singel post top banner

गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, आश्विन १५, २०८३
54 Views
गौरमा म्याद गुज्रिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि डेरी पसललाई २ लाख जरिवाना
समाचार सारांश
  • रौतहट ।
  • रौतहटको गौरमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि एक डेरी तथा मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

रौतहट । रौतहटको गौरमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि एक डेरी तथा मिठाई पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्ज, जिल्ला प्रशासन कार्यालय रौतहट, गौर नगरपालिका र उद्योग वाणिज्य संघका प्रतिनिधिसहितको संयुक्त टोलीले गौरस्थित फुलतारा डेरी एन्ड स्विट्स भण्डारमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कैफियत भेटिएपछि पसललाई जरिवाना गरिएको टोलीले जनाएको छ।

टोलीले खाद्यवस्तुको म्याद र लेबल, भण्डारणको अवस्था, मूल्यसूची तथा बिल–बिजकसमेत जाँच गरेको थियो।

यसैबीच, गौर क्षेत्रका माछा तथा मासु पसलमा पनि अनुगमन गरिएको छ। अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची राख्न, व्यवसाय दर्ता गर्न, सरसफाइ कायम गर्न र स्वच्छ तथा गुणस्तरीय माछा–मासु बिक्री गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि उमेशकुमार साहले बताए।

निर्देशन पालना नगरे आगामी अनुगमनमा प्रचलित कानुनअनुसार जरिवाना तथा अन्य कारबाही गरिने टोलीले चेतावनी दिएको छ। चाडपर्व नजिकिँदै जाँदा खाद्यवस्तुको कारोबार बढ्ने भएकाले बजार अनुगमनलाई निरन्तरता दिइने टोलीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालले पहलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै इतिहास रच्यो
नेपालले पहलो पटक एशियन डजबल च्याम्पियनसिपमा सहभागिता जनाउँदै इतिहास रच्यो
गृहमन्त्री अर्यालले सडक प्रदर्शनकारीलाई संवादका लागि आग्रह, हिंसात्मक गतिविधि नहुन सुझाव।
गृहमन्त्री अर्यालले सडक प्रदर्शनकारीलाई संवादका लागि आग्रह, हिंसात्मक गतिविधि नहुन सुझाव।
सिरहा जिल्लामा अवैध सामान बरामद, करिब ९ लाख बराबरको सामान नियन्त्रणमा
सिरहा जिल्लामा अवैध सामान बरामद, करिब ९ लाख बराबरको सामान नियन्त्रणमा
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
शान्तिपूर्ण प्रदर्शन कायम राख्न शिक्षकलाई महासंघको अनुरोध
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा
दसैँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बस सेवाबाट ३,५८५ यात्रु लाभान्वित
दसैँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको निःशुल्क बस सेवाबाट ३,५८५ यात्रु लाभान्वित
सिराहामा १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ
सिराहामा १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित २० वर्षीय युवक पक्राउ
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
महोत्तरीसहित नेपालको जलस्रोत संकट गहिरिंदै, चुनावी प्रचारप्रसार प्रभावित
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षा कोषमा १ अर्ब २० करोडको रकम लगानी गर्ने
नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षा कोषमा १ अर्ब २० करोडको रकम लगानी गर्ने
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता
singel sidbar banner
singel sidbar banner 2