singel post top banner

गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन १५, २०८३
55 Views
गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना
समाचार सारांश
  • रौतहट ।
  • रौतहटको गौरमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि एक डेरी तथा मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

रौतहट । रौतहटको गौरमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि एक डेरी तथा मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रशासन कार्यालय रौतहट, गौर नगरपालिका र उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको संयुक्त टोलीले गौरस्थित फुलतारा डेरी एन्ड स्विट्स भण्डारमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कैफियत भेटिएपछि पसललाई जरिवाना गरिएको टोलीले जनाएको छ।

टोलीले खाद्यवस्तुको म्याद र लेबल, भण्डारणको अवस्था, मूल्यसूची तथा बिल–बिजकसमेत जाँच गरेको थियो।

यसैबीच, गौर क्षेत्रका माछा तथा मासु पसलमा पनि अनुगमन गरिएको छ। अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची राख्न, व्यवसाय दर्ता गर्न, सरसफाइ कायम गर्न र स्वच्छ तथा गुणस्तरीय माछा–मासु बिक्री गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि उमेशकुमार साहले बताए।

निर्देशन पालना नगरे आगामी अनुगमनमा प्रचलित कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गरिने टोलीले चेतावनी दिएको छ। चाडपर्व नजिकिँदै जाँदा खाद्यवस्तुको कारोबार बढ्ने भएकाले बजार अनुगमनलाई निरन्तरता दिइने टोलीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वीरगञ्जका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइयो
वीरगञ्जका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइयो
भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आए दुई शक्तिशाली भूकम्प, ३२ मृतक र ७०० घाइते
भेनेजुएलामा ४० सेकेण्डको अन्तरालमा आए दुई शक्तिशाली भूकम्प, ३२ मृतक र ७०० घाइते
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
रत्ननगर- १२ का सुकुम्बासीलाई लालपुर्जा वितरण
सिटी सफारी चालकको हत्या: सात जना पक्राउ, योजनाबद्ध रूपमा गोली प्रहार भएको खुलासा
सिटी सफारी चालकको हत्या: सात जना पक्राउ, योजनाबद्ध रूपमा गोली प्रहार भएको खुलासा
प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा, आगामी सरकारिक कदमको तयारीमा
प्रधानमन्त्री बालेन शाह मन्त्रीहरूसँग छलफलमा, आगामी सरकारिक कदमको तयारीमा
सरकारको खाना व्यवस्था नहुँदा खरिपाटीस्थित सुकुमवासीहरू आन्दोलित
सरकारको खाना व्यवस्था नहुँदा खरिपाटीस्थित सुकुमवासीहरू आन्दोलित
सेती नदीमा पहिरो र चट्टान खसेपछि जोखिम न्यूनीकरणका लागि तत्काल कदमहरू; प्रशासनको निर्देशन
सेती नदीमा पहिरो र चट्टान खसेपछि जोखिम न्यूनीकरणका लागि तत्काल कदमहरू; प्रशासनको निर्देशन
काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
काठमाडौँ–बिपी राजमार्गमा भारी वर्षाका कारण यातायात अस्थायी रूपमा बन्द
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
धनगढीमा जेनजी आन्दोलनको क्रममा सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोरी, अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2