singel post top banner

प्रधानमन्त्री कार्कीले कलाकारसँग भनिन्- दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, कार्तिक ६, २०८२
213 Views
प्रधानमन्त्री कार्कीले कलाकारसँग भनिन्- दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्
समाचार सारांश
  • ठमाडौं।
  • प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन्।

ठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान समयमा सबैको साथ आवश्यक भएको बताएकी छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारहरूसँगको भेटमा उनले भनिन्, ‘समाजमा तपाईँ कलाकारहरुको प्रभाव छ, सामाजिक सञ्जालतिर भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईँहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमी कमजोरी भए पनि औँल्याइदिनुहोस्। तर, असल नियतले काम गर्दागर्दै कसैले गाली गर्छ भने त्यस्ता गालीसँग डराउँदैनौँ, हाम्रो उद्देश्य र लक्ष्यमा हामी स्पष्ट छौँ।’

कलाकारहरूले पनि प्रधानमन्त्री कार्कीलाई गलत सूचना र प्रोपोगान्डाबाट नडराई संकल्पअनुसार अघि बढ्न सुझाव दिएका छन्।

उनीहरुले भ्रष्टाचारविरुद्धको कारबाही र आगामी निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिए। ‘सरकारसँग हामी केही माग्न आएका होइनौँ, यो देश रहेमा माग्ने कुरा माग्दै गरौँला, पहिला यो देश बचोस्। यसका लागि सरकारले खुट्टा बलियो गरी टेकेर अघि बढोस्’, कलाकारहरुले भने।

मुलुकको पहिलो महिला प्रधानन्यायाधीशका रूपमा काम गरेपछि पनि कठिन परिस्थितिमा मुलुकको नेतृत्व सम्हालेका प्रधानमन्त्री कार्कीप्रति उनीहरूले कृतज्ञता पनि प्रकट गरे।

‘अब के पो हुन्छ भनेर हामीलाई डर लागिरहेका बेला सम्हाल्न हजुर आउनुभएको छ’, अभिनेतृ ऋचा शर्माले भनिन्, ‘हामीलाई ढुक्क भएको छ। यहाँको सरल, सादगीपूर्ण र स्पष्टवक्ता शैलीका कारण पनि भरोसा जागेको छ। अब मुलुक सही दिशामा अघि बढ्नेमा हामीलाई विश्वास छ।’

परिवर्तन नरुचाएका तत्वहरूले गृहमन्त्री ओमप्रकाश अर्यालसहित यो सरकारलाई विवादमा तान्न खोजेको उनीहरुको दाबी थियो। त्यसका लागि लागि सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचारका विषयमा उनीहरुले चासो व्यक्त गरेका थिए।

अभिनेता विपिन कार्कीले भने, ‘गृहमन्त्रीज्यूका केही दिनका अभिव्यक्तिले सरकार डराएको छैन भन्ने अनुभूति हामीलाई भएको छ, सरकारप्रति थप विश्वास र आशा जागेको छ। अझै सरकार दरिलो रहेछ भन्ने अनुभूति गर्न पाऊँ।’ गृहमन्त्रीले कानुनको शासनका पक्षमा देखाएको अडान र विपद् व्यवस्थापनमा खेलेको भूमिकाको सराहना गर्दै उनीहरूले देशमा सरकार छ भन्ने कुराको अनुभूति भएको बताए।

अभिनेता निश्चल बस्नेतले भने, ‘आफू सही धरातलमा छु भन्ने लागेको छ भने कसैसँग डराउनुपर्दैन, ढुक्कसँग अघि बढ्नुहोस्। तपाईँको पक्षमा हामी छौँ। देशलाई थप अफ्ठ्यारो आउन नदिन यतिखेर राष्ट्रिय एकताको खाँचो छ। सरकारलाई सहयोगको खाँचो छ र यतिखेर सकारात्मकताको खाँचो छ।’

साहित्य र कलाले आलोचनात्मक चेत बोक्ने भए पनि अहिले तटस्थ नागरिक सरकार रहेको र पूर्वप्रधानन्यायाधीशदेखि समाजका प्रतिष्ठित, विज्ञ, विशेषज्ञहरू मन्त्रिमण्डलमा सामेल भएका कारण पनि कम्तीमा विगतमा जस्तो बेथितिको संरक्षण हुने छैन भन्ने विश्वास पनि उनीहरूले व्यक्त गरे।

संगीतकार कालीप्रसाद बाँस्कोटाले भने, ‘समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो छ, अहिले भड्काउन खोज्नेहरू बढी देखिएका छन्, त्यस्ता तत्वहरूप्रति सचेत रहँदै सम्हाल्ने र सम्हालिने समय हो यो।’ वर्तमान सरकारलाई बदनाम र कमजोर बनाउँदै अस्थिरताको लाभ लिन खोज्नेहरूले नियोजित रूपमा चलाइरहेका अभियानलाई निस्तेज बनाउन जेनजी युवादेखि परिवर्तन पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि सर्जकहरूले औँल्याए।

त्यस अवसरमा कलाकार तथा सर्जकहरु विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपिन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा, कर्मालगायतको उपस्थिति थियो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रधानमन्त्री कार्कीले युवालाई अनुशासन र राष्ट्रप्रेमको पाठ पढाउँदै
प्रधानमन्त्री कार्कीले युवालाई अनुशासन र राष्ट्रप्रेमको पाठ पढाउँदै
सुनको बिस्कुट देखाई १४ लाख ठगी गर्ने आरोपी पक्राउ, ५४७ ग्राम पहेँलो धातु सहित पक्राउ
सुनको बिस्कुट देखाई १४ लाख ठगी गर्ने आरोपी पक्राउ, ५४७ ग्राम पहेँलो धातु सहित पक्राउ
नाबालिकाको चरित्रहत्या गर्ने आरोपी पक्राउ, साइबर अपराधमा अनुसन्धान जारी
नाबालिकाको चरित्रहत्या गर्ने आरोपी पक्राउ, साइबर अपराधमा अनुसन्धान जारी
नेपाल विद्युत् प्राधिरकणले महसुल विवाद नसुल्झिएपछि थप १८ वटा उद्योगको लाइन काट्यो।
नेपाल विद्युत् प्राधिरकणले महसुल विवाद नसुल्झिएपछि थप १८ वटा उद्योगको लाइन काट्यो।
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
निर्वाचन परिणाम र सरकार गठन प्रक्रिया: आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी
निर्वाचन परिणाम र सरकार गठन प्रक्रिया: आयोगले राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी
काठमाडौं उपत्यकाबाट विगत २४ घण्टामा ९५ जना संलग्न, १७ जना फरार प्रतिवादी नियन्त्रणमा
काठमाडौं उपत्यकाबाट विगत २४ घण्टामा ९५ जना संलग्न, १७ जना फरार प्रतिवादी नियन्त्रणमा
जनकपुरधाममा स्वास्थ्यकर्मीहरू द्वारा श्रम शोषणविरुद्ध आन्दोलन: स्वास्थ्यकर्मी र प्रहरीबीच टकराव
जनकपुरधाममा स्वास्थ्यकर्मीहरू द्वारा श्रम शोषणविरुद्ध आन्दोलन: स्वास्थ्यकर्मी र प्रहरीबीच टकराव
जेन–जी आन्दोलनका माग पुरा गर्न र सरकारको विरोधमा ‘पहिला देश’ अभियानले कार्तिक १६ गते प्रदर्शनको घोषणा
जेन–जी आन्दोलनका माग पुरा गर्न र सरकारको विरोधमा ‘पहिला देश’ अभियानले कार्तिक १६ गते प्रदर्शनको घोषणा
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्‍याए
उपेन्द्र यादवले संघीयता र समानताको रक्षा गर्न जनता समाजवादी पार्टीको दृढता दोहोर्‍याए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?