singel post top banner

राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज

belwo post title ad banner
रासस रासस
सोमबार, मंसिर १५, २०८२
124 Views
राष्ट्र बैंकको त्रैमासिक समीक्षा : नीतिगत दर घट्यो, कर्जा प्रवाहका प्रावधान थप सहज
समाचार सारांश
  • काठमाडौँ ।
  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मौद्रिक उपकरणहरू थप लचिलो बनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मौद्रिक उपकरणहरू थप लचिलो बनाएको छ। समीक्षामा स्थायी तरलता सुविधा दर (SLF) तथा नीतिगत दर घटाइएकाछन् भने कर्जा प्रवाहसँग सम्बन्धित केही प्रावधानहरू सहज बनाइएको छ।

राष्ट्र बैंकका अनुसार ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको अन्तर क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको मध्यबिन्दुमा राख्ने उद्देश्यले SLF दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दर ४.५० प्रतिशतबाट घटाई ४.२५ प्रतिशत कायम गरिएको छ।

यद्यपि ब्याजदर करिडोरको तल्लो सीमा मानिने स्थायी निक्षेप सुविधा दर (SDF) भने २.७५ प्रतिशतमा यथावत् राखिएको छ।

राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (CRR) र वैधानिक तरलता अनुपात (SLR) सम्बन्धी विद्यमान व्यवस्था परिवर्तन नगर्ने स्पष्ट पारेको छ। साथै, बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम गर्नुपर्ने व्यवस्था खारेज गरिएको छ।

व्यक्तिगत अधिविकर्ष (Personal Overdraft) कर्जाको सीमा ५० लाखबाट बढाएर एक करोड पुर्‍याइएको छ। लघुवित्त संस्थाबाट धितोमा प्रवाह हुने कर्जाको अधिकतम सीमा सात लाखबाट बढाएर १५ लाख पुर्‍याइने पनि राष्ट्र बैंकले जनाएको छ।

लघुवित्तबाट ऋण लिएका ऋणीहरूलाई कर्जा भुक्तानीमा समस्या देखिनुका कारण कर्जा भुक्तानी तालिका परिमार्जन गर्न सकिने व्यवस्था समेत समीक्षामा समेटिएको छ। त्यस्तै बाढी–पहिरोसहित प्राकृतिक विपत्तिबाट प्रभावित इलामलगायत जिल्लाका उद्यम–व्यवसायका लागि प्रवाह भएको कर्जा न्यूनतम १० प्रतिशत ब्याजदरमा एकपटकका लागि पुनःसंरचना वा पुनःतालिकीकरण गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिइने भएको छ।

विद्युतीय भुक्तानी कारोबार तीव्र रूपमा बढिरहेको र महानगरपालिकामा बैंक तथा वित्तीय संस्थाका शाखाहरू पर्याप्त रूपमा रहेको अवस्थालाई ध्यानमा राख्दै, ती संस्थाले महानगर क्षेत्रभित्रका शाखा समायोजन तथा एकीकरण गर्न सक्ने व्यवस्था मिलाइने पनि समीक्षामा उल्लेख गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विराटनगर सीमावर्ती क्षेत्रमा प्रहरीले 60 केजी गाँजा बरामद, अस्पतालको भ्यानमा लुकाइएको
विराटनगर सीमावर्ती क्षेत्रमा प्रहरीले 60 केजी गाँजा बरामद, अस्पतालको भ्यानमा लुकाइएको
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
पाकिस्तानमा अपहरणमा परेका तीन सय रेल यात्रु छुटे, उद्धारमा गएका ३३ सुरक्षाकर्मीको हत्या
सिंहदरबारको पुनर्निर्माण सुस्त, रसुवा र नुवाकोटको पुनर्निर्माणमा भरोसा कसरी गर्न सकिन्छ?
सिंहदरबारको पुनर्निर्माण सुस्त, रसुवा र नुवाकोटको पुनर्निर्माणमा भरोसा कसरी गर्न सकिन्छ?
भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती: नेपाली साहित्य र संस्कृतिको महान् योगदान
भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती: नेपाली साहित्य र संस्कृतिको महान् योगदान
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सुरु, बालबालिकामा स्वास्थ्य सचेतना प्रवर्द्धन
विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सुरु, बालबालिकामा स्वास्थ्य सचेतना प्रवर्द्धन
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?