बझाङमा साढे ५ किलो चरेसजस्तो पदार्थसहित एक जना पक्राउ
- धनगढी ।
- बझाङमा साढे ५ किलोभन्दा बढी चरेसजस्तो देखिने लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
धनगढी । बझाङमा साढे ५ किलोभन्दा बढी चरेसजस्तो देखिने लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ का ३० वर्षीय कटक जप्रेल रहेका छन्। उनलाई बित्थडचिर गाउँपालिका–८ स्थित बागथला बजारमा जयपृथ्वी राजमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। आइतबार साँझ करिब ५:३० बजे चैनपुरबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४२११ नम्बरको बस जाँच गर्ने क्रममा पछाडिको डिक्कीमा रहेको कालो झोलाभित्र लुकाइएको पदार्थ फेला परेको थियो।
प्रहरीका अनुसार प्लास्टिकसहित उक्त पदार्थको तौल ५ किलो ४५० ग्राम र शुद्ध तौल ५ किलो १९५ ग्राम रहेको छ। जप्रेललाई नियन्त्रणमा लिएर अस्थायी प्रहरी पोस्ट बागथलामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






