तनहुँको आँबुखैरेनीमा तेल ट्यांकर र डिब्बा ट्रक ठोक्किँदा मुग्लिङ–पोखरा सडक अवरुद्ध
- तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं.
- ४ अन्तर्गत पर्ने मुग्लिङ–पोखरा सडक खण्डमा तेल ट्यांकर र डिब्बा ट्रक एकआपसमा ठोक्किँदा सडकको दुवै तर्फको आवागमन अवरुद्ध भएको छ।
तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्ने मुग्लिङ–पोखरा सडक खण्डमा तेल ट्यांकर र डिब्बा ट्रक एकआपसमा ठोक्किँदा सडकको दुवै तर्फको आवागमन अवरुद्ध भएको छ।
दुर्घटनापछि सवारी साधनको आवतजावत पूर्ण रूपमा प्रभावित भएको छ। घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा टोली परिचालन गरिएको छ भने सडकमा रोकिएका सवारी साधनलाई व्यवस्थापन गर्दै यथाशीघ्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबाट भएको क्षति तथा मानवीय असरबारे विस्तृत विवरण आउन बाँकी रहेको छ। प्रहरीले चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






