singel post top banner

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बुधबार, मंसिर १७, २०८२
119 Views
देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी खड्का
समाचार सारांश
  • सिरहा ।
  •  सिरहा धनगढीमाई निवासी समाजसेवी अशोक कुमार खड्काले देशमा बढ्दै गएको मनोवैज्ञानिक विभाजनप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्।

सिरहा । सिरहा धनगढीमाई निवासी समाजसेवी अशोक कुमार खड्काले देशमा बढ्दै गएको मनोवैज्ञानिक विभाजनप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनको तर्कमा, 2046 सालदेखि 2082 सालसम्मका विभिन्न राजनीतिक, सामाजिक र सांस्कृतिक उतार–चढावले नेपाली समाजलाई बिस्तारै टुक्रा–टुक्रामा विभाजित गर्दै लगेको छ।

खड्काका अनुसार, कहिले तन्त्रको नाममा, कहिले जातजातिको नाममा, कहिले धर्म–संस्कृति वा भूगोलको नाममा र अहिले उमेर समूहका नाममा समेत समाज विभाजित हुन थाल्नु चिन्ताजनक अवस्था हो। अशोक खड्का भन्छन्, “हामी तन्त्र, जाति, धर्म, संस्कृति, मधेसी–पहाडी, प्रदेश, जेन एक्स–जेन जेड जस्ता नाममा टुक्रा टुक्रा भएर बसेका छौं। यो निरन्तरता रहिरह्यो भने देशलाई कसैले अघि बढाउन सकिँदैन।”

अहिलेको सबैभन्दा ठूलो आवश्यकता आपसमा उनेर एक हुने हो। “हामी एउटै धागोमा उनेर एकता कायम गर्न सकेनौं भने, हामी र हाम्रा सन्ततिहरू सधैं अरूका लागि मात्र पसिना बगाउने मजदुर बन्न बाध्य हुनेछौं। देश नै पराधीनजस्तै बन्न सक्छ,” खड्काले चेताएका छन्।

अशोक खड्का सामाजिक क्षेत्रमा सक्रिय नाम हो। उनले वर्षौंदेखि असहाय, अपांगता भएका व्यक्ति, विद्यार्थी, किसान र युवाहरूको पक्षमा विभिन्न कल्याणकारी काम गर्दै आएका छन्। समाजप्रतिको उनको समर्पणले उनको आवाजलाई अझै विश्वसनीय र प्रभावशाली बनाएको छ।

खड्का भन्छन्, “देशलाई बलियो बनाउने कुरा धेरथोर कसैले बोक्ने बोझ होइन। एकतामा बस्ने, विभाजन नफैलाउने, भिन्नता स्वीकार गर्ने र देशलाई पहिलो प्राथमिकता दिने हाम्रो बानी नै राष्ट्रनिर्माणको सबैभन्दा ठूलो आधार हो।”

अशोक खड्काको यो भनाइ अहिलेको परिस्थितिमा समाज र राष्ट्रलाई एउटै सूत्रमा बाध्ने संदेशको रूपमा खास गरी युवा पुस्ता हेरिरहेको छ । यो केवल चेतावनी मात्र होइन, एक जिम्मेवार नागरिकको मनको पीडा र देशप्रेमको आवाज पनि हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
उद्योगी व्यवसायीले सुरक्षाको ग्यारेन्टी र प्रवर्द्धनको माग गर्दै नेपाल उद्योग महासंघको चितवन सभा
सिमरामा नेकपा एमाले र युवा समूहबीच झडप, विमानस्थल क्षेत्रमा तनाव उच्च
सिमरामा नेकपा एमाले र युवा समूहबीच झडप, विमानस्थल क्षेत्रमा तनाव उच्च
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट स्वीकृत
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
बिहीबारदेखिको अविरल वर्षाले मेची राजमार्ग अझै पनि बन्द, यात्री र सवारी साधन प्रभावित
बिहीबारदेखिको अविरल वर्षाले मेची राजमार्ग अझै पनि बन्द, यात्री र सवारी साधन प्रभावित
कुलमान घिसिङको नेतृत्व आवश्यक, कार्यान्वयन र योजनामा सुधार आवश्यक – उज्यालो नेपाल पार्टी अध्यक्षको भनाइ
कुलमान घिसिङको नेतृत्व आवश्यक, कार्यान्वयन र योजनामा सुधार आवश्यक – उज्यालो नेपाल पार्टी अध्यक्षको भनाइ
सामाजिक सञ्जालमा अभिव्यक्ति विपरीत कारबाही गर्दै साइबर ब्यूरो
सामाजिक सञ्जालमा अभिव्यक्ति विपरीत कारबाही गर्दै साइबर ब्यूरो
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?