singel post top banner

सप्तरीका शिक्षक श्रावण राममाथि विदेश पठाउने प्रलोभनमा ठगीको आरोप, पीडितहरूले कारबाही र रकम फिर्ताको माग

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक १६, २०८२
187 Views
सप्तरीका शिक्षक श्रावण राममाथि विदेश पठाउने प्रलोभनमा ठगीको आरोप, पीडितहरूले कारबाही र रकम फिर्ताको माग
समाचार सारांश
  • महेश सिंह सिरहा – सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरका स्थानीय शिक्षक श्रावण राममाथि वैदेशिक रोजगारको नाममा गाउँका नागरिकहरूलाई ठगी गरेको आरोप लागेको छ।
  • पीडितहरूले बताएका छन् कि, उनले विश्वास जितेर बिदेश पठाउने प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ असुली गरेका हुन्।

महेश सिंह सिरहा – सप्तरीको सुरुङ्गा नगरपालिका–९ प्रमाणपुरका स्थानीय शिक्षक श्रावण राममाथि वैदेशिक रोजगारको नाममा गाउँका नागरिकहरूलाई ठगी गरेको आरोप लागेको छ। पीडितहरूले बताएका छन् कि, उनले विश्वास जितेर बिदेश पठाउने प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ असुली गरेका हुन्।

प्रमाणपुरका राधेश्याम चौधरीले आफ्ना कान्छा छोरा पशुपति चौधरीलाई बिदेश पठाउने क्रममा शिक्षक श्रावण रामलाई रु. २ लाख २५ हजार ६ सय २५ रुपैयाँ बुझाएका थिए। उनले बताउँछन्, “दुबै पठाइदिन्छु” भन्ने आश्वासन दिएर रकम लिएका थिए। तर, पैसा तिरेर पनि छोरा पशुपति हाल दुबईमा अलपत्र परेका छन्। तीन महिना बितिसक्दा पनि कुनै काम नपाएको र तलबसमेत नपाएको परिवारको भनाइ छ।

ठगिएका पीडितहरूमा गजेन्द्र चौधरी पनि छन्, जसलाई श्रावण रामले “क्लिनर मार्केट” अर्थात सरसफाइको काम दिने भन्दै बिदेश पठाएका थिए। तर, प्रतिवद्धता अनुसारको काम नपाई उनी पनि अलपत्र परेका छन्। उनका अनुसार, तलब रोकिएको र कामको व्यवस्था नभएको परिवारले बताए।

त्यस्तै, रामजिवन चौधरीका छोरा सुनिल चौधरीले पनि दुबई पठाउने भन्दै श्रावण रामलाई रु. १ लाख १७ हजार बुझाएका थिए। उनीहरूका अनुसार, श्रावण रामले राहदानी संकलन गरी गाउँका युवाहरूबाट रकम असुलेका छन्। यसरी, पीडितहरूले उनीमाथि ठगीको गम्भीर आरोप लगाएका छन्।

पीडित पक्षका अनुसार, सुरुङ्गा–४ का देवेंद्र चौधरीको रोहबरमा श्रावण रामले १५ दिनभित्र काम उपलब्ध गराउने र सम्झौता अनुसारको तलब दिने वाचा गरेका थिए। तर, त्यो वाचा विपरीत कुनै व्यवस्था नगरी उनीहरूले रकम ठगी गरेका हुन्।

स्थानीयवासीहरूका अनुसार, शिक्षकको हैसियतमा रहेर यस्तो कार्य गर्नु निन्दनीय हो। उनीहरूले भने, “शिक्षकजस्तो जिम्मेवार पेशामा रहेर यस्ता कार्य गर्नु निन्दनीय छ, उनले सम्पूर्ण शिक्षक समुदायको बदनाम गरेका छन्।”

पीडितहरूले शिक्षा शाखा प्रमुख र जिल्ला शिक्षा समन्वय इकाइलाई तत्काल कारबाही गर्न माग गरेका छन्। उनीहरूले भनेका छन् — “हामीले दिएको रकम ब्याजसहित फिर्ता गरियोस् र अलपत्र परेका युवाहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइयोस्।”

यस घटनाले गाउँमा व्यापक चासो र आक्रोश जन्माएको छ। स्थानीय निकाय र प्रशासनले यस विषयमा छानबिन गर्न र दोषीविरुद्ध कडाइका साथ कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
Miami Man, 22, Pleads Guilty in $245 Million Bitcoin Heist — One of the Largest Crypto Thefts in U.S. History
Miami Man, 22, Pleads Guilty in $245 Million Bitcoin Heist — One of the Largest Crypto Thefts in U.S. History
जनकपुरधाममा सडक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
जनकपुरधाममा सडक दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीसँग विस्तृत छलफल
प्रतिनिधिसभा निर्वाचन तयारी: मतपत्र छपाइ, मतदाता शिक्षा र अन्तर्राष्ट्रिय ब्रिफिङ सम्पन्न
प्रतिनिधिसभा निर्वाचन तयारी: मतपत्र छपाइ, मतदाता शिक्षा र अन्तर्राष्ट्रिय ब्रिफिङ सम्पन्न
नेपालगन्जमा भारतीय नागरिकहरूबाट ठूलो परिमाणको खैरो हेरोइन बरामद
नेपालगन्जमा भारतीय नागरिकहरूबाट ठूलो परिमाणको खैरो हेरोइन बरामद
काठमाडौँ: उद्योगीहरूबाट बक्यौता तिर्दै, ३५ उद्योगबाट २३ करोड ८७ लाख रुपैयाँ असुल, ऊर्जा मन्त्रालयले धन्यवाद व्यक्त
काठमाडौँ: उद्योगीहरूबाट बक्यौता तिर्दै, ३५ उद्योगबाट २३ करोड ८७ लाख रुपैयाँ असुल, ऊर्जा मन्त्रालयले धन्यवाद व्यक्त
नेपाल अझै ‘ग्रे लिस्ट’ मा, सुधारका प्रयास जारी पनि अपर्याप्त: एफएटीएफको रिपोर्ट।
नेपाल अझै ‘ग्रे लिस्ट’ मा, सुधारका प्रयास जारी पनि अपर्याप्त: एफएटीएफको रिपोर्ट।
कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए
कांग्रेस उपसभापति शर्माले राष्ट्रिय संकटको समाधानको लागि कांग्रेसको नेतृत्व आवश्यक बताउनुभए
यस वर्षको एसईई परीक्षा चैत १९ देखि सुरु हुँदै, परीक्षाका तयारी पूरा
यस वर्षको एसईई परीक्षा चैत १९ देखि सुरु हुँदै, परीक्षाका तयारी पूरा
singel sidbar banner
singel sidbar banner 2