर्षा, बाढी र पहिरोका कारण सडक मार्गहरू अवरुद्ध, यातायात प्रभावित
ट्रम्प र पुटिनबीच पहिलो पटक टेलिफोन वार्ता, ऊर्जा संकट र युक्रेन युद्धका विषयमा छलफल
ट्रम्प र पुटिनबीच पहिलो पटक टेलिफोन वार्ता, ऊर्जा संकट र युक्रेन युद्धका विषयमा छलफल
बालेन साहको मधेश आन्दोलनका शहीदलाई श्रद्धाञ्जली, सालिकमा माल्यार्पण
बालेन साहको मधेश आन्दोलनका शहीदलाई श्रद्धाञ्जली, सालिकमा माल्यार्पण
प्रधानमन्त्री कार्कीको पहल: स्वास्थ्य बीमाका समस्या समाधानका लागि छलफल
प्रधानमन्त्री कार्कीको पहल: स्वास्थ्य बीमाका समस्या समाधानका लागि छलफल
नेपाली काँग्रेसको महाधिवेशन मिति लिएर विवाद, बैठक टुङ्गो नपाए
नेपाली काँग्रेसको महाधिवेशन मिति लिएर विवाद, बैठक टुङ्गो नपाए
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
बालेन्द्र शाह काठमाडौं महानगरपालिकाबाट राजीनामा, रास्वपाबाट सांसद पदको तयारीमा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?