singel post top banner

सभामुख डोलप्रसाद अर्याल र राजदूत शफिकुर रहमानबीच शिष्टाचार भेटवार्ता

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आषाढ ३, २०८३
103 Views
सभामुख डोलप्रसाद अर्याल र राजदूत शफिकुर रहमानबीच शिष्टाचार भेटवार्ता
समाचार सारांश
  • काठमाडौँ — नेपालका सभामुख डोलप्रसाद (डीपी) अर्याल र बङ्गलादेशका महामहिम राजदूत मो.
  • शफिकुर रहमानबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।

काठमाडौँ — नेपालका सभामुख डोलप्रसाद (डीपी) अर्याल र बङ्गलादेशका महामहिम राजदूत मो. शफिकुर रहमानबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। यस अवसरमा नेपाली संसदको उच्च सदनका सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्धलाई सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको बताए।

सभामुख अर्यालले नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताएका छन्। उनले भन्नुभयो, “नेपाल र बङ्गलादेशबीचको सम्बन्ध एकअर्काप्रति सम्मान र विश्वासको आधारमा स्थापित छ। हामी दुवै देशका जनताको हितमा अझ मजबूत र दीर्घकालीन सहकार्यका लागि प्रतिबद्ध छौं।”

भेटमा सभामुख अर्यालले बङ्गलादेशका जनताबाट प्राप्त जनादेशमा आधारित नयाँ सरकारप्रति शुभकामना व्यक्त गर्नुभएको थियो। उनले भने, “म नयाँ सरकारको सफल कार्यकालको कामना गर्दछु, जसले दुवै देशको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याओस्। नेपालमा पनि भर्खरै सफलतापूर्वक सम्पन्न भएको निर्वाचनपछि नयाँ सरकार गठन भएकोले हाम्रो सहयोग थप सुदृढ हुने विश्वास छ।”

उहाँले नेपालको विकास यात्रामा बङ्गलादेशका सफल अभ्यासहरू उपयोगी हुन सक्ने धारणा व्यक्त गर्नुभयो। “दुवै देशको सहकार्यले जनताको सुख, समृद्धि र कल्याणमा ठूलो योगदान पुर्‍याउनेछ,” उहाँले थप्नुभयो।

सहकार्यका क्षेत्रहरूमा खेलकुद, पर्यटन, सांस्कृतिक आदानप्रदान र जनस्तरीय सम्पर्कलाई उच्च प्राथमिकता दिइएको छ। सभामुख अर्यालले फुटबल, क्रिकेट, भलिबलजस्ता खेलमार्फत युवा पुस्ताबीच मित्रता र समझदारी बढिरहेको बताए। साथै, पर्यटन र सांस्कृतिक कार्यक्रमले सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

यसैगरी, उनले शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन र क्षेत्रीय सहकार्यका विविध विषयमा छलफल भएको बताए। विशेष गरी चिकित्सा शिक्षा र प्राविधिक अध्ययनरत नेपाली विद्यार्थीहरूको योगदानको उनले प्रशंसा गरे।

जलवायु परिवर्तनको साझा चुनौतीबारे चर्चा गर्दै सभामुख अर्यालले हिमाली क्षेत्रको वातावरणीय जोखिम र समुद्री तटीय क्षेत्रका समस्याहरू दुवै मुलुकका साझा सरोकार भएको बताए। राजदूत रहमानले पनि जलवायु परिवर्तन, प्राकृतिक विपद्, विकास र आर्थिक परिवर्तनका क्षेत्रहरूमा सहकार्य गर्न आवश्यक रहेको बताएका छन्।

राजदूत रहमानले नेपाल र बङ्गलादेशबीच ऊर्जा, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य र जनस्तरीय सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप विस्तार गर्न बङ्ग्लादेश सरकार सकारात्मक रहेको जानकारी दिए। उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई अझ प्रभावकारी बनाउँदै साझा हितका विषयहरूमा मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।

दुवै देशबीचको दीर्घकालीन र मित्रवत सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको यो भेटले क्षेत्रीय स्थिरता र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्लाहीमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ
सर्लाहीमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ
ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।
ढल्केवर-धनुषामा मैत्रीपूर्ण हक्की प्रतियोगिता सम्पन्न।
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
सप्तरीका शिक्षक श्रावण राममाथि विदेश पठाउने प्रलोभनमा ठगीको आरोप, पीडितहरूले कारबाही र रकम फिर्ताको माग
सप्तरीका शिक्षक श्रावण राममाथि विदेश पठाउने प्रलोभनमा ठगीको आरोप, पीडितहरूले कारबाही र रकम फिर्ताको माग
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि पुनः सञ्चालनमा, जेनजी प्रदर्शनपछि क्षतिग्रस्त भवन मर्मतपछि सुरु
केही जेनजी प्रतिनिधिहरूले प्रधानन्यायाधीशको राजीनामा माग्नुको अर्थ के हो ?
केही जेनजी प्रतिनिधिहरूले प्रधानन्यायाधीशको राजीनामा माग्नुको अर्थ के हो ?
कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय पाएका व्यक्ति पक्राउ
कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय पाएका व्यक्ति पक्राउ
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
वर्षमान पुनले निर्वाचन प्रक्रियामा स्पष्टता माग्दै विदेश र अन्तरजिल्ला मतदानका चुनौतीहरू उजागर
धनगढी कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, खोजी जारी
धनगढी कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, खोजी जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?