singel post top banner

स्वास्थ्य आपत्कालीन तयारी सुदृढ गर्न सातै प्रदेशलाई निर्देशन

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १२, २०८३
41 Views
स्वास्थ्य आपत्कालीन तयारी सुदृढ गर्न सातै प्रदेशलाई निर्देशन
समाचार सारांश
  • काठमाडौँ ।
  • सम्भावित भारी वर्षा, बाढीपहिरो र डुबानबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रको पूर्वतयारी तथा प्रतिकार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ।

काठमाडौँ । सम्भावित भारी वर्षा, बाढीपहिरो र डुबानबाट उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रको पूर्वतयारी तथा प्रतिकार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गर्दै सतर्कता अपनाउन र आवश्यक तयारी गर्न निर्देशन दिएको हो।

कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हुरीबतास तथा मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित वर्षाका कारण बाढीपहिरो र डुबानको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।

एकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझाद्वारा जारी परिपत्रमा चौबीसै घण्टा सम्पर्कमा रहने गरी एक जना आपत्कालीन सम्पर्क व्यक्ति (इमर्जेन्सी फोकल पर्सन) तोक्न भनिएको छ। तोकिएका व्यक्तिको सम्पर्क विवरण एकाइलाई उपलब्ध गराउनुका साथै सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।

सम्बन्धित हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी) र आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न परिपत्रमा उल्लेख छ। स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्सलगायत स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि भनिएको छ।

विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै स्वास्थ्य सेवा पुर्‍याउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गरी एम्बुलेन्स सेवाको सहज, शीघ्र र प्रभावकारी परिचालन सुनिश्चित गर्न निर्देशन दिइएको छ। त्यस्तै, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’मार्फत अनिवार्य पठाउन सबै प्रदेशका केन्द्रलाई आग्रह गरिएको छ।

सम्भावित विपद्का बेला स्वास्थ्य सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति तथा सामग्रीको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल प्रतिकार्य परिचालन गर्न पनि परिपत्रमा जोड दिइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सरकारले बाढीपछिको खोज तथा उद्धारमा खटिएका कर्मचारीहरूलाई राहत र सुविधाको घोषणा
सरकारले बाढीपछिको खोज तथा उद्धारमा खटिएका कर्मचारीहरूलाई राहत र सुविधाको घोषणा
मधेसमा एमाले विवाद र सरकार परिवर्तनका पछिका जटिल परिस्थिति; मुख्यमन्त्री नियुक्ति र सम्बन्ध सुधार प्रयासहरू विवादित
मधेसमा एमाले विवाद र सरकार परिवर्तनका पछिका जटिल परिस्थिति; मुख्यमन्त्री नियुक्ति र सम्बन्ध सुधार प्रयासहरू विवादित
सर्वोच्चको अन्तरिम आदेशको तयारी, मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा छलफल आज
सर्वोच्चको अन्तरिम आदेशको तयारी, मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा छलफल आज
निर्वाचन आचारसंहिता कार्यान्वयन र कार्यालय स्थापना गरी निष्पक्ष निर्वाचनको तयारी
निर्वाचन आचारसंहिता कार्यान्वयन र कार्यालय स्थापना गरी निष्पक्ष निर्वाचनको तयारी
इलाम र पाँचथरको सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध, वर्षाका कारण लामो आवधिक यातायात सेवा प्रभावित
इलाम र पाँचथरको सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध, वर्षाका कारण लामो आवधिक यातायात सेवा प्रभावित
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी
बङ्गलादेशको विशेष अदालतले शेख हसिनाको विरुद्ध फैसला सुनाउने तयारी, तनाव र विरोध प्रदर्शन कायमै
बङ्गलादेशको विशेष अदालतले शेख हसिनाको विरुद्ध फैसला सुनाउने तयारी, तनाव र विरोध प्रदर्शन कायमै
नेपालका उद्योगको क्षमता उपयोग ४२.१ प्रतिशतमा झर्‍यो, कोभिडपछिकै न्यून
नेपालका उद्योगको क्षमता उपयोग ४२.१ प्रतिशतमा झर्‍यो, कोभिडपछिकै न्यून
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?
बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुदैँछ कारोबार?
रौतहटमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवाः शनिबार पनि सञ्चालन हुने
रौतहटमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवाः शनिबार पनि सञ्चालन हुने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?