singel post top banner

सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, आश्विन १७, २०८३
50 Views
सडकका संरचना बिगारेर दुर्घटना गराए कडा सजाय हुने प्रस्ताव
समाचार सारांश
  • काठमाडौं ।
  • सडक खन्ने क्रममा सुरक्षा संरचना, ट्राफिक चिह्न वा बार भत्काएर अलपत्र छाड्ने व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउने व्यवस्था प्रस्ताव गरिएको छ।

काठमाडौं । सडक खन्ने क्रममा सुरक्षा संरचना, ट्राफिक चिह्न वा बार भत्काएर अलपत्र छाड्ने व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउने व्यवस्था प्रस्ताव गरिएको छ।

सङ्घीय संसद्मा पेस भएको **सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३** ले सडकका संरचना बिगार्दा वा हटाउँदा सडक जोखिमपूर्ण भई दुर्घटना भएमा त्यसमा संलग्न व्यक्ति वा संस्थालाई प्रचलित कानुनबमोजिम सजाय गर्ने प्रस्ताव गरेको हो।

विधेयकको दफा १३ को उपदफा (२) मा सडक सीमाभित्रका संरचना भत्काउने, बिगार्ने वा हटाउने कार्यका कारण सडक दुर्घटना भएको देखिएमा संलग्न पक्षलाई सजाय हुने व्यवस्था छ। यस प्रावधानले सडक खनेर खाल्डो नपुरी छाड्ने निर्माण व्यवसायी, खानेपानी तथा ढल निर्माणमा संलग्न निकाय र ट्राफिक चिह्न वा सुरक्षा संरचना बिगार्ने व्यक्ति तथा संस्थालाई जिम्मेवार बनाउनेछ।

विधेयकले सडक संरचनाको परिभाषामा सडक पेभमेन्ट, सडक किनार, सडकपेटी, ट्राफिक चिह्न तथा विद्युतीय सङ्केत, पैदलयात्री आकाशे पुल, अन्डरपास, बस बिसौनी, पार्किङ लेन, प्यारापेट ब्लक र स्टिल क्र्यास ब्यारियरलगायत सार्वजनिक भौतिक पूर्वाधार समेटेको छ।

त्यस्तै, सडक निर्माण वा स्तरोन्नति गर्दा सडक सीमाभित्र रहेका रुख, बिजुलीका पोल, टेलिफोनका तार तथा खानेपानी र ढल निकास प्रणालीलाई सडक सुरक्षामा असर नपर्ने गरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सक्ने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वीरगञ्जबाट ७ ग्राम ब्राउन सुगरसहित भारतीय युवक दिनेश प्रसाद पक्राउ
वीरगञ्जबाट ७ ग्राम ब्राउन सुगरसहित भारतीय युवक दिनेश प्रसाद पक्राउ
राष्ट्रिय सभा बैठक स्थगित: असार ५पछि नयाँ मिति तोकिएन, प्रतिनिधिसभा समेत स्थगित
राष्ट्रिय सभा बैठक स्थगित: असार ५पछि नयाँ मिति तोकिएन, प्रतिनिधिसभा समेत स्थगित
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
नेपालमा बाघको सङ्ख्या बढ्दा बासस्थानको समस्या
प्रतिनिधिसभामा सांसदहरूबीच विवाद: सरकारको विरोध र नियमाअन्तर्गत प्रतिबन्ध
प्रतिनिधिसभामा सांसदहरूबीच विवाद: सरकारको विरोध र नियमाअन्तर्गत प्रतिबन्ध
नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु, बृहत एकता र ध्रुवीकरणबारे निर्णय हुँदै
नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु, बृहत एकता र ध्रुवीकरणबारे निर्णय हुँदै
बूढीगण्डकीमा लेदोसहितको बाढी: ३५ भन्दा बढी घर र पाँच गोठ सम्पर्कविहीन
बूढीगण्डकीमा लेदोसहितको बाढी: ३५ भन्दा बढी घर र पाँच गोठ सम्पर्कविहीन
रुकुम पश्चिममा फोर्स जीप दुर्घटना, चालकसहित आठ जना घाइते
रुकुम पश्चिममा फोर्स जीप दुर्घटना, चालकसहित आठ जना घाइते
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
सिरहामा अस्थायी पुलको निर्माण, वर्षाका कारण अवरुद्ध सवारी आवागमन पुनः सञ्चालन
सिरहामा अस्थायी पुलको निर्माण, वर्षाका कारण अवरुद्ध सवारी आवागमन पुनः सञ्चालन
सप्तरीमा पत्रकार देवराम यादवमाथि आक्रमण: दोषीलाई कारबाही गर्न माग
सप्तरीमा पत्रकार देवराम यादवमाथि आक्रमण: दोषीलाई कारबाही गर्न माग
singel sidbar banner
singel sidbar banner 2