singel post top banner

नेपाली उपसभामुख र टोली चीनको न्याङ्ग्ची भ्रमण, सिजाङमा चिनियाँ नेतासँग भेटवार्ता तय

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आषाढ ३१, २०८३
106 Views
नेपाली उपसभामुख र टोली चीनको न्याङ्ग्ची भ्रमण, सिजाङमा चिनियाँ नेतासँग भेटवार्ता तय
समाचार सारांश
  • काठमाडौं – नेपाली संसद् उपसभामुख रुवी कुमारी नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।
  • संघीय संसद् सचिवालयका अनुसार, उनीहरू चीनको न्याङ्ग्ची (निङ्ची) शहरमा हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुनका लागि बिहीबार बिहान सिचुआन एयरलाइन्समार्फत चीन जानुभएको हो।

काठमाडौं – नेपाली संसद् उपसभामुख रुवी कुमारी नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ। संघीय संसद् सचिवालयका अनुसार, उनीहरू चीनको न्याङ्ग्ची (निङ्ची) शहरमा हुने पाँचौँ चीन–सिजाङ सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्चमा सहभागी हुनका लागि बिहीबार बिहान सिचुआन एयरलाइन्समार्फत चीन जानुभएको हो।

प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी र कम्प्युटर प्रोग्रामर अनिशा ढकाल पनि सहभागी छन्। मञ्चमा उपसभामुख रुवी कुमारीले नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

भ्रमणका क्रममा सिजाङस्थित लिन्ची शहरमा चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग भेटवार्ता तय भएको छ। साथै, उच्चस्तरीय भेटघाटहरू पनि हुने जनाइएको छ। भ्रमणको अन्त्यमा प्रतिनिधिमण्डल साउन ४ गते नेपाल फर्कने तालिका रहेको छ।

यस भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने र दिगो सहकार्यका नयाँ अवसरहरू खोज्ने उद्देश्य राखिएको छ। नेपाली प्रतिनिधिमण्डलले चीन र सिजाङ क्षेत्रसँगको सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रौतहटमा अवैध सालको काठसहित सवारीसाधन बरामद, तस्करहरु फरार
रौतहटमा अवैध सालको काठसहित सवारीसाधन बरामद, तस्करहरु फरार
अटिजम भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिँदै राष्ट्रिय कार्यदल गठन हुने
अटिजम भएका व्यक्तिको शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिँदै राष्ट्रिय कार्यदल गठन हुने
देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
देशलाई उज्यालो भविष्यतिर लैजाने उज्ज्वल नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङको प्रतिबद्धता
माओवादी केन्द्रले दुई सांसदमाथि पार्टी अनुशासन उल्लंघनका कारण कारबाही प्रक्रिया अघि बढायो
माओवादी केन्द्रले दुई सांसदमाथि पार्टी अनुशासन उल्लंघनका कारण कारबाही प्रक्रिया अघि बढायो
बाबुराम भट्टराई नेतृत्वको प्रलोपा बुद्ध दर्शनदेखि क्वान्टम सिद्धान्तसम्म आधारित मार्गदर्शक सिद्धान्तसहित सार्वजनिक
बाबुराम भट्टराई नेतृत्वको प्रलोपा बुद्ध दर्शनदेखि क्वान्टम सिद्धान्तसम्म आधारित मार्गदर्शक सिद्धान्तसहित सार्वजनिक
नसर्ने रोगको परीक्षण तीव्र, गाउँगाउँमा स्वास्थ्य अभियान सञ्चालन
नसर्ने रोगको परीक्षण तीव्र, गाउँगाउँमा स्वास्थ्य अभियान सञ्चालन
Air Canada Pilot Accused of Flying More Than 900 Flights Using Fraudulent Licence Documents
Air Canada Pilot Accused of Flying More Than 900 Flights Using Fraudulent Licence Documents
हेटौँडा रबर उद्योग लिमिटेडले पहिलो पटक सार्वजनिक कम्पनीको रूपमा साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने तयारी
हेटौँडा रबर उद्योग लिमिटेडले पहिलो पटक सार्वजनिक कम्पनीको रूपमा साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने तयारी
प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारी फिर्ताका लागि आज अपराह्नसम्म अन्तिम मौका
प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारी फिर्ताका लागि आज अपराह्नसम्म अन्तिम मौका
नेपाल अझै ‘ग्रे लिस्ट’ मा, सुधारका प्रयास जारी पनि अपर्याप्त: एफएटीएफको रिपोर्ट।
नेपाल अझै ‘ग्रे लिस्ट’ मा, सुधारका प्रयास जारी पनि अपर्याप्त: एफएटीएफको रिपोर्ट।
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?