वीरगञ्जका तीन वडामा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइयो
- काठमाडौं ।
- वीरगञ्ज महानगरपालिकाले वडा नम्बर १७, २५ र २६ मा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाएको छ।
काठमाडौं । वीरगञ्ज महानगरपालिकाले वडा नम्बर १७, २५ र २६ मा चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाएको छ। महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गरेपछि पानीको निकास सहज भएको जनाएको छ।
पानी निकासको उचित व्यवस्था नहुँदा वर्षायाममा वडा नम्बर १७, २५ र २६ अन्तर्गतका सुगौली, अलौलगायत आसपासका बस्ती र ठूलो क्षेत्र डुबानमा पर्दै आएका थिए। लामो समयसम्म पानी जमिरहँदा स्थानीयको आवतजावतमा कठिनाइ हुनुका साथै खेतीपातीसमेत प्रभावित हुँदै आएको थियो।
स्थानीयका अनुसार बस्ती तथा आसपासका क्षेत्रमा पानी लामो समय जम्दा लामखुट्टेको प्रकोप बढ्ने, दुर्गन्ध फैलिने र स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको थियो।
अवरुद्ध निकास खुलाउने काम सुरु भएपछि सुगौली, अलौलगायत क्षेत्रका बासिन्दाले आगामी वर्षायाममा जलजमावको समस्या कम हुने अपेक्षा गरेका छन्। महानगरपालिकाका अनुसार अवरुद्ध पानी निकास पूर्ण रूपमा खुलाएर पानीको सहज बहाव सुनिश्चित गर्ने काम गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






