singel post top banner

आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
आइतबार, फाल्गुन २५, २०८१
811 Views
आज २०८१ साल फागुन २५ गते आइतबारको राशिफल
समाचार सारांश
  • आज २०८१ साल फागुन २५ गते आइतबार फागुन शुक्ल पक्षको दशमी तिथि।
  • तदनुसार सन् २०२५ मार्च ९ तारिख।

आज २०८१ साल फागुन २५ गते आइतबार फागुन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : बोलीमा प्रभाव रहनेछ। व्यापार व्यवसायमा धन लाभ हुनेछ। परिवार र आफन्तबाट सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। कार्य सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तोष प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। स्वदेशमा भन्दा विदेशको रमझममा मन जानेछ।

मिथुन : धार्मिक क्षेत्रमा मन जानेछ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। आफूले गरेको श्रमको उचित फल प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : संचित धन खर्च हुनेछ। शत्रु बढ्ने समय आएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। वरपिपलको रुखमा पानी चढाएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंह : दिन राम्रो छ। इष्टमित्र बढ्नेछन्। मनमा उत्साह थपिनेछ। आज उत्तरको एकल यात्रामा नजानुहोला। व्यापार व्यवसायमा गरेको लगानीबाट फाइदा हुनेछ।

कन्या : दिन राम्रो छ। कृषिजन्य वस्तुमा गरेको लगानीबाट तपाईंलाई फाइदा हुनेछ। सरकारी सेवामा भए बढुवा हुने सम्भावना छ। परिवारमा मेलमिलाप रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंले गरेको राम्रा कामको जस अरुले लिन सक्छन्। परिवारमा विवाद आउन सक्छ। शिक्षाको क्षेत्रमा भने तपार्इंको उन्नति प्रगति हुनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ।

वृश्चिक : आज शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सचेत हुनुपर्नेछ। परिवारमा विवाद बढ्नेछ। बिहान गणेशको भजन सुन्दा दिन सहज हुनेछ।

धनु : स्वास्थ्यमा गडबढी हुनेछ। शत्रु बढ्नेछन्। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध भने सुमधुर रहला।

मकर : आज संचित धन खर्च गर्ने दिन छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। अन्त्य साढे साती दशा चलिरहेकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कुम्भ : सानातिना कुरामा रिस धेरै उठ्नेछ। रिसको नियन्त्रण गर्नु फाइदा हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। अध्ययनमा मन जानेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : बोलीको प्रभावले राम्रा काम बन्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। आफन्तको सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सरकारले बाढीपछिको खोज तथा उद्धारमा खटिएका कर्मचारीहरूलाई राहत र सुविधाको घोषणा
सरकारले बाढीपछिको खोज तथा उद्धारमा खटिएका कर्मचारीहरूलाई राहत र सुविधाको घोषणा
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लियो; बिरामी भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्।
मधेस प्रदेशको राजनीतिले नाटकीय मोड लियो; बिरामी भन्दै काठमाडौं हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइन्।
सर्वोच्च अदालतमा आगजनी घटनाको फरेन्सिक जाँचको माग, प्रहरीमा जाहेरी दिने तयारी
सर्वोच्च अदालतमा आगजनी घटनाको फरेन्सिक जाँचको माग, प्रहरीमा जाहेरी दिने तयारी
बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो लुम्बिनी न्युज फेस्टिबल आजदेखि आयोजना
बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो लुम्बिनी न्युज फेस्टिबल आजदेखि आयोजना
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
धनुषामा ०.११ मिलिग्राम खैरो हेरोइन र एक सर्टगन सहित एक युवक पक्राउ
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
बारामा प्रहरीको सरकारी पेस्तोल हराएको घटना: अनुसन्धानमा नयाँ मोड
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
भूमि आयोग खारेजीविरुद्ध दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ
भूमि आयोग खारेजीविरुद्ध दायर रिटमाथि आज सर्वोच्चमा सुनुवाइ
दसैँ, तिहार र छठका लागि मधेस प्रदेशमा ७ हजार २२९ प्रहरी परिचालन
दसैँ, तिहार र छठका लागि मधेस प्रदेशमा ७ हजार २२९ प्रहरी परिचालन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?