singel post top banner

सिराहा प्रहरीले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइयो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक २७, २०८२
239 Views
सिराहा प्रहरीले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइयो
समाचार सारांश
  • जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध लागुऔषधसहित ४ जना पक्राउ गरेको छ।
  • सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री र वितरण भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा, लागुऔषध नियन्त्रण ब्युरो गोलबजार सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट संयुक्त टोली खटिएको थियो।

जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध लागुऔषधसहित ४ जना पक्राउ गरेको छ। सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री र वितरण भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा, लागुऔषध नियन्त्रण ब्युरो गोलबजार सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट संयुक्त टोली खटिएको थियो।

सोही टोलीले शुक्रवार साँझ विशेष परिचालनको क्रममा सिराहा नगरपालिका–१७ पटेर्वा बस्ने २५ वर्षका राम जीवन यादव र सोही स्थान बस्ने २७ वर्षका दीपककुमार यादवलाई नियन्त्रणमा लिएका हो। उनीहरूलाई बाटो छेउमा राखिएको स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो। तौल गर्दा उक्त पदार्थको तौल २४ ग्राम ८२० मिलीग्राम थियो।

यसैगरी, हिजै साँझ नै सिराहा नवराजपुर गाउँपालिका–५ स्थित कुसण्डीबाट जगतपुर जाने बाटोमा इलाका प्रहरी कार्यालय झाझपट्टी सिराहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको स १० प ५३२६ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा सो वाहनका चालक र सवारीसाधनका साथबाट लागुऔषध बरामद गरेको थियो।

मोटरसाइकल चालक सिराहा नवराजपुर गाउँपालिका वडा नं १ बस्ने २० वर्षका ऋषि कुमार यादवलाई साथबाट लागुऔषधको विभिन्न प्रकारको एम्पुलहरू जस्तै डाईजोपाम (५ थान), प्रोमेथाजाईन (५ थान) र ब्रुफेनफाइन (५ थान) फेला परेको थियो।

त्यसैगरी, सोही मोटरसाइकलको पछाडि सवार सिराहा भगवानपुर गाउँपालिका ५ का १८ वर्षीय देवेन्द्र कुमार यादवको साथबाट डाईजोपाम एम्पुलका १ थान र सिरिन्ज फेला परेको थियो। प्रहरीले उनीहरूलाई पनि लागुऔषधसहित पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीको यो कार्यवाहीले जिल्लामा अवैध लागुऔषधको कारोवार र बिक्री विरुद्धको कडा कदम भएको छ। प्रहरीको यस कदमले अवैध लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण गर्न मद्दत गर्न सक्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

माओवादी केन्द्रले दुई सांसदमाथि पार्टी अनुशासन उल्लंघनका कारण कारबाही प्रक्रिया अघि बढायो
माओवादी केन्द्रले दुई सांसदमाथि पार्टी अनुशासन उल्लंघनका कारण कारबाही प्रक्रिया अघि बढायो
ग्यास वितरण अनुगमन: विद्यार्थीहरूलाई ध्यान दिएर ग्यास वितरण गर्न निर्देशन
ग्यास वितरण अनुगमन: विद्यार्थीहरूलाई ध्यान दिएर ग्यास वितरण गर्न निर्देशन
दाउन्ने सडकमा तीन दिनदेखि सवारी जाम: शीतलहर र निर्माणले जनजीवन अस्तव्यस्त
दाउन्ने सडकमा तीन दिनदेखि सवारी जाम: शीतलहर र निर्माणले जनजीवन अस्तव्यस्त
दिल्ली बमबारी: कहाँ बनाइरहेका थिए स्लीपर सेल, के हो डाक्टर-मौलवीको भूमिका? अनुसन्धानमा के बाहिर आयो
दिल्ली बमबारी: कहाँ बनाइरहेका थिए स्लीपर सेल, के हो डाक्टर-मौलवीको भूमिका? अनुसन्धानमा के बाहिर आयो
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
बलात्कार आरोपमा फरार रहेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना बैंग्लोरबाट पक्राउ
बलात्कार आरोपमा फरार रहेका पूर्वप्रहरी भुपेन्द्र सिंह ठगुन्ना बैंग्लोरबाट पक्राउ
काठमाडौं महानगरपालिकाको सक्रिय निगरानी, ग्यास र इन्धन अभावका नाममा कालोबजारी रोक्ने प्रयास
काठमाडौं महानगरपालिकाको सक्रिय निगरानी, ग्यास र इन्धन अभावका नाममा कालोबजारी रोक्ने प्रयास
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?