आईजीपी कार्की: प्रहरी पत्रकारबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ
- काठमाडौं ।
- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पत्रकारहरूले निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङ गर्ने अपेक्षा राखेको बताएका छन्।
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पत्रकारहरूले निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङ गर्ने अपेक्षा राखेको बताएका छन्। सञ्चारगृहमा कार्यरत केही पत्रकार पक्राउ परेको २४ घण्टा नबित्दै उनले सञ्चारकर्मीको काममा कुनै प्रकारको बाधा नपुगोस् भनेर हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
फेसबुकमा लेख्दै महानिरीक्षक कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट सधैँ निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्ने उल्लेख गरेका छन्। उनले सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको अवरोध नहोस् भन्नेमा प्रहरी दृढ रहेको बताएका छन्।
कार्कीले विपद्को असर कम गर्न सबै पक्षबीच अभूतपूर्व सहकार्य आवश्यक रहेको पनि बताएका छन्। संवेदनशील समयमा नागरिकलाई सही र समयमै सूचना सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।
“विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहनेछ,” उनले लेखेका छन्।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






