singel post top banner

आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, फाल्गुन २४, २०८१
878 Views
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन २४ गते शनिबार फागुन शुक्ल पक्षको नवमी तिथि।
  • तदनुसार सन् २०२५ मार्च ८ तारिख।

आज २०८१ साल फागुन २४ गते शनिबार फागुन शुक्ल पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मार्च ८ तारिख। अन्तर्राष्ट्रिय महिला दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। खर्च बढ्ने भएकाले खर्च कटौती गर्नु उचित हुनेछ। साथीको साथ मिल्नेछ।

वृष : दिन राम्रो छ। धन कमाउने अवसर प्राप्त हुनेछ। बोलीमा मात्र सुधार गरेमा योजना दीर्घकालीन बन्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए व्यवसायमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : हरेक कुरामा अवरोध हुनसक्ने जोखिम छ। एकल निर्णय घातक हुने जोखिम छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा साथीले असहयोग गर्ने भएकाले सचेत बन्नुपर्नेछ।

सिंह : आज दिन सामान्य छ। भाग्यका स्थानमा चन्द्रमा पुगेकाले बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। परिवारका लागि कर्तव्य मात्र पूरा गर्नुपर्ने समय आएको छ। साथीभाइले सहयोग गर्नेछन्।

कन्या : दिन राम्रो छ। तपाईंले गरेको श्रमको उचित मूल्यांकन हुनेछ। ठुलाले आदर गर्नेछन् भने सानाबाट सत्कार मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

तुला : शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाम र दाम दुवै प्राप्त हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ।

वृश्चिक : व्यवहारमा चुनौती बढ्नेछ। औषधी नियमित गर्न सकेमा स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको प्रयासले तपाईंलाई सचेत गराउने छ। परिवारको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

धनु : दिन सहज छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षीको आवाज शान्त भएकाले तपाईंको काम सहजै बन्नेछ। परिवारसँग घुमघामको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु उचित हुनेछ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। संकटमा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। धार्मिक कार्यमा सहभागी हुने मौका मिल्नेछ। तीर्थ यात्राको तय गरेको भए यात्रा सफल हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या हुनेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना सार्वजनिक हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बोलीमा नम्रता भए महत्त्वपूर्ण काम बन्नेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा
रास्वपा मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
कृषि मन्त्री परियारको हेटौँडा दुग्ध संस्थानको अवलोकन, बक्यौता भुक्तानी र बजार व्यवस्थामा जोड
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
राष्ट्र बैंकले मौद्रिक नीतिमा परिमार्जन– बाढीपहिरो प्रभावितका कर्जामा पुनरसंरचना
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
नारायणी अस्पताल वीरगञ्जमा भिडन्त: CCTV फुटेजबाट अराजक व्यक्तिहरूको पहिचान, कानुनी कारबाहीको माग
नारायणी अस्पताल वीरगञ्जमा भिडन्त: CCTV फुटेजबाट अराजक व्यक्तिहरूको पहिचान, कानुनी कारबाहीको माग
मधेसमा शितलहरले दलित समुदायलाई पीडा; सरकारलाई ध्यानाकर्षण गराउन आह्वान
मधेसमा शितलहरले दलित समुदायलाई पीडा; सरकारलाई ध्यानाकर्षण गराउन आह्वान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?