singel post top banner

सप्तरीका शिक्षक श्रावण राममाथि विदेश पठाउने प्रलोभनमा ठगीको आरोप, पीडितहरूले कारबाही र रकम फिर्ताको माग

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक १६, २०८२
162 Views
सप्तरीका शिक्षक श्रावण राममाथि विदेश पठाउने प्रलोभनमा ठगीको आरोप, पीडितहरूले कारबाही र रकम फिर्ताको माग
समाचार सारांश
  • महेश सिंह सिरहा – सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरका स्थानीय शिक्षक श्रावण राममाथि वैदेशिक रोजगारको नाममा गाउँका नागरिकहरूलाई ठगी गरेको आरोप लागेको छ।
  • पीडितहरूले बताएका छन् कि, उनले विश्वास जितेर बिदेश पठाउने प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ असुली गरेका हुन्।

महेश सिंह सिरहासप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरका स्थानीय शिक्षक श्रावण राममाथि वैदेशिक रोजगारको नाममा गाउँका नागरिकहरूलाई ठगी गरेको आरोप लागेको छ। पीडितहरूले बताएका छन् कि, उनले विश्वास जितेर बिदेश पठाउने प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ असुली गरेका हुन्।

प्रमाणपुरका राधेश्याम चौधरीले आफ्ना कान्छा छोरा पशुपति चौधरीलाई बिदेश पठाउने क्रममा शिक्षक श्रावण रामलाई रु. २ लाख २५ हजार ६ सय २५ रुपैयाँ बुझाएका थिए। उनले बताउँछन्, “दुबै पठाइदिन्छु” भन्ने आश्वासन दिएर रकम लिएका थिए। तर, पैसा तिरेर पनि छोरा पशुपति हाल दुबईमा अलपत्र परेका छन्। तीन महिना बितिसक्दा पनि कुनै काम नपाएको र तलबसमेत नपाएको परिवारको भनाइ छ।

ठगिएका पीडितहरूमा गजेन्द्र चौधरी पनि छन्, जसलाई श्रावण रामले “क्लिनर मार्केट” अर्थात सरसफाइको काम दिने भन्दै बिदेश पठाएका थिए। तर, प्रतिवद्धता अनुसारको काम नपाई उनी पनि अलपत्र परेका छन्। उनका अनुसार, तलब रोकिएको र कामको व्यवस्था नभएको परिवारले बताए।

त्यस्तै, रामजिवन चौधरीका छोरा सुनिल चौधरीले पनि दुबई पठाउने भन्दै श्रावण रामलाई रु. १ लाख १७ हजार बुझाएका थिए। उनीहरूका अनुसार, श्रावण रामले राहदानी संकलन गरी गाउँका युवाहरूबाट रकम असुलेका छन्। यसरी, पीडितहरूले उनीमाथि ठगीको गम्भीर आरोप लगाएका छन्।

पीडित पक्षका अनुसार, सुरुङ्गा–४ का देवेंद्र चौधरीको रोहबरमा श्रावण रामले १५ दिनभित्र काम उपलब्ध गराउने र सम्झौता अनुसारको तलब दिने वाचा गरेका थिए। तर, त्यो वाचा विपरीत कुनै व्यवस्था नगरी उनीहरूले रकम ठगी गरेका हुन्।

स्थानीयवासीहरूका अनुसार, शिक्षकको हैसियतमा रहेर यस्तो कार्य गर्नु निन्दनीय हो। उनीहरूले भने, “शिक्षकजस्तो जिम्मेवार पेशामा रहेर यस्ता कार्य गर्नु निन्दनीय छ, उनले सम्पूर्ण शिक्षक समुदायको बदनाम गरेका छन्।”

पीडितहरूले शिक्षा शाखा प्रमुख र जिल्ला शिक्षा समन्वय इकाइलाई तत्काल कारबाही गर्न माग गरेका छन्। उनीहरूले भनेका छन् — “हामीले दिएको रकम ब्याजसहित फिर्ता गरियोस् र अलपत्र परेका युवाहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइयोस्।”

यस घटनाले गाउँमा व्यापक चासो र आक्रोश जन्माएको छ। स्थानीय निकाय र प्रशासनले यस विषयमा छानबिन गर्न र दोषीविरुद्ध कडाइका साथ कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आयोगले थप मतदान स्थलसहित मतदान प्रक्रिया सहज बनाउने, १०,०९६ मतदान स्थल तय
निर्वाचन आयोगले थप मतदान स्थलसहित मतदान प्रक्रिया सहज बनाउने, १०,०९६ मतदान स्थल तय
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
सरकारले रसुवामा बाढी पीडितहरूको लागि स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय गर्यो
ज्याक स्मिथको खुलासा: ट्रम्पको भूमिका र जनवरी ६ को क्यापिटल दंगा
ज्याक स्मिथको खुलासा: ट्रम्पको भूमिका र जनवरी ६ को क्यापिटल दंगा
काठमाडौंमा नाडा अटो शो २०२६: स्वदेशी उत्पादन र अन्तर्राष्ट्रिय ब्रान्डको मेलजोल
काठमाडौंमा नाडा अटो शो २०२६: स्वदेशी उत्पादन र अन्तर्राष्ट्रिय ब्रान्डको मेलजोल
सरकारी कार्यालयको नयाँ समय तालिका: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन
सरकारी कार्यालयको नयाँ समय तालिका: बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन
गोलबजारमा प्रदर्शनबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन, ७४ करोडभन्दा बढी रकमको क्षति
गोलबजारमा प्रदर्शनबाट भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन, ७४ करोडभन्दा बढी रकमको क्षति
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा
सप्तरीको कृषि सडक निर्माणमा अनियमितता, अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर
सप्तरीको कृषि सडक निर्माणमा अनियमितता, अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पुनर्निर्माणमा तीव्रता, दुई वर्षभित्र पूर्ण हुने सम्भावना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?